तादी खरानिटार / तादी गाउँपालिकाको आयोजनामा बालबालिका सम्बन्धित मौलिक हक र अधिकारका बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाहरुलाई आफ्नो मौलिक हक अधिकार बारे जानकारी दिने मूख्य उद्धेश्य सहित तादी गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्रि स्थानिय तह प्रोत्साहन कार्यक्रम अन्तरर्गत विभिन्न विद्यलाय तथा समुदायमा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा विद्यार्थी भाईबहिनीहरुको सहभागितामा अन्तरक्रिया तथा सचेतना कार्यक्रम सुन्दरा मा.बि . सातबिसेमा भएको थियो। उक्त अन्तरक्रिया तथा सचेतना कार्यक्रमा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल ज्यूले समाजमा बालबालिका भबिष्य हामी अभिभावकले खोज्नु पर्ने बेला आएको कुरा बताउनु भएको थियो। बालबालिकाको मौलिक हक र अधिकारको लागि हामी जनप्रतिनिधी र अभिभावक मिलेर बालबालिकाको अधिकार स्थापित गर्नुपर्ने अवस्था सिर्जना भएको कुरा कार्यक्रममा बताउनु भयो।

LEAVE A REPLY