खरानीटार नुवाकोट / नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र तादी गाउँपालिका कमिटीले आज असार ५ गते तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ समक्ष तादी गाउँपालिका नेकपा माओवादी केन्द्रले ज्ञापन पत्र बुझाउने तयारीमा छ । तादी गाउँपालिका कमिटीका इन्चार्ज अनुप पाण्डे , नेकपा माओवादी केन्द्रका युवा नेता किरण कुमार रिजाल तादी गाउँपालिका कमिटीका अध्यक्ष रोशन श्रेष्ठको बिशेष उपस्थितमा रोशन श्रेष्ठले पालिका अध्यक्षलाई ज्ञापन पत्र मार्फत आफ्नो पाटीको तर्फबाट राख्नुपर्ने कुरा राखेका थिए । नेकपा माओवादी केन्द्रले देशै भरिका स्थानीय तहमा हुदै गरेको निति तथा कार्यक्रम २०८२/०८३ बजेटको सन्दर्भमा पाटीको आधिकारिक धारण ज्ञापन पत्र मार्फत राख्ने कार्यक्रम अन्तरगत यो कार्यक्रम भएको हो । राजधानीको सिहदरवार गाउ गाउँमा पुगेको र जनता महत्वपूर्ण काम अब स्थानीय तहबाट नै हुनेहुदा खबरदारीको स्वरुप यो ज्ञापन पत्र स्थानीय तहमा बुझाउनु पर्न कुरा नेकपा माओवादी केन्द्र तादी गाउँपालिमा कमिटी अध्यक्ष रोशन श्रेष्ठले बताउनु भएको छ ।

 

LEAVE A REPLY