
खरानीटार नुवाकोट / तादी गाउँपालिका अन्तरगतका विद्यालयमा यहि चैत्र १७ गते देखि कक्षा ८ को परिक्षा संचालन भएको छ । तादी गाउँपालिकाको अनुगमन संयोजक तथा तादी गाउँपालिकाको उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले चैत्र १७ देखि संञ्चालन भएको कक्षा ८ को परिक्षाको अनुगमन तथा निरिक्षणको गर्नु भएको छ । अनुगमन तथा निरीक्षणको क्रममा तादी
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल , शिक्षा अधिकृत सन्तोष खनाल लगायत विभिन्न विद्यालयका शिक्षकहरू पनि उपस्थिति रहेको थियो । अनुगमन तथा निरीक्षण क्रममा तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले विद्यार्थीहरुलाई अनुशाशन जस्ता कुरालाई ध्यानमा राखि निर्धक्क भएर परिक्षा दिन आग्रह गर्नुभएको थियो । परिक्षालाई अनुशासन कायम गराउनु र शान्त वातावरणमा परिक्षा संचालित गराउनु तादी गाउँपालिका , विद्यालय प्रशासन ,
विद्यालय ब्यबस्थापन र अभिभावकको दायित्व हो भन्नेकुरा अनुगमन तथा निरीक्षणको क्रममा बताउनु भएको थियो । गुणस्तरीय शिक्षा आजको आबश्यकता हो हामीले शिक्षालाई गुणस्तर कायम गराउनु सबै क्षेत्रहरूबाट सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।
अनुगमनको क्रममा परिक्षा केन्द्रमा सुधारको आबश्यक समस्या भएमा तादी गाँउपालिका सँग समन्वय गराउन विद्यालय प्रशासनलाई समेत ध्यानाकर्षण गराउनु भएको थियो । तादी गाउँ पालिका अन्तरगतका परिक्षा केन्द्र सुन्दरादेबी मा.बि.सातबिसे, अमर ज्योति मा.बि. खरानीटार र बिज्ञान
मा.बि.नर्जामण्डप लगायत विद्यालयका परिक्षा केन्द्रमा अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।






।
सम्बन्धमा राजनीति पुर्वाग्रह सहित आएको कुरा पत्रकार सम्मेलनमा बताउनु भएको हो । प्रतिनिधि सभामा सांसदको शुन्य समयमा सांसदद्वयबाट अस्वभाविक रुपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको बताउनु भयो संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न चुनौति समेत दिनुभएको छ । रास्वपा सांसदद्वयले आफ्नो चरित्र, साँख, प्रतिष्ठामाथि गर्नुभएको प्रहारलाई कानूनी उपचारको बाटो लिने कुरा बताउनु भएको छ ।डा. केदार नरसिंह के.सि.को भनाइ अनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साविक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नममा कार्यालयको मोठ श्रेस्तामा जनिएको व्यहोरा उल्लेख छ ।





खरानीटार नुवाकोट / तादी गाउँपालिका खरानीटार अबस्थित खरानीटार अस्पतालको बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननिय किरण थापा मगरले अबलोकन तथा निरिक्षण गरेका छ्न । अबलोकन तथा निरिक्षणको क्रममा बागमति प्रदेश मुख्य मन्त्रिका प्रमुख राजनितिक सल्लाहकार विनोद शाह ,प्रदेश सचिव डा. सुमित्रा गौतम साथै बागमती प्रदेश सरकार
स्वास्थ्य निर्देशनालय निर्देशक डा. नरेन्द्र कुमार झा नुवाकोट ,जि.स.स प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीको सयुक्त टोलिले खरानीटार अस्पतालको निरिक्षण तथा अवलोकन गर्नु भएका छन । उक्त अबलोकन तथा निरिक्षणको क्रममा खरानीटार अस्पतालको डा. प्रिति खनालबाट अस्पतालको बस्तुस्थिति बारे जानाकारी दिएका थिए । उक्त कार्यक्रममा तादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ,उपाध्यक्ष सन्जु
प्याकुरेल श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल ,खरानिटार इलाका प्रहरी कार्यालय प्रमुख जयन्ती थापा , अस्पताल व्यवस्थापन समिति सदस्य रोशन श्रेष्ठ ,तादी गाउँपालिका विभिन्न शाखाको प्रमुख तथा कर्मचारीहरु लगायत अस्पतालको कर्मचारीहरु साथै स्थानिय नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा प्रस्तुतिकरण समेत भएको थियो । अबलोकन तथा निरिक्षणको क्रममा अस्पतालको हालको बस्तुस्थिति बारे जानकारी गराउनुको साथ तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङबाट
विशेषगरी खरानीटार अस्पतालको सवलीकरण तथा स्तोरउन्नतिको लागि आवाश्यक बजेट व्यवस्थापनको सम्बन्धमा माननिय स्वास्थ्य मन्त्री किरण थापा मगरलाई ध्यानकर्षण समेत गर्नु भएको छ ।उक्त कार्यक्रम तादी गाउँपालिका अध्यक्ष सन्तामान तामाङको अध्यक्षतामा विशेष कार्यक्रम सहित सम्पन्न भएको थियो ।

खरानीटार नुवाकोट / तादी गाउँपालिकाको आयोजनमा ११५
अतिथिहरुमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ ,उपाध्यक्ष सन्जू प्याकुरेल श्रेष्ठ अन्य अतिथिहरुमा वडा अध्यक्ष आश्विन कुमार पाण्डे, नेपाल ग्रिनतारा फाउन्डेसनको अध्यक्ष बन्दिनीमा शेर्पा , रुडेक नेपालका प्रतिनिधि साथै कार्यपालिका सदस्य ,वडा सदस्य ,बिभिन्न पेसा व्यवसायमा आबद्द हुनुभएका दिदिबहिनिहरु , तादी गाउँपालिका कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त
कार्यक्रममा वक्तृत्त्वकला तथा विविध कार्यक्रम समेत भएको थियो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा कानुन न्याय तथा मानब अधिकार समिति सभापति माननीय बिमला सुबेदीले कार्यक्रममा सहभागीहरु लाई सम्मान ,पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।
विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।
धनुषा, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताउनुभएको छ।



