बालाजु गुम्बा काठमाडौ / नुवाकोट जिल्ला पन्चकन्या गाउँपालिका अन्तर्गतका वडाहरु १,२,३,४ ले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने कार्य आज मिति २०८२ भाद्र १५ ,१६र १७ गरि तीन दिन काठमाडौमा सेवा दिने भएको छ । नुवाकोटबाट काठमाडौ आई अस्थायी रुपमा बसोवास गरिरहेको ब्यक्तिहरुलाई मध्यनजर गरिदै यो सेवा दिने कुरा वडा अध्यक्षहरुको छलफलमा गरिएको हो । काठमाडौको बालाजु अन्तरगत गुम्बा नजिक रहेको अनुपमद्रार पाटी प्यालेसमा सेवा दिएको छ । बर्षातको समयमा काठमाडौमा भएका जेष्ठ नागरिक , एकल महिला , अपांगलाई सहयोग पुर्याउने उदेश्यका साथ सेवा दिएका हुन । पन्चकन्याका वडाहरुको यो कार्यले काठमाडौबाट नुवाकोट जान नसकेका ब्यक्तिहरुलाई धेरैनै सजिलो भएको छ । बर्षातको समयमा गाउँ जान धेरै नै कठिनाइ हुने गरेको थियो तर वडा कार्यालयले काठमाडौमा नै सेवा दिएकोले सेवाग्राहीहरु खुशी भएका छ्न । पन्चकन्या गाउँपालिका अन्तरगतका सामाजिक सुरक्षा भत्ता लिदै आएकाहरु अधिकांस काठमाडौको बालाजु , नेपालटार ,तारकेश्वर , टोखा, बुढानिलकण्ठ ,कलंकी ,गगोबु ,सामाकोशी ,लोलाङ ,काभ्रेस्थली , धर्मस्थली ,जरखुमा रहेका छ्न । उनिहरलाई सेवा पुर्याउने उदेश्यका साथ सेवा सन्चालन गरिको कुरा वडा नं.३ का वडा।अध्यक्ष राम बाबू पराजुलीले तादी मिडियालाई जानाकारी गराएका छन।।