खरानीटार नुवाकोट / तादी गाउँपालिकाले खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथि तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङ विशेष अतिथिहरु उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ , प्र.प्र.अ. ध्रुब खनाल, वडा अध्यक्षहरु ,जनस्वास्थ्य कार्यालय,नुवाकोटकका खोप अधिकृत अमृत महर्जन , खरानीटार अस्पतालका मे.सु डा .एरीका कार्की ,ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जयन्ती थापा, स्वास्थ्य संयोजक बासुदेव श्रेष्ठ ,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु ,तादी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका
स्वास्थ्यकर्मिहरु,गाउँपालिका भित्रका स्वास्थ्य स्वयंमसेविकाहरुको सहभागितामा स्वास्थ्यकर्मि तथा स्वयंमसेविकाहरुलाई उहाँहरुको योगदानको उच्च कदर गर्दै सम्मान समेत भई ,विगत लामो समय देखि स्वास्थ्य स्वयंमसेविका रहि निवृत्त हुनु भएका स्वयंम सेविकाहरुलाई अक्षरुपी नगद रु ५००००(अक्षरुपी पचास हजार मात्र) र कदर पत्र समेत प्रदान गरेका थिए ।
खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गर्दै तादी गाउँपलिका
तादी गाउँपालिकालाई ज्ञापन पत्र बुझाउने तयारीमा नेकपा माओवादी केन्द्र तादी गाउँपालिका कमिटी
खरानीटार नुवाकोट / नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र तादी गाउँपालिका कमिटीले आज असार ५ गते तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ समक्ष तादी गाउँपालिका नेकपा माओवादी केन्द्रले ज्ञापन पत्र बुझाउने तयारीमा छ । तादी गाउँपालिका कमिटीका इन्चार्ज अनुप पाण्डे , नेकपा माओवादी केन्द्रका युवा नेता किरण कुमार रिजाल तादी गाउँपालिका कमिटीका अध्यक्ष रोशन श्रेष्ठको बिशेष उपस्थितमा रोशन श्रेष्ठले पालिका अध्यक्षलाई ज्ञापन पत्र मार्फत आफ्नो पाटीको तर्फबाट राख्नुपर्ने कुरा राखेका थिए । नेकपा माओवादी केन्द्रले देशै भरिका स्थानीय तहमा हुदै गरेको निति तथा कार्यक्रम २०८२/०८३ बजेटको सन्दर्भमा पाटीको आधिकारिक धारण ज्ञापन पत्र मार्फत राख्ने कार्यक्रम अन्तरगत यो कार्यक्रम भएको हो ।
राजधानीको सिहदरवार गाउ गाउँमा पुगेको र जनता महत्वपूर्ण काम अब स्थानीय तहबाट नै हुनेहुदा खबरदारीको स्वरुप यो ज्ञापन पत्र स्थानीय तहमा बुझाउनु पर्न कुरा नेकपा माओवादी केन्द्र तादी गाउँपालिमा कमिटी अध्यक्ष रोशन श्रेष्ठले बताउनु भएको छ ।
दुप्चेश्वर जाने मुलसडक भासिएको धेरै भयो बन्ने चाहि कहिले हो सरकार : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट / नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिर जाने मुलसडक भासिएको दुई बर्ष हुदा सम्म पनि बन्न सकेको छैन । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको वडा नं. ४ र पन्चकन्या गाउँपालिकाको १ नं. वडाको सिमानामा सडक भासिएकोले सवारीसाधन सन्चालनमा जोखिम मोल्दै यातायातका साधानहरु चलिरहेका छ्न । बेला बेलामा सवारी साधनको दुर्घटना पनि हुदै आएको छ । अहिले यो भत्किएको बाटो बनाउने सुरसार अहिलेसम्म पनि छैन । बर्षातको समय सुरुसमेत भैसकेको अबस्थामा यो बाटो बन्ला त भन्ने कुरामा जनता अनभिज्ञ रहेका छ्न । अहिले सघिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारको भट्टाभट बजेत भाषण हुदै छ । जेष्ठ १५ गते सघिय बजेट आएछ । त्यसै गरि असार १ गते प्रदेशको बजेटको आएको छ । तर स्थानीय सरकारको निति तथा कार्यक्रम र बजेट यहि असार १० गते आउदै छ । यी तीन वटै सरकार मध्य यो
भासिएको सडक बनाउने दायित्व कस्को हो यो पनि सरकारहरुले बताइदिनु पर्यो । अहिले ठाउँ ठाउँमा बजेट यति करोड उति करोड भन्दै नेताहरुको नाममा फेसबुक वालहरु भरिएका छ्न तर बास्तबिकता चाहि के हो त्यसको बारेमा अहिले पनि चर्चा हुने गरेको छैन । सरकारका सबै तहका नेताहरु हिड्ने यो बाटोको अबस्थामा चाहि किन सुधार आएन भन्ने कुरामा आम नागरिकहरु गम्भीर भएका छ्न । नुवाकोटका पुर्बी बेल्ट र दुप्चेश्वर जाने मुलसडकको रुपमा यो चौघडा सिमरा आप्रँह बाहुनबेसी खरानीटार सातबिसे समुन्द्रटार राउतबेशी गोल्फुभञ्ज्याङ् रामति दुप्चेश्वर घ्याङफेदी सम्म यातायातको सुबिधा पुर्याउने सडकको अबस्था अहिले जम्मा ३० मिटर जति भासिएकोले गर्दा यातायातका साधन जोखिम मोलेर सुचारु भएको छ । जिल्ला प्रशासन , जिल्ला समन्वय र पालिकाहरुले किन ध्यान दिएका छैन्न । अहिले सामाजिक सन्जालमा विभिन्न नेताहरुले बजेट ल्याउन गरेको प्रयासको बारेमा चर्चा भएको देखिन्छ तर सारमा काम किन राम्रो हुन सकेको छैन । बेला बेलामा यातायातका साधान त्यस ठाउँमा दुर्घटना हुदा समेत सुनुवाइ भएको छैन । लाखौं लाख नागरिकहरुको यातायातका सुबिधामा यो भासिएको सडकले खोसिरहेको छ । यो बाटो बनाउन नागरिकबाट खबरदारी गर्नुपर्ने देखिन्छ ।
।
अपांग मानव अधिकार मञ्च द्रारा शिवपुरी गाउँ पालिकाका अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा बितरण ।
शेराबगर शिवपुरी नुवाकोट / अपांग मानवअधिकार मञ्चले शिवपुरी गाउँपालिकाका अपांग भएका ब्यक्तिहरुलाई बाख्रा लगायत अन्य सामाग्रीहरु बितरण गरेको छ । कार्यक्रमको आयाेजना शिवपुरी गाउँपालिकाकाे आर्थिक सहयाेगमा शिवपुरी गाउपालिकाको कार्यलय
परिसरमा अपाङ्गता भएकाे ब्याक्तिहरु २०( बिस) जनालाई बाख्रा , ३ (तीन) जनालाई उपचार खर्च ,३ (तिन )जनालाई सहायक सामाग्री ,१ (एक) जनालाई शैक्षिक सामाग्री बितरण गदै शिवपुरी गाउँपालिकाको कार्यलय परिसरमा होडिङबाेर्ड राख्ने कार्य समेत भएको थियो । उक कार्यक्रमको अध्यक्षता सस्थाको अध्यक्ष ओम बहादुर घिमिरेले गर्नु भएको थियो । यस महत्त्वपूर्ण कार्यक्रमको प्रमुख अथिती रुपमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द
थपलियाले गर्नु भएको थियो । पालिका अध्यक्षले यो कार्यक्रम शिवपुरीका असक्त भएका नागरिकका लागि अथिनै उपयुक्त भएको बताउनु भएको थियो । कार्यक्रममा
अतिथीको रुपमा महिला बाबबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुजा खतिवडा ,अतिथमा नै गैरसरकारी संस्था महासघ नुवाकोटका अध्यक्ष लाेचन भट्टराई उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन केशब प्रसाद पुडासैनीले गर्नुभएको थियो ।
नुवाकोटको बिकासमा युवाहरुको खबरदारी आबश्यकता छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट जिल्लामा हाल १२ वटा स्थानीय तह रहेकोमा जसमा दुई वटा नगरपालिका र १० बटा गाउँपालिका रहेको छ । हाल संघीय बजेट यहि जेष्ठ १५ गते प्रतिनिधि सभाबाट प्रस्तुत भएको छ । बागमती प्रदेश सरकारको र स्थानीय तहको बजेट आउन बाँकी नै छ । यति खेर नुवाकोटमा दलका नेताहरुको फोटो राख्दै यति उति बजेट हाल्नु भयो भन्दै फेसबुकमा प्रचार प्रचार गरिरहेका छ्न । आज युवाहरूको बारेमा सोच्नुपर्ने समयमा नेताहरूले आफ्नो प्रचारमा सचेत युवाहरुलाई लगाइरहेका छ्न । बेरोजगारी समस्याले ग्रस्त युवा पुस्ता आज दिनदिनै जिल्ला हुदै देश नै छोडनु पर्ने अबस्था सिर्जना भएको छ । हाम्रो युवाहरुले बिदेशी भुमिमा दुख नगरी खान नपाउने स्थितिमा नुवाकोटे युवा आइपुगेका छ्न । दलका नेताहरुको पछि पछि हिड्ने युवाहरुले पनि नेताहरुको प्रचारप्रसारमा भन्दा पनि आम नुवाकोटका युवाहरूको बारेमा सोच्नुपर्ने बेला आएको छ । नुवाकोट जिल्लाको सवालमा झन्डै बर्षमा १५ / २० अर्व पैसा गएको छ त्यो पैसाको काम कति भयो भन्ने कुरा अब युवाहरुले खोज्नुपर्ने हुन्छ । राज्यबाट आएको रकम आज कतिको काम भयो भन्ने कुरा हामीले हाम्रो नुवाकोटका नेताहरुलाई सोधी खोजि नगर्दा उनीहरुले आफ्नो खुशि अनुसार अन्धाधुन्ध योजना बनाएर रकम सिध्याउने काम गरिरहेका छ्न । आफ्नो पैत्रिक सम्पत्ति नै ल्याएको झै तामझामका साथ आफ्ना कार्यकताहरुलाई प्रचारप्रसार गर्न लगाइरहेका छ्न । राजधानीबाट नजिकको जिल्ला सबै सम्भावना भएको नुवाकोटको हाल कि यस्तो भयो भन्ने सवालमा हामी सचेत भन्दा पनि दलहरुको कार्यकर्ता रुपमा प्रस्तुत हुदा नेताहरुलाई सजिलो भएको छ । प्रत्येक युवाहरुले आ आफ्नो ठाउँबाट खबरदारी गर्ने हो भने बाध्य भएर नुवाकोटको बिकासमा अहिलेका संघीय प्रदेश र स्थानीय नेताहरु लाग्न बाध्य हुनेछ्न । नुवाकोटको बिकासमा पहिलो कुरा सार्बजनिक शिक्षा , स्वास्थ्य ,जिल्लाको प्रशासन स्थानीय प्रशासन जस्ता कुरामा युवाहरूले आवाज उठाउनुपर्छ । स्थानीय तहका मेयर उपमेयर अध्यक्ष उपाध्यक्षहरु आफ्नो गाउँ ठाउको बिकासमा तल्लीन भएर लाग्नुपर्छ बिकासका नाममा खाली हल्ला र खल्ला बढी भयो । यति धेरै बजेट राज्यले नुवाकोटलाई दिदा पनि कि नुवाकोटको बिकासमा सुधार आउन सकेन । त्यसैले नुवाकोटका युवा शक्तिलाई आज एकजुट बनाएर बिकासका लागि खबरदारी समुह बनाउनुपर्ने देखिन्छ ।
सिहदवारको अधिकार गाउँगाउँमा पुर्याउने काम गणतन्त्रको उपलब्धि हो : अध्यक्ष क. प्रचण्ड
सुर्यगढी नुवाकोट /नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका अबस्थित पुरानो विद्यालय बागेश्वरी माध्यमिक विद्यालय चोकदेले आफ्नो ७५ औं दिवसमा हीरक जयन्ती समारोह भब्यरुपमा सप्पन्न गरेको छ । नुवाकोट जिल्लाको शैक्षिक इतिहास बोकेको यो विद्यालय नुवाकोटका पुराना विद्यालयका रुपमा लिन सकिन्छ । बागेश्वरी माध्यमिक विद्यालय चोकदेको हीरक जयन्तीको अबसरमा पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष क. पुष्प कमल दाहाल (प्रचण्ड ) प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रम स्थल पुग्नुभन्दा अगाडी नुवाकोट पत्रकार सँंग भेटघाट गर्दै २०७२ सालको भुकम्प पछि पुनर्निर्माण हुदै गरेको नुवाकोट दरवारको पनि पुर्व प्रधानमन्त्री तथा अध्यक्ष क. प्रचण्डले अबलोकन गर्नुभएको थियो । हीरक जयन्ती समारोहका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्का अध्यक्ष क .प्रचण्डले अहिलेको उपलब्धि गणतन्त्र को हो गणतन्त्रले सिहदरवारमा भएको
अधिकारलाई अहिले तपाईहरुको गाउँ घरमा नै आएको कुरा बताउनु भएको थियो । स्थानीय सरकारको स्थापना भए यता गाउँ गाउँ बिकासका लहर आएको छ । हिजो जनताले भोगेका समस्याहरु शिक्षा, स्वास्थ्य , यातायात जस्ता कुराहरुको बारेमा आज स्थानीय सरकारले आफ्नो चासोको बिषयमा हेरिरहेका छ्न । कच्ची रोडहरु आज कालोपत्रे हुदै छ काठमाडौ नुवाकोट जोडिएका सडकहरु टोखाछहरे,पहाडी लोकमार्ग जस्ता रोडहरुबनिसकेका छन । नुवाकोटका जनताले उत्पादन गरेको हरेक सामाग्रीहरु आज सहज रुपमा काठमाडौको बजारमा बेच्ने र आमदानी गरिरहेका छन भन्ने कुरा बताउनु भएको थियो । अहिले सामुदायिक शिक्षा सुधारको खाँचो रहेको र शिक्षालाई गुणस्तरीय बनाउन हामी सबै लाग्नुपर्ने कुरा मा जोड दिनुभएको थियो । नुवाकोटको
आर्थिकसामाजिक क्षेत्रमा अझ धेरैनै काम गर्नुपर्ने छ त्यसकारण अहिले गणतन्त्रले दिएको उपलब्धिलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने कुरा बताउनु भएको थियो । बागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा पालिका अध्यक्षहरु उपाध्यक्षहरु प्रदेश सांसद , संघीय सांसद लगायत विभिन्न राजनीति दलाका नेताहरु सुरक्षा निकाय विद्यार्थी शिक्षक लगायत हजारौंको सख्यामा नागरिकहरू पनि उपस्थिति रहेको थियो ।