
काठमाडौं । ५१औँ त्रिभुवन विश्वविद्यालय दीक्षान्त समारोहबाट तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ समाजशास्त्र विषयमा एमफिल डिग्री प्राप्त गर्दै दिक्षित हुनुभएको छ।
शैक्षिक रूपमा उच्च सफलता हाँसिल गर्दै अग्रसर नेतृका रूपमा पहिचान बनाउँदै आएकी उपाध्यक्ष श्रेष्ठको यो उपलब्धिले स्थानीय शासन र सेवा प्रवाहमा थप गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।
दीक्षान्त समारोहमा विभिन्न संकाय तथा तहका हजारौं विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको थियो। उपाध्यक्ष श्रेष्ठले एमफिल अध्ययनमार्फत समाज परिवर्तन, स्थानीय शासन र सामुदायिक विकाससम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएकी थिइन्।
तादी गाउँपालिका परिवारले उपाध्यक्ष श्रेष्ठलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेको छ।










