तादी खरानिटार / तादी गाउँपालिकाको आयोजनामा बालबालिका सम्बन्धित मौलिक हक र अधिकारका बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाहरुलाई आफ्नो मौलिक हक अधिकार बारे जानकारी दिने मूख्य उद्धेश्य सहित तादी गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्रि स्थानिय तह प्रोत्साहन कार्यक्रम अन्तरर्गत विभिन्न विद्यलाय तथा समुदायमा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा विद्यार्थी भाईबहिनीहरुको सहभागितामा अन्तरक्रिया तथा सचेतना कार्यक्रम सुन्दरा मा.बि . सातबिसेमा भएको थियो। उक्त अन्तरक्रिया तथा सचेतना कार्यक्रमा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल ज्यूले समाजमा बालबालिका भबिष्य हामी अभिभावकले खोज्नु पर्ने बेला आएको कुरा बताउनु भएको थियो। बालबालिकाको मौलिक हक र अधिकारको लागि हामी जनप्रतिनिधी र अभिभावक मिलेर बालबालिकाको अधिकार स्थापित गर्नुपर्ने अवस्था सिर्जना भएको कुरा कार्यक्रममा बताउनु भयो।
तादी गाउँपालिका द्रारा बालबालिका सम्बन्धि मौलिकहकको बारेमा सचेतना कार्यक्रम सम्पन्न
लाखौंको संख्यामा चीनीया पर्यटक भित्र्याउन पहल गरिने; पर्यटनमन्त्री हित बहादुर तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हित बहादुर तामाङले सरकारको चाहना ठूलो संख्यामा नेपालमा चीनीया पर्यटक भित्र्याउनु रहेको बताउनु भएको छ ।आज नेपाल पर्यटन बोर्डमा आयोजित चीनीया भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले नेपालले व्यापार साझेदारी बृद्धि गर्दै लाखौंको संख्यामा चीनीया पर्यटक भित्र्याउन चाहेको बताउनु भएको हो । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तब्य रहेको पनि उहाँले बताउनु भयो ।
उहाँले भृकुटीले नेपालमा जन्मिएका भगवान गौतमवुद्धको दर्शन फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै चीनीया आर्थिक विकास र समृद्धिबाट चीन विश्वकै एक महाशक्तिका रुपमा उदाईरहेकाले नेपालको एक असल छिमेकी र मित्रको नाताले यो चीनको सफलता नेपालको अवसर पनि हुने विस्वास पनि व्यक्त गर्नुभयो ।परापुर्व कालदेखिनै सांस्कृतिक सम्बन्धका हिशाबले प्रगाढ सम्बन्ध रहेको चीन आर्थिक र प्राविधिक हिशाबले नेपालको बलियो साझेदारी रहेको भन्दै मन्त्री तामाङले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, चीन नेपालको एक असल छिमेकी र मित्रको नाताले चीनले गरेको विकासले हाम्रा लागि पनि सकारात्मक र ठुलो अवसर हो। चीन र नेपालबीच सास्कृतिक बाहेक आर्थिक र प्राविधिक सहायताका लागि पनि चीन सरकारलाई हार्दिक धन्यवाद छ ।”
“सञ्चार र यातायातको व्यापक विकासले र आजको विश्व भुगोललाई व्यापक बनाएको दृष्टिले चीनीया भाषाको सिकाई महत्वपूर्ण छ । पर्यटनको महत्वपूर्ण बजार चीन पनि हो । चीनीया पर्यटक दशौँ लाखको संख्यामा भित्र्याउने सरकारको मनशाय छ । ” मन्त्री तामाङले भन्नुभयो ।आगामी दिनमा लाखौँ हैन दशौँ लाख चीनीया पर्यटक भित्र्याउने लक्ष्य आफ्नो मन्त्रालयको रहेको भन्दै मन्त्री तामाङले त्यसका लागि लाखौँ चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता रहेकोमा मन्त्री तामाङको जोड थियो । भारतीय पर्यटकसँग भाषाको समस्या त्यति जटिल नभए पनि चीनीया भाषा जानेका टुरिष्ट गाईडको कमि हुँदा समस्या उत्पन्न हुनेगरेको उहाँले बताउनु भयो ।
मन्त्री तामाङले चीनीया नागरिकसँग सहज रुपमा व्यापार सम्बन्ध बढाउन तथा पर्टकको संख्यामा बृद्धिगर्न हरेका होटल रेस्टुडेन्ट, रिसोट,क्याफे लगायत पर्यटन गन्तब्य स्थलहरुमा चीनीयाँ भाषा जान्ने कामदार र गाईडको आवश्यक्ता रहेको बताउनुभयो । त्यसको लागि पर्यटन बोर्ड र नेपाल चीन शैक्षीक केन्द्रले भाषा प्रशिक्षण तालिम राखेर राम्रो प्रयत्न गरे पनि यो पर्याप्त नहुने भन्दै उहाँले अन्य बिभिन्न संघसस्थासँगको सहकार्यमा यस्ता कार्यक्रम नियमित र निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।नेपालको पर्यटन बजारलाई चिनिया लगायत अन्य भाषाका गाएडहरु लाखौंको संख्यामा आवश्यक्ता हुने उहाँको भनाई थियो ।
सरकार र नीजि क्षेत्रको सहकार्यमा भाषामा दक्ष टुरिष्ट गाईड उत्पान गर्न सके नेपालको पर्यटन क्षेत्रलाई आवश्य जनशक्ति पुरा गर्न सकिने पनि मन्त्री तामाङको भनाई थियो । नेपालको पर्यटन विकासको लागी उदाउदो आर्थीक शक्ती चिन एक महत्वपूर्ण बजार हो उहाँले भन्नुभयो, ” चीनीया पर्यटकको संख्या बढाउने लक्ष्य राखिरहदाँ उनीहरुलाई नेपालका पर्यटकीय क्षेत्रको अवलोकनका क्रममा आफ्नै भाषामा जानकारी दिन सक्ने चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता पर्ने देखिन्छ । दक्ष जनशत्ति (गाईड) उत्पादनका लागि मन्त्रालयले पनि आवश्यक सहजिकरण गर्नेछ ।” चिनिया लगायत अन्य भाषाका गाएडहरु नेपालमा लाखौंको संख्यामा आवश्यक्ता छ ।
एक आपसको भाषाको ज्ञानले जनस्तरमा पनि समबन्ध र सम्पर्क अझ विस्तार र प्रगाढ हुनेमा जोड दिदैँ उहाँले चीनीयाहरुलाई पनि नेपाली भाषा सिके राम्रो हुने सुझाव दिनुभयो । त्यसको लागि चीनीया शहरहरुमा नेपाली भाषा शिक्षणको आवस्यकता परे नेपालले प्रशिक्षण पठाएर सहयोग गर्ने आश्वासन मन्त्री तामाङले दिनुभएको थियो । मन्त्री तामाङले भन्नुभयो, “नेपालमा व्यापार, व्यवशाय र अन्य कामका सिलसिलामा बसनु भएका चिनिया नागरिकले पनि नेपाली भाषा सिक्दा अझ राम्रो हुन्छ । यदी चिनका शाहरहरुमा पनि नेपाली प्रशिक्षक आवश्यक्ता परे हामी यसको व्यवस्था हामी गर्नेछौ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गर्नुभएको छ । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताउनुभएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा जानुभएको थियो । भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको सङ्ज्ञा दिनुभयो ।
-
- उहाँले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले मन्त्रिपरिषद्मा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको स्वीकार गर्नुभयो ।
- उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने उल्लेख गर्नुभयो । भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो ।
- प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गर्नुभयो । उहाँले अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।
- उहाँले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालको साथमा सुपुत्री गङ्गा दाहाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।
निशुल्क शिक्षा घोषणा गर्दै तादी गाउँपालिका
खरानीटार तादी नुवाकोट / तादी गाउँपालिकाको आयोजनामा “आधारभुत तह उमेर समुहका सम्पूर्ण वालबालिकाहरुलाई विद्यालय भर्ना र सम्मान,अनिवार्य निःशुल्क शिक्षा घोषणा तादी गाउँपालिकाको अभियान “भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता भएको थियो । कार्यक्रममा बागमति प्रदेश सभा सदस्य माननिय श्री राधिका तामाङज्यूको प्रमुख आथित्यता थियो भने अन्य बिशेष अथितिहरुमा बागमति प्रदेश शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशक श्री दिपेन्द्र सुवेदी ज्यु , तादी गाउँपालिकाको नि. वर्तमान अध्यक्ष श्री नारायण प्रसाद पाण्डे
ज्यू,तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यू,निमा शेर्पाज्यू,अथितिहरु तादी गाउँपालिकाको प्र.प्र.अ श्री नन्द लाल शर्मा ज्यू,वडा अध्यक्षज्यूहरु,शिक्षा अधिकृत रामचन्द्र कार्की ज्यू,कार्यपालिका सदस्यज्यूहरु,तादी गाउँपालिका विभिन्न विद्यालयका प्रधानाध्यापक ज्यूहरु,विद्यालय ब्यवस्थापन समितिका अध्यक्षज्यूहरु,विभिन्न पार्टि का प्रतिनिधि ज्यूहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु,तादी गाउँपालिकाका कर्मचारीज्यूहरु तथा स्थानिय अग्रज नागरिक समाज साथै तादीबासी आमाबुवा दाजुभाई दिदिबहिनीहरु र विद्यालयमा अध्ययनरत विद्यार्थी भाईबहिनिहरुको उपस्थितिमा अनिर्वाय तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सु–सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अथिती माननीय प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राधिका तामाङले शिक्षामा सरकारले ठुलो लगानी गरेको छ तर शिक्षामा गुणस्तर ल्याउन अझै धेरै पहल गर्नुपर्न बताउनु भएको छ । शिक्षामा संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकार तिनै तहले धेरै मेहेनत गर्दैछ अबका दिनमा स्थानीय सरकारले बढी जिम्मेवारी हुनुपर्ने कुरा बताउनु भएको छ ।
१६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको छ : पर्यटनमन्त्री तामाङ



विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सङ्खुवासभा, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो ।
“विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने छ ।”
सुक्खायामको माग पूर्ति गर्न बुढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिनुभयो । प्रधानमन्त्रीले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने र त्यसका लागि हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलविद्युत आयोजना, प्रसारण लाइनको विस्तारलगायत ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।” अरूण–३ जलविद्युत् परियोजनाको प्रसारण लाइन निर्माण र जग्गा प्राप्तिका लागि स्थानीय सरोकारवाला पक्षबीच सहमति हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक सहजीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दलहरू, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष आग्रह गर्नुभयो ।
“सरकार स्थानीय जनसमुदायको चासो र सरोकारका विषयहरू सम्बोधन गर्न गम्भीर र संवेदनशील छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ठूला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधनस्रोतको उपयोग, रोजगारी सिर्जना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ । तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुन्छ ।” उहाँले परियोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिका लागि मुआब्जारक्षतिपूर्ति निर्धारण र वितरण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।
विकास र समृद्धि देशको साझा लक्ष्य भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको यात्रामा लामवद्ध हुन सबैलाई अपिल गर्नुभयो । सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दीगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा समेत छिटो प्रगति गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे संचालन गर्नु उपर्युक्तः पर्यटनमन्त्री तामाङ
रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे संचालन गर्नु उपर्युक्तः पर्यटनमन्त्री तामाङ
काठमाडौं, २० जेठ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे(घरबास)कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याउनु भएको छ । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बाषिक उत्सव र नयाँ होमस्टे घरहरुको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शहरभन्दा नजिक उपत्यकाको काँठे एरियाहरुमा होमस्टे कार्यक्रम बिस्तार गर्न सकिने बताउनु भएको हो ।
बिदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अग्र्यानिक खानाको स्वाद सँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री तामाङले होमस्टेलाई व्यावस्थित तथा प्रभावकारी र उदेश्यमुलक बनाएर सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो । शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चीत रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्नेकुरा हाँडिगाउँ होमस्टेले प्रमाणित गरिसकेको भन्दै उहाँले अब हाँडिगाउँमा मात्रै सिमित नराखि शहरका अन्य कुना कुनामा पनि होमस्टे सन्चालन गरि त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, काठमाडौंको रिङरोड बाहिरका काठ एरियामा खेती गर्ने, पशुपालन गर्ने र गाईबस्तुको मलबाट तरकारी फलाउने गरिन्थ्यो । अहिले खेतीयोग्य जमिन कम होलान् तर जति छन् त्यसलाई उपयोगमा ल्याएर त्यस्ता बस्तीहरुमा होमस्टे सञ्चालन गरि पुरानो जीवनशैलीमा
आधुनिक प्रविधिको मिश्रण गर्दै स्थानीय उत्पादनबाट पाहुनाको स्वागत सत्कार गर्न सकेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने सम्भावना छ ।
नेपाल आउने पर्यटक सबै हिमाल हेर्न, धार्मिक स्थलहरुको अवलोकन गर्न र प्राकृतिक दृश्यावलोकन गर्न मात्रै नआउने भन्दै मन्त्री तामाङले मौलिक परम्परागत शैली र स्थानीय स्रोत साधानको प्रयोग गरेर पुरानो शैलीमा बनाईएका आवास, रहनसहन, बसोबास, धर्म रीतिरिवाज,भाषा साहित्य, कला, गीतसंगित तथा अन्य कला संस्कृतिको अध्ययन गर्न जान्नका लागि पनि आउने गरेकाले त्यस्ता पर्यटकको चाहना परा गर्न होमस्टे उपर्युक्त माध्यम बन्ने बताउनु भयो । त्यसका लागि होमस्टे व्यावस्थित रुपमा सन्चालनमा आउन भने जरुरी रहेको उहाँको भनाई थियो ।
काठमाडौंको शहरी क्षेत्रमा खोलिएका होमस्टेलाई थप प्रचार प्रसार गर्न सकेमा छोटो अवधिका लागि आउने पर्यटकलाइ सेवा प्रदान गर्न सकिने उहाँले बताउनु भयो । स्थानीय समुदायको आर्थिक विकासका लागि पनि होमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री तामाङले जोड दिनुभयो ।
पर्यटकीय सम्भावना भएका गाउँ शहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने भन्दै मन्त्री तामाङले मन्त्रालयले होमस्टे कार्यक्रमको प्रवद्र्धन, सन्चालन तथा विस्तारमा सहयोग पुर्याउने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा हाँडिगाउँ सामुदायीक होमस्टेका अध्यक्ष शकुन्तला घिमिरेले ११ वटा घरबाट सन्चालन गरिएकोमा हाल २७ वटा घर आवद्ध भएको र ५० घर पुर्याउने योजना रहेको बताउनु भयो । हाँडिगाउँ आफैमा महत्वपूर्ण इतिहाल बोकेको स्थान भएको भन्दै उहाँले यहाँको लोकल खानाका परिकार सँगै पाहुनालाई मौलिक सस्कार सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको बताउनु भयो ।
मन्त्री तामाङले गरे चाइना साउर्दनका क्याबिन क्रुहरुलाई स्वागत ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले चाइना साउर्दनका प्रतिनिधिलाई विमानस्थलमा स्वागत गर्नुभएको छ। शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनिको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याविन क्रुहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको हो । मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन विमानको व्यवसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारीता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।