खरानीटार नुवाकोट / तादी गाउँपालिकामा बिगत १२/१५ बर्षदेखि नेपाल ग्रीनतारा फाउन्डेसनले बिशेष गरि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको थियो । बिगत १ बर्ष देखि स्वास्थ्य क्षेत्रमा पनि तादी गाउँपालिकाको आग्रहमा तादीको विकट क्षेत्र तादी १ उर्लेनीमा सुबिधा सप्पन्न स्वास्थ्य चौकी बनाउने गरि काम थालेको छ । उक्त निर्माणधिन स्वास्थ्य चौकीको अनुगमन तथा निरिक्षण तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल हालै गर्नुभएको छ । नेपाल ग्रीनतारा फाउन्डेसनले तादीको ग्रामीण क्षेत्रमा गरेको योगदानको कदर पालिका र तादीका नागरिक गर्नुपर्ने कुरा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले बताउनु भएको छ । नेपाल ग्रीनतारा फाउन्डेसनले तादीका विद्यालयहरुमा भौतिक र शैक्षिक सामाग्रीमा सहयोग पुर्याउने कार्य गर्दै आएको छ। तादी ४ सुन्दरादेबीमा सुन्दरा मा.बि. डुग्रने , काउले प्रा.बि. , भग्रेरी प्रा.बि. र तादी २ चिलाउने प्रा. बि. लगायतका विद्यालयहरुमा समेत भौतिक तथा शैक्षिक कुरामा सहयोग पुर्याउने काम गरेको छ । पछिल्लो पटक नेपाल ग्रीनतारा फाउन्डेसनले स्वास्थ्य क्षेत्रमा काम गर्ने उदेश्यका साथ तादी गाउँपालिका वडा १
उर्लेनीमा स्वास्थ्यचौकीको भौतिक संरचनाको निर्माण तथा स्वास्थ्य सामाग्रीको सहयोग गरेकोमा पालिकाको तर्फबाट नेपाल ग्रीनतारा फाउन्डेसनलाई धन्यवाद दिएको कुरा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले तादी मिडियालाई बताउनु भएको छ ।
Home banner news नेपाल ग्रीनतारा फाउन्डेसनले तादी गाउँपलिकाको शिक्षा र स्वास्थ्यमा योगदान दिदै आएको छ...