नुवाकोटका कृषिभूमिलाई कृषिमै विकास गर्नुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटका कृषिभूमिलाई कृषिमै विकास गर्नुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । नुवाकोट जिल्लाका उर्वर कृषिभूमिलाई अन्य प्रयोजनमा प्रयोग गर्नुभन्दा कृषिमै संरक्षण र विकास गर्नुपर्ने आवश्यकता रहेको अधिवक्ता रामेश्वर भण्डारीले बताएका छन्। जिल्लाको दीर्घकालीन समृद्धि कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले कृषिभूमि मासिँदै जानु चिन्ताजनक विषय भएको बताए।
अधिवक्ता भण्डारीले तादी, लिखु, थान्सिङ, सेराफाँट, चौघडा फाँट, सिमराफाँट लगायतका उपजाउ फाँटहरू नुवाकोटको पहिचान र सम्भावना भएको उल्लेख गरे। यस्ता कृषिभूमि जोगाएर आधुनिक कृषि प्रविधि, सिंचाइ सुविधा र किसानमैत्री नीति लागू गर्न सके जिल्लामा रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ थियो।
उनले अव्यवस्थित सडक, कोरिडोर तथा भौतिक पूर्वाधार निर्माणका नाममा कृषिभूमि अन्धाधुन्ध नष्ट गर्नु दीर्घकालीन रूपमा घातक हुने चेतावनी दिए। विकास र संरक्षण सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।
नुवाकोट निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवारसमेत रहेका अधिवक्ता भण्डारीले कृषकको हक–अधिकार, उचित मूल्य, बजार व्यवस्थापन र कृषि बीमा जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

दलभन्दा जनता पहिलो भन्ने मूल नारासहित अधिवक्ता रामेश्वर भण्डारीको चुनावी अभियान तीव्र

0

दलभन्दा जनता पहिलो भन्ने मूल नारासहित अधिवक्ता रामेश्वर भण्डारीको चुनावी अभियान तीव्र
नुवाकोट — नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका अधिवक्ता रामेश्वर भण्डारीले “दलभन्दा जनता पहिलो” भन्ने स्पष्ट सन्देशसहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
चुनावी प्रचारप्रसारका क्रममा क्याप चुनाव चिन्हलाई प्रमुख पहिचान बनाउँदै मतदातासमक्ष पुगिरहेका भण्डारीले सुशासन, कानुनी राज्य र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले नुवाकोटको समग्र विकास, जनजीविका सुधार र सामाजिक न्यायलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार भण्डारीले भने,
“म कुनै दलको आदेशमा होइन, नुवाकोट–१ का जनताको चाहना र आवश्यकताअनुसार संसदमा आवाज उठाउनेछु। दलगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्नु नै मेरो उद्देश्य हो।”
उनले आगामी २०८२ फागुनमा हुने निर्वाचनलाई लोक–कल्याणकारी राज्य निर्माणतर्फको अवसरका रूपमा लिन मतदातालाई आग्रह गर्दै क्याप चुनाव चिन्हमा मतदान गर्न अपिल गरे।
“नुवाकोटको विकास अब हाम्रो पालामा हुनुपर्छ। सचेत मतदाताले क्याप चिन्हमा मतदान गरेर स्वतन्त्र आवाजलाई बलियो बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु,” भण्डारीले थपे।
स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताइँदै आएको उनको अभियानले नुवाकोटमा स्वतन्त्र र वैकल्पिक राजनीतिक धारप्रति बढ्दो आकर्षण देखाएको छ।

काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–२ मा अवस्थित हिमशृङ्खला एकेडेमीको ३१औँ स्थापना दिवस विद्यालय परिसरमै विविध कार्यक्रमसहित सम्पन्न

0

एन्टिना घनश्याम, काठमाडौं ।
काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–२ मा अवस्थित हिमशृङ्खला एकेडेमीको ३१औँ स्थापना दिवस विद्यालय परिसरमै विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
वि.सं. २०५२ साल माघ २ गते तीन जनाको छलफलबाट स्थापना भएको उक्त विद्यालयको स्थापना दिवस समारोह नेपाल संस्कृत विश्वविद्यालय, दाङका प्राध्यापक माधव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष दिपेन्द्र लामाले उपस्थित सम्पूर्ण अतिथिहरू, अभिभावक तथा शिक्षक–कर्मचारीलाई शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। त्यसै अवसरमा हिमशृङ्खला स्कुलका संस्थापक प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले विद्यालयको स्थापनाकालदेखि हालसम्मका सम्पूर्ण शैक्षिक तथा सह–शैक्षिक गतिविधिहरू डिजिटल माध्यममार्फत प्रतिवेदन प्रस्तुत गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. ऋषिराम पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरू रमेशप्रकाश ढुङ्गेल र अशोक रानामगरलाई सम्मानसमेत गरिएको थियो।
शिक्षासेवी अर्जुन दंगालले सञ्चालन गर्नुभएको समारोहमा सयौँ अभिभावकको उपस्थितिमा विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए।
समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा लगायत वक्ताहरूले हिमशृङ्खला स्कुलको शैक्षिक योगदानको खुलेर प्रशंसा गरेका थिए।
यसैगरी, विद्यालयले २० वर्षभन्दा बढी तथा १० वर्षभन्दा बढी समय अध्यापन गरेका शिक्षक–शिक्षिकाहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदरसमेत गरेको छ।

नुवाकोटको गोरु जुदाउने परम्परागत संस्कृति पर्वलाई राष्ट्रिय दिवसको रूपमा मनाउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटको गोरु जुदाउने परम्परागत संस्कृति पर्वलाई राष्ट्रिय दिवसको रूपमा मनाउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटमा परम्परादेखि मनाइँदै आएको गोरु जुदाउने संस्कृति पर्वलाई राष्ट्रिय दिवसको रूपमा मान्यता दिई मनाउनुपर्ने बताएका छन्। उनले यो पर्व केवल मनोरञ्जनमा सीमित नभई नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र सामुदायिक पहिचानसँग गहिरो रूपमा जोडिएको उल्लेख गरे।
भण्डारीका अनुसार गोरु जुदाउने परम्परा कृषिप्रधान समाजको जीवनशैली, परिश्रम र सहअस्तित्वको प्रतीक हो। “यो पर्वले स्थानीय संस्कृतिको संरक्षण, पुस्तान्तरण र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ,” उनले भने।
उनले राज्यले यस्ता मौलिक संस्कृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममार्फत पहल गर्नुपर्नेमा जोड दिँदै, राष्ट्रिय दिवसको मान्यताले पर्वको गरिमा बढ्नुका साथै स्थानीय अर्थतन्त्र र सांस्कृतिक पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताए।
स्थानीय बासिन्दाहरूले पनि गोरु जुदाउने पर्वलाई व्यवस्थित र मर्यादित रूपमा मनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्

ककनीको स्ट्रबेरी खेतीले नुवाकोटको आर्थिक विकासमा टेवा पुर्‍याउने छ : अधिवक्ता रामेश्वर भण्डारी

0

ककनीको स्ट्रबेरी खेतीले नुवाकोटको आर्थिक विकासमा टेवा पुर्‍याउने छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा भइरहेको स्ट्रबेरी खेतीले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अधिवक्ता रामेश्वर भण्डारीले बताएका छन्। ककनी क्षेत्रको हावापानी, उचाइ र माटो स्ट्रबेरी खेतीका लागि अत्यन्तै उपयुक्त भएकाले यसलाई व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीय अर्थतन्त्र मजबुत हुने उहाँको धारणा छ।
अधिवक्ता भण्डारीका अनुसार ककनीमा उत्पादन हुने स्ट्रबेरीलाई ब्रान्डिङ गरी आन्तरिक तथा बाह्य बजारमा प्रवर्द्धन गर्न सकिए किसानको आम्दानी उल्लेख्य रूपमा वृद्धि हुनेछ। “स्ट्रबेरी उच्च मूल्य पर्ने नगदे बाली हो। उचित प्रविधि, तालिम र बजार सुनिश्चितता भए ककनीलाई स्ट्रबेरीको केन्द्रका रूपमा विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
उहाँले स्थानीय सरकार, कृषि ज्ञान केन्द्र र निजी क्षेत्रबीच सहकार्य गरेर बीउ, प्रविधि, भण्डारण तथा प्रशोधनमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यसले रोजगारी सिर्जना गर्नुका साथै युवा पुस्तालाई कृषितर्फ आकर्षित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
पर्यटनसँग जोडेर स्ट्रबेरी खेतीको प्रवर्द्धन गर्न सकिने बताउँदै अधिवक्ता भण्डारीले ‘स्ट्रबेरी फर्म टुरिज्म’ जस्ता अवधारणाले ककनीको पर्यटन विकासमा समेत टेवा पुर्‍याउने उल्लेख गर्नुभयो। “कृषि र पर्यटनलाई जोडेर अगाडि बढ्न सके ककनी मात्र होइन, समग्र नुवाकोटको समृद्धिमा सकारात्मक प्रभाव पर्छ,” उहाँको भनाइ छ।
हाल ककनी क्षेत्रमा केही किसानहरूले व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिसकेका छन्। स्थानीय स्तरमै उत्पादन र बिक्री बढ्दै गएपछि यसले नुवाकोटको कृषि अर्थतन्त्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

आख्यानकार सविता खनालको कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह हालै ( पुस २७ ) मा सम्पन्न

0

काठमाडौं । आख्यानकार सविता खनालको कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह हालै ( पुस २७ ) सम्पन्न भएको छ । लोकार्पण धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा सम्पन्न भएको आयोजकले जानकारी दिए ।
कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशनको तर्फबाट तथा चर्चित आख्यानकार घनश्याम खड्काले गर्नुभएको थियो । स्थापित बालसाहित्यकार तथा रामदेव पाण्डे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा महाकाव्यकार डा. नवराज लम्साल रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कायरा उपन्यासले नेपाली साहित्यमा सिमान्तकृतका मुद्दा , भुइँमान्छेको मुद्दा  र मान्छेभित्रको संवेदनालाई सशक्त रूपमा उठाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
कृति विमोचनपछि बोल्दै लेखिका सविता खनालले कायरा लेख्दाको अनुभवलाई सुनाउनुभएको थियो । जीवनका जटिलता , अनुभूतिजन्य विषय र आत्मसंघर्षलाई प्रस्तुत गर्ने कुरामा आफू प्रेरित भएको कायरा उपन्यास लेखेको लेखिकाको भनाइ रहेको थियो ।कार्यक्रममा साझा प्रकाशनकी सदस्य तथा साहित्यकार जयन्ता पोखरेल, राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव डा. भारद्वाज मित्रले पनि कृतिकाे समिक्षात्मक परिचर्चा र कृतिकारकाे प्रसंशा गर्नुभएको थियाे ।
कार्यक्रममा अन्य वक्ताका रूपमा ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युमिसा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त उपस्तिथि पनि हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नुवाकोटको खेलकुदमा वडा–पालिका नेतृत्वदेखि मुख्यमन्त्री कपसम्म राजनीतिकरण हाबी:अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटको खेलकुदमा वडा–पालिका नेतृत्वदेखि मुख्यमन्त्री कपसम्म राजनीतिकरण हाबी
नुवाकोट । नुवाकोट जिल्लाको खेलकुद क्षेत्रमा वडा, गाउँपालिका तथा नगरपालिका अध्यक्ष–उपाध्यक्ष, मेयर–उपमेयरदेखि मुख्यमन्त्री कपसम्म राजनीतिकरण हाबी भएको देखिएको छ। खेलकुदको नाममा आयोजना गरिने कार्यक्रम, प्रतियोगिता र बजेट व्यवस्थापनमा राजनीतिक पहुँच र स्वार्थ हावी हुँदा वास्तविक खेलाडी र खेलकुदकर्मीहरू उपेक्षित हुन थालेका छन्।
स्थानीय तहका विभिन्न खेलकुद गतिविधिमा खेल प्रतिभा, योग्यता र निरन्तरताभन्दा पनि राजनीतिक निकटतालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको खेलकुद क्षेत्रका सरोकारवालाहरूको गुनासो छ। यसले खेलाडी चयन, पुरस्कार वितरण र अवसर प्रदान गर्ने प्रक्रियामा असमानता सिर्जना गरेको उनीहरूको भनाइ छ।
मुख्यमन्त्री कपजस्ता ठूला प्रतियोगितासमेत राजनीतिक प्रदर्शन र प्रचारको माध्यम बन्न थालेको भन्दै आलोचना भइरहेको छ। खेलकुदको उद्देश्य युवा प्रतिभा पहिचान, प्रतिस्पर्धात्मक क्षमता विकास र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु भए पनि व्यवहारमा त्यो लक्ष्य कमजोर बन्दै गएको देखिन्छ।
खेलकुदकर्मीहरूका अनुसार खेलकुदलाई राजनीतिबाट टाढा राखी स्वतन्त्र, पारदर्शी र मेरिटमा आधारित प्रणाली लागू गर्न सके मात्र नुवाकोटको खेलकुद क्षेत्रले अपेक्षित गति लिन सक्छ। स्थानीय तहदेखि प्रदेश तहसम्म स्पष्ट नीति, दीर्घकालीन योजना र पेशागत व्यवस्थापन आवश्यक रहेको उनीहरूको निष्कर्ष

बिनायक अस्पतालको २९औँ साधारण सभा सम्पन्न

0

बिनायक अस्पतालको २९औँ साधारण सभा सम्पन्न
नुवाकोट । बिनायक अस्पताल तथा प्रसूति गृह प्रा.लि.को २९औँ साधारण सभा यही पौष २५ गते सम्पन्न भएको छ। साधारण सभाबाट आगामी चार वर्षे कार्यकालका लागि ७ सदस्यीय सञ्चालक समिति र ५ सदस्यीय सल्लाहकार समिति निर्वाचित भएका छन्।
साधारण सभाले अस्पतालको संस्थागत विकास, सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको जनाइएको छ। निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्पूर्ण शेयर सदस्यहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।
सभाको अवसरमा अस्पतालका पाँच जना उत्कृष्ट कर्मचारी तथा समाजसेवी खड्क बहादुर गुरुङलाई सम्मान गरिएको छ। साथै नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
निर्वाचित सञ्चालक समिति
कार्यकारी अध्यक्ष – केपी लामिछाने
मेडिकल डाइरेक्टर – डा. उषा श्रेष्ठ खाँड
सञ्चालक – खगेन्द्र प्रसाद अधिकारी
सञ्चालक – तुल्सी बहादुर श्रीखण्ड श्रेष्ठ
सञ्चालक – गोविन्द प्रसाद ज्ञावली
सञ्चालक – डा. विधान निधि पौडेल
सञ्चालक – पशुपति लामिछाने
सल्लाहकार समिति
प्रकाश श्रेष्ठ
उमा कुमारी ढकाल
रितु अधिकारी खनाल
अच्युत लामिछाने
हरि लामिछाने

नुवाकोटको आलुलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ, हामीले सोच्नुपर्छ  : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटको आलुलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ, हामीले सोच्नुपर्छ  : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । नुवाकोट जिल्लामा उत्पादन हुने आलुको व्यावसायिक सम्भावनालाई पहिचान गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्नुपर्ने आवश्यकता अधिवक्ता रामेश्वर भण्डारीले औंल्याएका छन्। उहाँका अनुसार नुवाकोटको भौगोलिक अवस्था, माटो र हावापानी आलु उत्पादनका लागि उपयुक्त भएकाले यसलाई जिल्लाको पहिचानका रूपमा स्थापित गर्न सकिन्छ।
भण्डारीले भने, “नुवाकोटको आलु स्वाद, गुणस्तर र उत्पादन क्षमताका हिसाबले विशिष्ट छ। अब परम्परागत खेतीमा मात्र सीमित नरही प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।” स्थानीय किसानलाई प्राविधिक सहयोग, उन्नत बीउ, भण्डारण सुविधा र सहकारीमार्फत बजार पहुँच सुनिश्चित गर्न सके आलु उत्पादनले किसानको आयस्तर उल्लेख्य रूपमा बढाउने उहाँको भनाइ छ।
उहाँले स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर ‘नुवाकोट आलु’ नाममा ब्रान्ड विकास गर्न सकिने उल्लेख गर्दै यसले रोजगारी सिर्जना, कृषि उद्यमशीलता प्रवर्द्धन र जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी किसान तथा सरोकारवालाहरूले पनि नुवाकोटको आलुलाई ब्रान्डका रूपमा अघि बढाउन दीर्घकालीन नीति, बजेट र बजार सुनिश्चितता आवश्यक रहेको धारणा राखेका थिए।

नुवाकोटको स्थानीय तहले स्वास्थ्य, शिक्षा र रोजगारीमा ध्यान दिन सकेको छैन : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटको स्थानीय तहले स्वास्थ्य, शिक्षा र रोजगारीमा ध्यान दिन सकेको छैन : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । नुवाकोट जिल्लाका स्थानीय तहहरूले नागरिकको आधारभूत आवश्यकता मानिने स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा अपेक्षित ध्यान दिन नसकेको अधिवक्ता रामेश्वर भण्डारीले बताएका छन्।
उनका अनुसार संघीय संरचना लागू भएपछि स्थानीय सरकारलाई प्रत्यक्ष रूपमा जनजीविकासँग जोडिएका काम गर्ने अवसर र अधिकार प्राप्त भए पनि त्यसको प्रभावकारी उपयोग हुन सकेको छैन। स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र सेवा अभाव कायमै रहेको, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बन्दै गएको र युवालाई जिल्लामै रोजगारी सिर्जना गर्ने स्पष्ट कार्यक्रम नदेखिएको उनले उल्लेख गरे।
अधिवक्ता भण्डारीले स्थानीय तहले योजना छनोट गर्दा देखावटीभन्दा पनि दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। “स्वास्थ्य, शिक्षा र रोजगारी सुदृढ नगरी विकास सम्भव हुँदैन,” उनले भने, “नागरिकले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रम नआएसम्म स्थानीय सरकारप्रति विश्वास बढ्न सक्दैन।”
उनले आगामी दिनमा स्थानीय तहलाई उत्तरदायी बनाउँदै नागरिक केन्द्रित नीति र कार्यक्रम ल्याउन सरोकारवालाहरू सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।

तत्कालको समाचार

तारा बहादुर काकींलाई कार्यकारिणी सदस्यमा विजयी गराउन अपिल

तारा बहादुर काकींलाई कार्यकारिणी सदस्यमा विजयी गराउन अपिल काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा विभिन्न पदका लागि उम्मेदवारहरूले...

नुवाकोटको शिक्षामा संकट: विद्यालय मर्जको दबाब, काठमाडौंमा भर्ना पाउन विद्यार्थीलाई कठिनाइ

jनुवाकोटको शिक्षामा संकट: विद्यालय मर्जको दबाब, काठमाडौंमा भर्ना पाउन विद्यार्थीलाई कठिनाइ नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा विद्यालय मर्ज गर्ने चर्चा तीव्र...

तादीका जनता बजेट पर्खाइमा, जनप्रतिनिधिको कामको मूल्यांकन हुने बेला

तादीका जनता बजेट पर्खाइमा, जनप्रतिनिधिको कामको मूल्यांकन हुने बेला नुवाकोट । तादी गाउँपालिकाले चालु कार्यकालको चौथोपटक बजेट सार्वजनिक गर्ने समय नजिकिँदै गर्दा स्थानीय नागरिकहरू आगामी...