खरानीटार नुवाकोट / तादी गाउँपालिका अन्तरगतका विद्यालयमा यहि चैत्र १७ गते देखि कक्षा ८ को परिक्षा संचालन भएको छ । तादी गाउँपालिकाको अनुगमन संयोजक तथा तादी गाउँपालिकाको उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले चैत्र १७ देखि संञ्चालन भएको कक्षा ८ को परिक्षाको अनुगमन तथा निरिक्षणको गर्नु भएको छ । अनुगमन तथा निरीक्षणको क्रममा तादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल , शिक्षा अधिकृत सन्तोष खनाल लगायत विभिन्न विद्यालयका शिक्षकहरू पनि उपस्थिति रहेको थियो । अनुगमन तथा निरीक्षण क्रममा तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले विद्यार्थीहरुलाई अनुशाशन जस्ता कुरालाई ध्यानमा राखि निर्धक्क भएर परिक्षा दिन आग्रह गर्नुभएको थियो । परिक्षालाई अनुशासन कायम गराउनु र शान्त वातावरणमा परिक्षा संचालित गराउनु तादी गाउँपालिका , विद्यालय प्रशासन ,
विद्यालय ब्यबस्थापन र अभिभावकको दायित्व हो भन्नेकुरा अनुगमन तथा निरीक्षणको क्रममा बताउनु भएको थियो । गुणस्तरीय शिक्षा आजको आबश्यकता हो हामीले शिक्षालाई गुणस्तर कायम गराउनु सबै क्षेत्रहरूबाट सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।
अनुगमनको क्रममा परिक्षा केन्द्रमा सुधारको आबश्यक समस्या भएमा तादी गाँउपालिका सँग समन्वय गराउन विद्यालय प्रशासनलाई समेत ध्यानाकर्षण गराउनु भएको थियो । तादी गाउँ पालिका अन्तरगतका परिक्षा केन्द्र सुन्दरादेबी मा.बि.सातबिसे, अमर ज्योति मा.बि. खरानीटार र बिज्ञान
मा.बि.नर्जामण्डप लगायत विद्यालयका परिक्षा केन्द्रमा अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।