तारा बहादुर काकींलाई कार्यकारिणी सदस्यमा विजयी गराउन अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा विभिन्न पदका लागि उम्मेदवारहरूले आफ्नो प्रचार अभियान तीव्र बनाएका छन्। यही सन्दर्भमा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तारा बहादुर काकींले कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
आगामी वैशाख २१ र २२ गते हुने महासंघको अधिवेशनमा काकींले आफूलाई मतदान गरी अत्याधिक मतले विजयी गराउन उद्योगी–व्यवसायीहरूसँग आग्रह गरेका छन्। लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका काकींले निजी क्षेत्रको हकहित, उद्योग–व्यवसायको प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा आफ्नो अनुभव उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले महासंघभित्र प्रभावकारी प्रतिनिधित्व गर्दै जिल्लास्तरका उद्योगी व्यवसायीको आवाज केन्द्रसम्म पुर्याउने लक्ष्य लिएको बताएका छन्। काकींको उम्मेदवारीलाई नुवाकोटसहित विभिन्न जिल्लाका व्यवसायीहरूले समर्थन जनाउँदै आएका छन्।
महासंघको आगामी नेतृत्व चयनलाई लिएर देशभरका उद्योगी–व्यवसायीहरू उत्साहित देखिएका छन् भने चुनावी प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ।




बताउँछन्। यही अवस्थाले विद्यालय मर्जको आवश्यकता औंल्याइएको हो।







पञ्चकन्या गाउँपालिकामा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा ‘घ्याङस्वारा अर्गानिक चिया’ सार्वजनिक


तादीखोला संरक्षणमा हामी सबै लाग्नुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी

इन्टरनेट सर्वसुलभ बनाउन सञ्चार मन्त्रीलाई अधिवक्ता भण्डारीको आग्रह
“झोलुङ्गे पुलले आवतजावतसँगै आर्थिक र सामाजिक सम्बन्ध मजबुत बनाएको छ” — उपाध्यक्ष सन्जु प्याकुरेल



