नुवाकोट / नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिर जाने मुलसडक भासिएको दुई बर्ष हुदा सम्म पनि बन्न सकेको छैन । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको वडा नं. ४ र पन्चकन्या गाउँपालिकाको १ नं. वडाको सिमानामा सडक भासिएकोले सवारीसाधन सन्चालनमा जोखिम मोल्दै यातायातका साधानहरु चलिरहेका छ्न । बेला बेलामा सवारी साधनको दुर्घटना पनि हुदै आएको छ । अहिले यो भत्किएको बाटो बनाउने सुरसार अहिलेसम्म पनि छैन । बर्षातको समय सुरुसमेत भैसकेको अबस्थामा यो बाटो बन्ला त भन्ने कुरामा जनता अनभिज्ञ रहेका छ्न । अहिले सघिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारको भट्टाभट बजेत भाषण हुदै छ । जेष्ठ १५ गते सघिय बजेट आएछ । त्यसै गरि असार १ गते प्रदेशको बजेटको आएको छ । तर स्थानीय सरकारको निति तथा कार्यक्रम र बजेट यहि असार १० गते आउदै छ । यी तीन वटै सरकार मध्य यो
भासिएको सडक बनाउने दायित्व कस्को हो यो पनि सरकारहरुले बताइदिनु पर्यो । अहिले ठाउँ ठाउँमा बजेट यति करोड उति करोड भन्दै नेताहरुको नाममा फेसबुक वालहरु भरिएका छ्न तर बास्तबिकता चाहि के हो त्यसको बारेमा अहिले पनि चर्चा हुने गरेको छैन । सरकारका सबै तहका नेताहरु हिड्ने यो बाटोको अबस्थामा चाहि किन सुधार आएन भन्ने कुरामा आम नागरिकहरु गम्भीर भएका छ्न । नुवाकोटका पुर्बी बेल्ट र दुप्चेश्वर जाने मुलसडकको रुपमा यो चौघडा सिमरा आप्रँह बाहुनबेसी खरानीटार सातबिसे समुन्द्रटार राउतबेशी गोल्फुभञ्ज्याङ् रामति दुप्चेश्वर घ्याङफेदी सम्म यातायातको सुबिधा पुर्याउने सडकको अबस्था अहिले जम्मा ३० मिटर जति भासिएकोले गर्दा यातायातका साधन जोखिम मोलेर सुचारु भएको छ । जिल्ला प्रशासन , जिल्ला समन्वय र पालिकाहरुले किन ध्यान दिएका छैन्न । अहिले सामाजिक सन्जालमा विभिन्न नेताहरुले बजेट ल्याउन गरेको प्रयासको बारेमा चर्चा भएको देखिन्छ तर सारमा काम किन राम्रो हुन सकेको छैन । बेला बेलामा यातायातका साधान त्यस ठाउँमा दुर्घटना हुदा समेत सुनुवाइ भएको छैन । लाखौं लाख नागरिकहरुको यातायातका सुबिधामा यो भासिएको सडकले खोसिरहेको छ । यो बाटो बनाउन नागरिकबाट खबरदारी गर्नुपर्ने देखिन्छ ।
।