फेसबुकमा मात्र होइन, २२ वर्ष विद्यार्थी राजनीति र १० वर्ष भूगोल क्षेत्रमा सक्रिय छु : अधिवक्ता रामेश्वर भण्डारी

0
Oplus_131072
Oplus_131072

फेसबुकमा मात्र होइन, २२ वर्ष विद्यार्थी राजनीति र १० वर्ष भूगोल क्षेत्रमा सक्रिय छु : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट — अधिवक्ता रामेश्वर भण्डारीले आफू सामाजिक सञ्जालमार्फत मात्र होइन, प्रत्यक्ष राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको स्पष्ट गरेका छन्।
भण्डारीका अनुसार उनले करिब २२ वर्ष विद्यार्थी राजनीतिमा संलग्न रहँदै नेतृत्व विकास, संगठन विस्तार र अधिकार संरक्षणका विषयमा काम गरेका छन्। साथै, पछिल्ला १० वर्षदेखि भूगोल तथा स्थानीय विकासमा आधारित राजनीतिक अभियानमार्फत जनताको मुद्दा उठाउँदै आएको उनको भनाइ रहेको छ।
“फेसबुकमा देखिनेभन्दा बढी अनुभव र प्रत्यक्ष क्रियाशीलता मेरो भूमिकामा रहँदै आएको छ,” भण्डारीले भने, “जनताको विश्वास, सुशासन र समृद्धिसँग सम्बन्धित अभियानलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्दैछु।”
भण्डारीले युवालाई मुलधारको राजनीतिमा सक्रिय रूपमा सहभागी गराउने, नागरिक अधिकारको संरक्षण र उत्तरदायी नेतृत्व निर्माण आफूले अघि सारेको प्राथमिकता भएको बताए।

नि:शुल्क स्वास्थ्य शिविर तादी–१ उर्लेनीमा सञ्चालन हुँदै

0

नि:शुल्क स्वास्थ्य शिविर तादी–१ उर्लेनीमा सञ्चालन हुँदै
नुवाकोट – तादी गाउँपालिका–१, काल्चे उर्लेनीस्थित स्वास्थ्य चौकी भवनमा हुने नि:शुल्क स्वास्थ्य शिविरका लागि आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी (तादी गाउँ कमिटी) को आयोजनामा हुने उक्त शिविर आगामी मिति २०८२/०९/१९ गते बिहान १०:०० बजेदेखि सञ्चालन हुने छ।
शिविरमा नाक, कान र घाँटी, दन्त स्वास्थ्य, हाडजोर्नी, स्त्रीरोग लगायतका समस्या सम्बन्धी परामर्श र स्वास्थ्य परीक्षण गरिने छ। साथै, परीक्षणअनुसार आवश्यक पर्ने औषधिहरू समेत निःशुल्क वितरण गरिने जनाइएको छ।
स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीयवासीलाई स्वास्थ्य परीक्षणका लागि विशेष अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
आयोजक पार्टीका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने छ भने स्वास्थ्य जाँच गराउन इच्छुक सबैलाई समयमै उपस्थित भई सेवाको लाभ लिन आग्रह गरिएको छ।

रास्वपा नुवाकोटमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन, संयोजकमा शरण महत

0


नुवाकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्लामा पूर्ण जिल्ला कमिटीको निर्णयअनुसार उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको छ। समिति संयोजकमा शरण महत तथा सदस्यमा बसन्त धिताल र राजु प्रसाद लामिछाने रहनेगरी तीन सदस्यीय संरचना निर्माण गरिएको हो।
समितिले आवश्यकता अनुसार थप उपसमितिहरू गठन गर्दै जाने निर्णय समेत गरेको छ। यसै क्रममा समितिले आजै तत्कालीन विवेकशील–साझा पार्टीका जिम्मेवार साथीसहित उज्यालो नेपालमा सक्रिय रहँदै आएका जिम्मेवार व्यक्तिहरूसँग प्रारम्भिक राजनीतिक संवाद र कार्यसामञ्जस्य सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न गरेको छ।
छलफलमा नुवाकोट जिल्लामा तहगत संगठन विस्तार, समन्वय र सुदृढीकरणका उपायहरू, तथा आगामी निर्वाचनमा दुवै प्रतिनिधि सभा क्षेत्रमा परिणाममुखी सफलता ल्याउने योजनाबारे केन्द्रित रूपमा चर्चा गरिएको संयोजक महतले जानकारी गराए।
रास्वपाको संगठनलाई चुस्त–दुरुस्त बनाउँदै जनअपेक्षाअनुरूप प्रभावकारी राजनीतिक अभियान सञ्चालन गर्ने अठोटसहित समिति सक्रिय रूपमा अघि बढ्ने जनाइएको छ।

स्व. एकाबहादुर पाठकको १०६ औँ जन्मजयन्तीमा सुन्दरा माविका १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

0

स्व. एकाबहादुर पाठकको १०६ औँ जन्मजयन्तीमा सुन्दरा माविका १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नुवाकोट, पौष — स्वर्गीय एकाबहादुर पाठकको १०६ औँ जन्मजयन्तीको अवसरमा नुवाकोटको तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीलाई स्कुल ब्याग, कापी–कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ। स्व. पाठककै स्मृतिमा स्थापना गरिएको ‘एकाबहादुर पाठक समाज विकास संस्था’मार्फत उक्त सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि सन्तमान तामाङ, उपाध्यक्ष सञ्जु प्याकुरेल, वडा अध्यक्ष अश्विन कुमार पाण्डे, इलाका प्रशासन कार्यालय सातबिसेका प्रमुख सावित्रा भण्डारी, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष रामहरि गजुरेललगायत जनप्रतिनिधि, शिक्षक–शिक्षिका र अभिभावकहरूको सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक कपिलेश्वर मण्डलको संयोजनमा सम्पन्न सो कार्यक्रममा आयोजक पक्षले विद्यालय प्रशासन, शिक्षक–शिक्षिका तथा सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ।
स्व. पाठकले करिब ७० वर्षअघि नै यस सुन्दरा माविसहित नुवाकोटको पूर्वी क्षेत्रका दुर्गम गाउँबस्तीमा शिक्षाको पहुँच विस्तारका लागि करिब एक दर्जन विद्यालय स्थापना गर्न अगुवाइ गरेका थिए। समाजसेवाका क्रममा उहाँले आफ्नो सम्पत्ति खर्चेर, पारिवारिक कठिनाइ बेहोर्दै पनि गरिब तथा वञ्चित समुदायका बालबालिकामा शिक्षा अधिकारको उज्याला फैलाउन महत्वपूर्ण योगदान गर्नुभएको थियो।
उहाँकै त्याग र योगदानको कदरस्वरूप तादी गाउँपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ८ मा उनका योगदान र जीवन संघर्षसम्बन्धी पाठ समेत समावेश गरिएको छ। यसले आगामी पुस्तालाई समाज हितका कामतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट

0

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट
तादी–१२, नुवाकोट, २०८२ पुष १२ ।
तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आज भब्य रुपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष  सोनाम तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष  सन्तमान तामाङ प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष   सन्जु प्याकुरेल विशेष अतिथि तथा प्र.प्र.अ  तेजेन्द्र गौतम, वडा अध्यक्ष   अश्मिन कुमार पाण्डे, बरिष्ठ विद्यालय निरीक्षक    सन्तोष खनाल, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, कर्मचारीहरू, सुरक्षाकर्मी, समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको उद्घोषणा श्री दीपकप्रसाद सिटौलाले गर्नुभएको थियो।
तीन दिनसम्म (२०७२/०९/१० देखि २०७२/०९/१२) सञ्चालन भएको प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, १००, २००, ४०० र ८०० मिटर दौड, १×४०० मिटर रिले, ज्याभलिन थ्रो, सटपुट, हाईजम्प, लङ्जम्प, ट्रिपल जम्पलगायतका एथलेटिक्स खेलहरू समावेश गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने छात्र तथा छात्रा खेलाडीहरूलाई पदक प्रदान गरिएको थियो भने भलिबल तथा एथलेटिक्सतर्फ उत्कृष्ट हुने विद्यालयहरूलाई ट्रफी प्रदान गरिएको थियो।
यस वर्षको राष्ट्रपति रनिङ शिल्ड अमर ज्योति माध्यमिक प्राविधिक विद्यालय ले सर्वाधिक अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। सुन्दरा माध्यमिक विद्यालय,तादी–४द्वितीय सुन्दरादेवी माध्यमिक विद्यालय
तृतीय स्थानमा रहन सफल भएका छन्।
सहभागी सम्पूर्ण विद्यालय, प्रशिक्षक तथा विद्यार्थीहरूलाई शुभकामना र बधाई दिँदै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।

नुवाकोटमा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

0


नुवाकोट, २०८२ पौष १२ — दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्व. गणेश पण्डितको पूर्णकद शालिक अनावरण कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङले स्व. पण्डितको समाजप्रेम, शिक्षा प्रतिको समर्पण र सकारात्मक परिवर्तनका लागि गरेको संघर्ष नेपाली समाजका लागि प्रेरणा भएको बताउनुभयो। उहाँले भन्नुभयो ।समाजका लागि समर्पितव्यक्तित्वहरूको सम्झना भावी पुस्ताका लागि ऊर्जा हो। गणेश पण्डितज्यूको योगदान सदैव जिवन्त रहनेछ।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमार्फत स्व. पण्डितको व्यक्तित्व र योगदानको स्मरण गर्दै स्थानीय विकासमा समुदायको सहभागिता झनै बढ्दै गएको जनाइएको छ।दुप्चेश्वर गाउँपालिकाका प्रतिनिधिहरूले स्मृति पार्कको संरक्षण र व्यवस्थापनका लागि निरन्तर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

नागिनी थान कप अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिता माघ ४ देखि सुरु हुने नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७ ए साइड» फुटबल प्रतियोगिता तथा लोहसार कार्यक्रम हुने भएको छ । क्लबले नुवाकोटको विभिन्न स्थानीय तह तथा छिमेकी जिल्लाकासहित सहभागी टिमहरुबीच प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबका अध्यक्षको अनुसार प्रतियोगिताका लागि टिम दर्ता मिति माघ ३ गतेसम्म खुला गरिएको छ । खेल उद्घाटन माघ ४ गते नागिनी थान खेल मैदानमा हुनेछ भने खेल समापन तथा बृहत् लोहसार सांस्कृतिक कार्यक्रम माघ ९ गते सम्पन्न हुने जनाइएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र गोलकिपर आदिलाई पनि ट्रफी तथा प्रमाण–पत्रद्वारा सम्मानित गरिने क्लबले जानकारी दिएको छ । क्लबले सहभागी टिमलाई खेल शुल्क, खेल मैदान व्यवस्थापन, खेलाडी संलग्नता र प्रतियोगिता सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी पूरा गरिरहेको जनाएको छ । खेलसँगै विविध सांस्कृतिक प्रस्तुति तथा स्थानीय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रम मनोरञ्जनात्मक हुने आयोजकको विश्वास छ । यसैगरी, सहभागी क्लब/संस्था/विद्यालयहरूले माघ ३ गतेसम्म दिउँसो ९ बजेभित्र टाइशीट फारम भर्नुपर्ने र खेल नियमअनुसार ७ ए साइडमा अतिरिक्त ८ सहित खेलाडी संख्या १३ जना रहने जनाइएको छ । क्लबका पदाधिकारीहरूले नुवाकोट र वरपरका जिल्लामा खेलकुदको प्रवद्र्धन, युवामा सकारात्मक सोच विकास तथा सामाजिक सद्भाव मजबुत बनाउन प्रतियोगिता महत्वपूर्ण हुने बताएका छन् ।

0


नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७ ए साइड» फुटबल प्रतियोगिता तथा लोहसार कार्यक्रम हुने भएको छ । क्लबले नुवाकोटको विभिन्न स्थानीय तह तथा छिमेकी जिल्लाकासहित सहभागी टिमहरुबीच प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्षको अनुसार प्रतियोगिताका लागि टिम दर्ता मिति माघ ३ गतेसम्म खुला गरिएको छ । खेल उद्घाटन माघ ४ गते नागिनी थान खेल मैदानमा हुनेछ भने खेल समापन तथा बृहत् लोहसार सांस्कृतिक कार्यक्रम माघ ९ गते सम्पन्न हुने जनाइएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र गोलकिपर आदिलाई पनि ट्रफी तथा प्रमाण–पत्रद्वारा सम्मानित गरिने क्लबले जानकारी दिएको छ ।
क्लबले सहभागी टिमलाई खेल शुल्क, खेल मैदान व्यवस्थापन, खेलाडी संलग्नता र प्रतियोगिता सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी पूरा गरिरहेको जनाएको छ । खेलसँगै विविध सांस्कृतिक प्रस्तुति तथा स्थानीय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रम मनोरञ्जनात्मक हुने आयोजकको विश्वास छ ।
यसैगरी, सहभागी क्लब/संस्था/विद्यालयहरूले माघ ३ गतेसम्म दिउँसो ९ बजेभित्र टाइशीट फारम भर्नुपर्ने र खेल नियमअनुसार ७ ए साइडमा अतिरिक्त ८ सहित खेलाडी संख्या १३ जना रहने जनाइएको छ ।
क्लबका पदाधिकारीहरूले नुवाकोट र वरपरका जिल्लामा खेलकुदको प्रवद्र्धन, युवामा सकारात्मक सोच विकास तथा सामाजिक सद्भाव मजबुत बनाउन प्रतियोगिता महत्वपूर्ण हुने बताएका छन् ।

कल्याणकारी राज्य निर्माणमा नागरिक सचेतना अपरिहार्य : अधिवक्ता भण्डारी

0


काठमाडौं । अधिवक्ता रामेश्वर भण्डारीले कल्याणकारी राज्य निर्माणका लागि नागरिकहरूको सक्रिय भूमिका र सचेतना अपरिहार्य रहेको बताएका छन्।
उनका अनुसार संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन र सामाजिक न्यायको स्थापना नागरिक स्वयं सचेत र जिम्मेवार बनेर अघि बढ्दा मात्रै सम्भव हुन्छ ।
“कल्याणकारी राज्य सचेत नेपाली नागरिक बनाउने अभियानमा छौँ,” भण्डारीले भने, “नागरिकले आफ्नो हकहितका विषयमा अवगत भएर राज्यसँग प्रतिवेदन गर्न सक्नुपर्छ, तब सुशासन र समानता कायम हुन्छ ।”
अधिवक्ता भण्डारीले समावेशी नीतिको प्रभावकारी कार्यान्वयन, पारदर्शी शासन तथा सार्वजनिक सेवा वितरणमा सुधारले नागरिकलाई राज्यप्रति भरोसा बढाउने उल्लेख गरे।
उनले कानुनी शिक्षाको विस्तार, अधिकारबारे जनस्तरमा जागरण र युवालाई नीति निर्माणमा सहभागी गराउनेजस्ता पहललाई अबको आवश्यक एजेन्डा बताउँदै सबै नागरिकले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे।

नेकपा धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा मजदुर नेता जगत ब सिम्खडा सहित समानुपातिक र राष्ट्रिय सभातर्फ २६ जनाको नाम सिफारिस

0

धादिङ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ले आगामी निर्वाचनका लागि उम्मेदवार आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।

क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फ गरी कुल २६ जनाको नाम सिफारिस गरेको हो। बैठक इन्दिरा ढुङ्गानाको अध्यक्षतामा तथा नेकपा केन्द्रीय नेता राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ जगत बहादुर सिम्खडा , रामबहादुर भण्डारी, पुष्प विक्रम मल्ल, अञ्जन थापा ‘कुमार’, नवराज गौली, अनिल रिजाल, , सरला धमला र शिशिर तामाङको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ इन्दिरा ढुङ्गाना, सरला धमला, लीलामणि न्यौपानेसहित १५ जनाको नाम सिफारिस गरिएको छ। त्यसैगरी राष्ट्रिय सभातर्फ विष्णु पुकार श्रेष्ठ, गुरु प्रसाद बुर्लाकोटी, मोहनबहादुर कार्की र रामप्रसाद सापकोटा (कमल) को नाम सिफारिस गरिएको छ।

क्षेत्रीय समितिले पार्टीको मापदण्ड, समावेशिता तथा राजनीतिक योगदानका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको जनाएको छ।

तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ एमफिल डिग्रीसहित दिक्षित

0


काठमाडौं । ५१औँ त्रिभुवन विश्वविद्यालय दीक्षान्त समारोहबाट तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ समाजशास्त्र विषयमा एमफिल डिग्री प्राप्त गर्दै दिक्षित हुनुभएको छ।
शैक्षिक रूपमा उच्च सफलता हाँसिल गर्दै अग्रसर नेतृका रूपमा पहिचान बनाउँदै आएकी उपाध्यक्ष श्रेष्ठको यो उपलब्धिले स्थानीय शासन र सेवा प्रवाहमा थप गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।
दीक्षान्त समारोहमा विभिन्न संकाय तथा तहका हजारौं विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको थियो। उपाध्यक्ष श्रेष्ठले एमफिल अध्ययनमार्फत समाज परिवर्तन, स्थानीय शासन र सामुदायिक विकाससम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएकी थिइन्।
तादी गाउँपालिका परिवारले उपाध्यक्ष श्रेष्ठलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेको छ।

तत्कालको समाचार

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...

छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...

नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...