तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट
तादी–१२, नुवाकोट, २०८२ पुष १२ ।
तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आज भब्य रुपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष सोनाम तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल विशेष अतिथि तथा प्र.प्र.अ तेजेन्द्र गौतम, वडा अध्यक्ष अश्मिन कुमार पाण्डे, बरिष्ठ विद्यालय निरीक्षक सन्तोष खनाल, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, कर्मचारीहरू, सुरक्षाकर्मी, समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको उद्घोषणा श्री दीपकप्रसाद सिटौलाले गर्नुभएको थियो।
तीन दिनसम्म (२०७२/०९/१० देखि २०७२/०९/१२) सञ्चालन भएको प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, १००, २००, ४०० र ८०० मिटर दौड, १×४०० मिटर रिले, ज्याभलिन थ्रो, सटपुट, हाईजम्प, लङ्जम्प, ट्रिपल जम्पलगायतका एथलेटिक्स खेलहरू समावेश गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने छात्र तथा छात्रा खेलाडीहरूलाई पदक प्रदान गरिएको थियो भने भलिबल तथा एथलेटिक्सतर्फ उत्कृष्ट हुने विद्यालयहरूलाई ट्रफी प्रदान गरिएको थियो।
यस वर्षको राष्ट्रपति रनिङ शिल्ड अमर ज्योति माध्यमिक प्राविधिक विद्यालय ले सर्वाधिक अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। सुन्दरा माध्यमिक विद्यालय,तादी–४द्वितीय सुन्दरादेवी माध्यमिक विद्यालय
तृतीय स्थानमा रहन सफल भएका छन्।
सहभागी सम्पूर्ण विद्यालय, प्रशिक्षक तथा विद्यार्थीहरूलाई शुभकामना र बधाई दिँदै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।
तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट
नुवाकोटमा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

नुवाकोट, २०८२ पौष १२ — दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्व. गणेश पण्डितको पूर्णकद शालिक अनावरण कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङले स्व. पण्डितको समाजप्रेम, शिक्षा प्रतिको
समर्पण र सकारात्मक परिवर्तनका लागि गरेको संघर्ष नेपाली समाजका लागि प्रेरणा भएको बताउनुभयो। उहाँले भन्नुभयो ।समाजका लागि समर्पितव्यक्तित्वहरूको सम्झना भावी पुस्ताका लागि ऊर्जा हो। गणेश पण्डितज्यूको योगदान सदैव जिवन्त रहनेछ।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमार्फत स्व. पण्डितको व्यक्तित्व र योगदानको स्मरण गर्दै स्थानीय विकासमा समुदायको सहभागिता झनै बढ्दै गएको जनाइएको छ।
दुप्चेश्वर गाउँपालिकाका प्रतिनिधिहरूले स्मृति पार्कको संरक्षण र व्यवस्थापनका लागि निरन्तर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नागिनी थान कप अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिता माघ ४ देखि सुरु हुने नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७ ए साइड» फुटबल प्रतियोगिता तथा लोहसार कार्यक्रम हुने भएको छ । क्लबले नुवाकोटको विभिन्न स्थानीय तह तथा छिमेकी जिल्लाकासहित सहभागी टिमहरुबीच प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबका अध्यक्षको अनुसार प्रतियोगिताका लागि टिम दर्ता मिति माघ ३ गतेसम्म खुला गरिएको छ । खेल उद्घाटन माघ ४ गते नागिनी थान खेल मैदानमा हुनेछ भने खेल समापन तथा बृहत् लोहसार सांस्कृतिक कार्यक्रम माघ ९ गते सम्पन्न हुने जनाइएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र गोलकिपर आदिलाई पनि ट्रफी तथा प्रमाण–पत्रद्वारा सम्मानित गरिने क्लबले जानकारी दिएको छ । क्लबले सहभागी टिमलाई खेल शुल्क, खेल मैदान व्यवस्थापन, खेलाडी संलग्नता र प्रतियोगिता सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी पूरा गरिरहेको जनाएको छ । खेलसँगै विविध सांस्कृतिक प्रस्तुति तथा स्थानीय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रम मनोरञ्जनात्मक हुने आयोजकको विश्वास छ । यसैगरी, सहभागी क्लब/संस्था/विद्यालयहरूले माघ ३ गतेसम्म दिउँसो ९ बजेभित्र टाइशीट फारम भर्नुपर्ने र खेल नियमअनुसार ७ ए साइडमा अतिरिक्त ८ सहित खेलाडी संख्या १३ जना रहने जनाइएको छ । क्लबका पदाधिकारीहरूले नुवाकोट र वरपरका जिल्लामा खेलकुदको प्रवद्र्धन, युवामा सकारात्मक सोच विकास तथा सामाजिक सद्भाव मजबुत बनाउन प्रतियोगिता महत्वपूर्ण हुने बताएका छन् ।

नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७ ए साइड» फुटबल प्रतियोगिता तथा लोहसार कार्यक्रम हुने भएको छ । क्लबले नुवाकोटको विभिन्न स्थानीय तह तथा छिमेकी जिल्लाकासहित सहभागी टिमहरुबीच प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्षको अनुसार प्रतियोगिताका लागि टिम दर्ता मिति माघ ३ गतेसम्म खुला गरिएको छ । खेल उद्घाटन माघ ४ गते नागिनी थान खेल मैदानमा हुनेछ भने खेल समापन तथा बृहत् लोहसार सांस्कृतिक कार्यक्रम माघ ९ गते सम्पन्न हुने जनाइएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र गोलकिपर आदिलाई पनि ट्रफी तथा प्रमाण–पत्रद्वारा सम्मानित गरिने क्लबले जानकारी दिएको छ ।
क्लबले सहभागी टिमलाई खेल शुल्क, खेल मैदान व्यवस्थापन, खेलाडी संलग्नता र प्रतियोगिता सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी पूरा गरिरहेको जनाएको छ । खेलसँगै विविध सांस्कृतिक प्रस्तुति तथा स्थानीय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रम मनोरञ्जनात्मक हुने आयोजकको विश्वास छ ।
यसैगरी, सहभागी क्लब/संस्था/विद्यालयहरूले माघ ३ गतेसम्म दिउँसो ९ बजेभित्र टाइशीट फारम भर्नुपर्ने र खेल नियमअनुसार ७ ए साइडमा अतिरिक्त ८ सहित खेलाडी संख्या १३ जना रहने जनाइएको छ ।
क्लबका पदाधिकारीहरूले नुवाकोट र वरपरका जिल्लामा खेलकुदको प्रवद्र्धन, युवामा सकारात्मक सोच विकास तथा सामाजिक सद्भाव मजबुत बनाउन प्रतियोगिता महत्वपूर्ण हुने बताएका छन् ।
कल्याणकारी राज्य निर्माणमा नागरिक सचेतना अपरिहार्य : अधिवक्ता भण्डारी

काठमाडौं । अधिवक्ता रामेश्वर भण्डारीले कल्याणकारी राज्य निर्माणका लागि नागरिकहरूको सक्रिय भूमिका र सचेतना अपरिहार्य रहेको बताएका छन्।
उनका अनुसार संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन र सामाजिक न्यायको स्थापना नागरिक स्वयं सचेत र जिम्मेवार बनेर अघि बढ्दा मात्रै सम्भव हुन्छ ।
“कल्याणकारी राज्य सचेत नेपाली नागरिक बनाउने अभियानमा छौँ,” भण्डारीले भने, “नागरिकले आफ्नो हकहितका विषयमा अवगत भएर राज्यसँग प्रतिवेदन गर्न सक्नुपर्छ, तब सुशासन र समानता कायम हुन्छ ।”
अधिवक्ता भण्डारीले समावेशी नीतिको प्रभावकारी कार्यान्वयन, पारदर्शी शासन तथा सार्वजनिक सेवा वितरणमा सुधारले नागरिकलाई राज्यप्रति भरोसा बढाउने उल्लेख गरे।
उनले कानुनी शिक्षाको विस्तार, अधिकारबारे जनस्तरमा जागरण र युवालाई नीति निर्माणमा सहभागी गराउनेजस्ता पहललाई अबको आवश्यक एजेन्डा बताउँदै सबै नागरिकले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे।
नेकपा धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा मजदुर नेता जगत ब सिम्खडा सहित समानुपातिक र राष्ट्रिय सभातर्फ २६ जनाको नाम सिफारिस

धादिङ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ले आगामी निर्वाचनका लागि उम्मेदवार आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।
क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फ गरी कुल २६ जनाको नाम सिफारिस गरेको हो। बैठक इन्दिरा ढुङ्गानाको अध्यक्षतामा तथा नेकपा केन्द्रीय नेता राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ जगत बहादुर सिम्खडा , रामबहादुर भण्डारी, पुष्प विक्रम मल्ल, अञ्जन थापा ‘कुमार’, नवराज गौली, अनिल रिजाल, , सरला धमला र शिशिर तामाङको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ इन्दिरा ढुङ्गाना, सरला धमला, लीलामणि न्यौपानेसहित १५ जनाको नाम सिफारिस गरिएको छ। त्यसैगरी राष्ट्रिय सभातर्फ विष्णु पुकार श्रेष्ठ, गुरु प्रसाद बुर्लाकोटी, मोहनबहादुर कार्की र रामप्रसाद सापकोटा (कमल) को नाम सिफारिस गरिएको छ।
क्षेत्रीय समितिले पार्टीको मापदण्ड, समावेशिता तथा राजनीतिक योगदानका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको जनाएको छ।
तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ एमफिल डिग्रीसहित दिक्षित

काठमाडौं । ५१औँ त्रिभुवन विश्वविद्यालय दीक्षान्त समारोहबाट तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ समाजशास्त्र विषयमा एमफिल डिग्री प्राप्त गर्दै दिक्षित हुनुभएको छ।
शैक्षिक रूपमा उच्च सफलता हाँसिल गर्दै अग्रसर नेतृका रूपमा पहिचान बनाउँदै आएकी उपाध्यक्ष श्रेष्ठको यो उपलब्धिले स्थानीय शासन र सेवा प्रवाहमा थप गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।
दीक्षान्त समारोहमा विभिन्न संकाय तथा तहका हजारौं विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको थियो। उपाध्यक्ष श्रेष्ठले एमफिल अध्ययनमार्फत समाज परिवर्तन, स्थानीय शासन र सामुदायिक विकाससम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएकी थिइन्।
तादी गाउँपालिका परिवारले उपाध्यक्ष श्रेष्ठलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको कार्यदल बैठक सम्पन्न, उम्मेदवारको प्रस्तावित सूची सार्वजनिक

नुवाकोट — आगामी संघीय निर्वाचनलाई लक्ष्य गर्दै नेपाली कम्युनिस्ट पार्टी नुवाकोटले कार्यदल बैठक सम्पन्न गरेको छ। बैठकले नुवाकोटका दुवै संघीय निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका सम्भावित उम्मेदवारहरूको नाम प्रस्ताव गरेको छ।
संघीय निर्वाचन क्षेत्र नं. १
प्रत्यक्षतर्फ
१) क. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२) क. हितबहादुर तामाङ
समानुपातिकतर्फ
ख) क. पुष्प लामिछाने
ग) क. गमला श्रेष्ठ
घ) क. शिवबहादुर खाती
संघीय निर्वाचन क्षेत्र नं. २
प्रत्यक्षतर्फ
१) क. राजेन्द्र लोहनी
२) क. हिरानाथ खतिवडा
३) क. शुभद्रा नेपाल (महिला)
४) क. राजकुमार रेग्मी
५) क. प्रकाश रैला (जेन्जी)
समानुपातिकतर्फ
क) क. गोबिन्द नेपाली
ख) क. मिना वाइबा
ग) क. सुबास तामाङ
बैठकमा संगठन सुदृढीकरण, निर्वाचन तयारी र स्थानीय जनसमस्यालाई प्राथमिकतामा राख्दै कार्ययोजना तर्जुमा गरिएको छ। प्रस्तावित नामहरूलाई अन्तिम टुंगोमा पुर्याउन पार्टी केन्द्रमा पठाइने कुराको जानाकारी राजेन्द्र न्यौपानेले तादी मिडियालाई जानाकारी दिएका छन ।
चलचित्र अन्धपथ छायांकनमा जाँदै , मिस पवि मुख्य भुमिकामा
चलचित्र अन्धपथको छायांकन हुने भएको छ । रामकाजी घिमिरेको लेखन तथा निर्देशन रहने यस चलचित्रमा रामजी लम्साल र पानसरा कुमारी थापाको लगानी रहेनछ । निर्देशक रामकाजी घिमिरेका अनुसार चलचित्रले नेपालीहरुको अमेरिका जाने जाने चाहना ,ढिलो चाडो धेरै रकम कमाउने इच्छा अनि उतै स्थायी बसोबास गर्ने मनस्थितिलाई उठान गर्न खोजेको छ ।
यस चलचित्रमा संगीत अर्जुन प्रसाद पोखरेलको रहनेछ भने छायांकनमा रामशरण उप्रेतीको हुनेछ । चलचित्र अन्धपथमा अतिथि भूमिकामा महानायक राजेश हमालले पनि अभिनय गर्दैछन् । चलचित्रमा कलाकारहरू सन्जीत भण्डारी , मिस पवि, समिता गिरी , सुनिल थापा, शुभाष गजुरेल, उत्तम केसी . , रवि डंगोल, तारा शर्मा , निरोज खुलाल (अटल ) , अञ्जु हमाल , पानसरा थापा ,जयराम सापकोटा, सरु बराल , अशोक बहादुर शाही ,दिपेश बहादुर शाही कुशलराज न्यौपाने, रामबहादुर लम्साल , भेगबहादुर पहरी ,खगेन्द्र थापा आदीको अभिनय रहनेछ ।
चलचित्रको छायांकन कर्णाली भेगको दैलेख अछाम, रुकुम पुर्व, काठमाण्डौ ,भारतको गोवा, अमेरिकाको क्यालीफोनिया आदि ठाउँमा हुने निर्देशक घिमिरेले जानकारी दिए ।
चलचित्रको छायांकन यहि हप्ताबाट सुरुवात हुनेछ । दोस्रो फेजको छायांकन काठमाण्डौ आसपासमा हुनेछ भने माघ पछि चलचित्र दैलेख र रुकुम पुर्वमा छायांकन हुनेछ । फागुन, भारत गोवा र अमेरिका अन्धपथको छायांकन हुने निर्माण पक्षले जानकारी दियो ।मुख्य भुमिकामा मिस पवि
निर्माण पक्षले दिएको जानकारी अनुसार कलाकार मिस पवि यस चलचित्रमा मुख्य भुमिकामा देखा पर्दैछिन । हालै उनी चलचित्रमा अनुबन्धित भएकी हुन । केही समय अगाडि एक चलचित्रमा मिस पविले एक संवाद बोल्दा धेरै टेक लिएको समाचार आएको थियो । तर अभिनय क्षेत्रमा गुरु भनेर चिनिएका निर्देशक रामकाजी घिमिरेले यस चलचित्रमा मिस पविलाइ मुख्य भुमिकामा लिएपछि चलचित्र वृत्तमा बेग्लै तंरङ्ग आएको छ । मिस पविले यस चलचित्रमा आफूलाई बेग्लै भूमिका उभ्याउदैछिन ।
नुवाकोट–१बाट हितबहादुर तामाङ प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस
नुवाकोट, । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोट संघीय निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीले पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ।
सो निर्णय पार्टीभित्र आवश्यक छलफल र प्रक्रियागत तयारीपछि गरिएको पार्टी स्रोतले जनाएको छ। विकास, समृद्धि र जनजीविकामा संघीय संसदमार्फत सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा तामाङलाई पुनः उम्मेदवार सिफारिस गरिएको बताइन्छ।
तामाङ विगतदेखि नै नुवाकोट जिल्लाको सहरी तथा ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा अग्रसर नेता मानिँदै आएका छन्।
पार्टीले अब सिफारिस सूचीलाई केन्द्रमा पठाई औपचारिक रूपमा उम्मेदवार टुंगो गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी रसुवाले उम्मेदवार सिफारिसमा कलकार नवीन घिमिरे पनि परेका छन ।

बुधबार कालिका गाउँपालिका–२ कालिकास्थानमा सम्पन्न पार्टीसम्बद्ध दलहरूको प्रदेश कमिटीका नेताहरूको बैठक तथा भेलाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो नेता नवीन घिमिरेले जानकारी दिए ।सिफारिसमा पर्नेमा प्रत्यक्षतर्फ कल्पना शर्मा, माधव लामिछाने, मेघनाथ घिमिरे, शिव लामिछाने, अर्जुन पौडेल, अर्जुन अगस्ती, कृष्ण न्यौपाने, नविन घिमिरे र बेन्जामिन तामाङ लगायतको नाम सिफारिस गरिएको हो ।यसैगरी समानुपातिकतर्फ साङ्तेम्पा तामाङ, हरि तामाङ, गणेश बिक, शिला मगर, पासाङ थोक्रा र अर्चना लामाको नाम सिफारिस गरिएको छ। राष्ट्रिय सभातर्फ भगवती न्यौपाने र मनबिर कामीको नाम सिफारिस गरिएको घिमिरेले बताए ।














