घोराही, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो। शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताउनुभयो ।
त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी उहाँले शिक्षालय परिवारलाई आग्रह गर्नुभयो। सहिद
कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतिक भएको नेपाली समाजमा स्थापित भइसकेको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यर्पण गर्नुभएको थियो।




सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बन्दशत्रले चयन गरेको पदाधिकारीहरु निम्न अनुसार रहेका छ्न ।अध्यक्ष : कमरेड रोशन श्रेष्ठ ,उपाध्यक्ष :कमरेड किशोर तिमल्सिना,उपाध्यक्ष : कमरेड सुरज थापा ,उपाध्यक्ष :कमरेड सुरजतामाङ ,सचिव :कमरेड अमन घलान तामाङ ,सहसचिव : कमरेड चेपे तामाङ (मालसानी),कोषाध्यक्ष : कमरेड बिबिलाल तामाङ रहनु भएको छ।
नुवाकोट नेकपा माओवादी केन्द्र तादी कमिटी पदाधिकारी एवम् सदस्यहरु सबैलाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको शुभकामना सहित प्रमाणपत्र बितरण , सपथगण समेत भएको थियो । आगामी दिनमा नेकपा माओवादी केन्द्र तादीको पाटी कमिटी र पाटीले खेल्नुपर्ने भुमिका अब महत्त्वपूर्ण हुने कुरा नब निर्वाचित अध्यक्ष रोशन श्रेष्ठले प्रतिबद्धता जनाउनु भएको छ ।



