संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक हितबहादुर तामाङले नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर र कलात्मक सम्पदाले पहिचानमा विशिष्टता प्रदान गर्ने बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सो कुरा बताउनुभएको हो ।
उहाँले भौतिक सम्पदासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । “हामीले हाम्रो संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न सदैव तयार रहनुपर्छ”, मन्त्री तामाङले भन्नुभयो, “यसर्थ नेपाल सरकारले पनि कला, संस्कृति र साहित्यको प्रोत्साहन र संरक्षणमा विशेष ध्यान दिएको छ । यसका लागि सरकार सधैं प्रतिबद्ध छ ।” उहाँले सङ्गीत, नाटक र नृत्य क्षेत्रले हाम्रो समाजलाई एकजुट गर्न र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राख्नुभयो ।
नेपाल सङ्गीत त
था नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट छजना स्रष्टा पुरस्कृत हुनुभएको छ । रङ्गमञ्च विधाबाट हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधाबाट तारा थापा, लोक सङ्गीत विधाबाट बोमबहादुर कार्की, नाट्य विधाबाट गोपाल देवान र नृत्य विधाबाट जोगेन्द्र केसी पुरस्कृत हुनुभएको हो । उहाँहरूलाई जनही रु एक/एक लाख र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो ।



खरानीटार / तादी गाउँपालिकाको १५ औं गाउँ सभा बठैक २०८१ साल असार १० ग
ते तादी गाउँपालिकाको हलमा सम्पन्न भएको छ । तादी गाउँपालिकाको आगामि आ .व. २०८१।०८२ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ ज्यू को सभाध्यक्षतामा भएको थियो । तादी गाउँपालिका अध्यक्ष सन्तमान तमाङ गाउँपालिकाको उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ गाउँपालिकाको कार्यकारी प्रमुख वडा अध्यक्ष ज्युहरु स्थानीय प्रहरी इन्चार्ज विभिन्न संघसस्थाको प्रतिनिधि पत्रकार स्थानीय नागरिकहरुको उपस्थितमा १५औं गाउँ सभा बैठक सम्पन्न भएको थियो । तादी
गाउँपालिकाले बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गरि जम्मा बजेट रकम रु ४६,६४,४९,०००। ००( अक्षेरुपी छयालिस करोड चौसट्टी लाख उन्नपचास हजार मात्र । ) को बजेट विनियोजन गरि आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१,आ.व. २०८१।०८२ को बजेट ,नीति तथा कार्यक्रम सर्वसम्मत ढङ्गले पारित गर्यो ।तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल ज्यूबाट आ.व. २०८१।०८२ को लागि बजेट तथा कार्यक्रम पेश गर्नु भएको थियो । तादी गाउँपालिकाले आगामी दिनमा पहिलाको बर्षको भन्दा अझ राम्रो काम गर्ने उदेश्यको साथ निति तथा कार्यक्रम सहित बजेट ल्याउन प्रयास गरेको देखिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।


बालाजु / तादी मिडिया प्रा .लि .को ब्यानरमा अधिवक्ता रामेश्वर भण्डारीको निर्माणमा स्वास्थ्य सम्बन्धित चेतना मुलक लघु चलचित्र शक्तिशाली लाम्खुटे नामको निर्माण भएको छ। उक्त लघु चलचित्रको परिकल्पना अधिवक्ता रामेश्वर भण्डारीसको आफ्नै हो भने पटकथा र निर्देशन रसुवाली कविले गर्नु भएको छ। समाजमा लाम्खुटेले हरेक प्रकारको रोग फैलाउने काम गर्छ। यस प्रकारको कुराबाट कसरि बच्नु पर्छ भन्ने कुराको चेतना बृदि गर्ने उदेश्य राखी निर्माण भएको हो।
यस चलचित्रमा अधिवक्ता रामेश्वर भण्डारी , बेद प्रसाद गौडेल , नबिन घिमिरे , पबी अधिकारी , अन्जु गुरुङ , ठाकुर आचार्य , बिनोद अधिकारी , राजु राइ लगायत कलाकारको अभिनय रहेको छ। यस लघु चलचित्रको छायाकन प्रबेश राइले गरेका छन। उक्त लघु चलचित्र तादी मिडियाको युटूब च्यानलबाट प्रशारण हुने छ।


कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले संस्कृति समाज जागरणको शसक्त माध्यम भएको भन्दै सांस्कृतिक रूपान्तरणसंगै समाज जागरणका लागि सरकारको ऐतिहासिक पृष्ठभूमि बोकेको एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।


आयोजनामा यस प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता बागमती प्रदेश सभा सदस्य माननिय राधिका तामाङज्यूको प्रमुख आतिथ्यतामा भएको थियो । अन्य विशिष्ट अतिथिहरुमा नुवाकोट जि.स.स प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी ,विशेष अतिथि तादी
गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यू तथा तादी गाँउपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ ज्यूको अध्यक्षतामा खेल आयोजना भएको हो । अरु अथितिहरुमा तादी गा.पा.को प्र.प्र.अ .नन्द लाल शर्मा ज्यू,तादी गाउँपालिका वडा अध्यक्ष ज्यूहरु,कार्यपालिका सदस्य ज्यूहरु,वडा सदस्य ज्यूहरु,तादी गाउँपालिकको विभिन्न शाखाका कर्मचारी ज्यूहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिबज्यूहरु,विभिन्न पार्टीका प्रतिनिधि ज्यूहरु,विद्यालय प्रधानाध्यापक ज्यूहरु,शिक्षक शिक्षिका ज्यूहरु साथै नागरिक समाज तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थितिमा तादी गाउँपालिका विद्यालय स्तरिय महिला भलिबल खेल अमरज्योति मा.बि.मा भएको थियो । उक्त खेल प्रतियोगितामा सहभागि ६ विद्यालयको भलिबल खेलाडी छात्राहरु सहभागीता भएका थिए । सहभागी विद्यालयहरु मध्ये प्रथम स्थान हासिल गर्ने सुन्दारा मा.वि ,सातविसे,द्धितिय स्थान हासिल गर्ने सुन्दरादेवी मा.वि र तृतिय स्थान हासिल गर्ने सुन्दरा मा.वि भएका थिए । तादी गा.पा.१ उर्लेनिका का खेलाडी छात्राहरुलाई नगद पुरस्कार सहित ,ट्रफी वितरण भई ,विभिन्न विद्यामा उत्कृष्ट भलिबल खेलाडिहरुलाई मेडल,अतिथिहरू तथा प्रशिक्षकज्यूहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति माननीय प्रदेश सदस्य तथा पुर्ब मन्त्री राधिका तामाङले खेलकुदले विद्यार्थीहरुमा अनुशासन र शिक्षा शिक्षणमा सहयोग पुर्याउने कुरामा जोड दिनु भएको थियो ।
त्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो । “देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”


अनाबस्यक कर हटाउने काम भैरहेको र यसको समाधान बजेट पास अघिनै गरिने उहाँले प्रस्ट पार्नुभयो । यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने बिश्वास सरकारले लिएको उहाँको भनाई छ ।

अहिले बिगतको भन्दा धेरै नै बिकास भएको पाइन्छ । दुप्चेस्वर क्षेत्र विकास कोषको नयाँ कार्य समितीले बैशाख १ गते देखि दैनिक भेटी सार्वजनिक गर्दै आइरहेकोछ।भक्तजनको सुबिधा को लागि खानेपानीको धारा निर्माण कार्य अन्तिम चरणमा पुगेकोछ।लाइन बस्दा अप्ठेरो नहोस भनेर भक्तजन लाई मन्दिर जाने पटि र फर्कने ठाउमा सौचालय निर्माण कार्य भैरहेकोछ।हिजो भन्दा सरसफाइ कार्यलाइ तीव्रता दिएको छ।मन्दिर वरिपरिको रुखहरुमा रङ्ग गाउने कार्य सम्पन्न भएको छ।सिढिको रेलिङमा रङ रोगन
कार्य सम्पन्न भएकोछ।मेटलबाट ठूलो अक्षरमा दुप्चेस्वर महादेव अक्षर लेखिएको छ।बत्तिले सजिसजावट पारिएको छ।अब हबन कुण्ड,निर्माण कार्य अघि बढाउदै,धुप बत्ती बाल्ने निश्चित ठाउँ तयारी गरिदै छ।साउन १ गते देखि दुउप्चेश्वर /गंगा आरतिको तयारी गरिदै छ।सिढी बाटो सरसफाइको लागि सिढिमा धाराभरी पानीको धारा उपलब्ध गराएको छ।पुजारी को माग बमोजिम महादेव को काखैमा धारा लान सफल भएको छ।पुजारीको लागि उचित सेवा सुबिधा प्रदान गरिदैछ।संघीय सरकारबाट बिनियोजित रकमको कार्य तिब्र गतिमा अघि बढिरहेको छ।मन्दिर परिसरमा सार्बजनिक जग्गा एकिन गर्न जिल्ला नापी कार्यलयबाट प्राबिधिक झिकाइ सार्बजनिक जग्गा एकिन गरि ३५ दिने सूचना जारी भैसकेको छ।नेपाल सरकारको
सास्कृति,पर्यटन मन्त्रीले दुप्चेश्वर मन्दिर बिकास प्रबर्द्धन तथा गणेश पंडित स्मृति पार्क निर्माण शिर्षकमा एक करोड पुन बिनियोजन गरिएको छ। नुवाकोटको धार्मिकस्थलहरु मध्य अहिले तिब्र गतिमा दुप्चेश्वर मन्दिरको बिकास भएको देखिन्छ ।




