संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शिक्षालाई गुणात्मक,प्रविधियुक्त र उत्पादनमुलक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नुवाकोटको बागेश्वरी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई बिहिवार सम्बोधन गर्दै मन्त्री तामाङले विद्यालय तथा विश्वविद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान सरकार शिक्षा क्षेत्रको सुधार गर्दै शिक्षालाई गुणात्मक, प्रविधियुक्त र उत्पादनमुलक बनाउन लागिपरेको बताउनु भएको हो ।
त्यसको लागि आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमासमेत सरकारले सबैभन्दा धेरै बजेट शिक्षा मन्त्रालयमा नै छुट्याएको उहाँको भनाई छ ।मन्त्री तामाङले शैक्षिक बेरोजगारी अन्त्य गर्न बिद्यालय र अन्य माध्यमबाट प्राविधिक शिक्षा दिने प्रकृयाको सुरुवात भएको पनि बताउनु भयो । सोचेअनुरुप शिक्षालाई बैज्ञानिक, ब्यावहारिक, उत्पादनमुलक, रोजगारमुलक बनाउन नसकेको धाराणा राख्दै उहाँले भन्नुभयो, “नेपालको शिक्षा नीति अपेक्षा गरेअनुरुप छैन, बेरोजगार उत्पादन गर्ने काम गरिरहेको छ ।
नाको रुपमा सिमित नरहने स्पष्ठ पार्दै मन्त्री तामाङले अगाडि थप्नुभयो, “मुलुकमा संघियताको अभ्यास र सुरुवात भएको छ, विशेष गरेर नयाँ संविधानको घोषणासँगै कार्यान्वयनको प्रकृया अगाडि बढेपछि शिक्षा क्षेत्रमा सुधार गर्दै लगानी बढाउने र वेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयलाई सिमित नबनाई शिक्षा पुरागरेर बाहिर निस्कदा योग्यता अनुरुपको रोजगारी प्राप्त गर्न सक्ने, उत्पानमुलक क्षेत्रमा कामको अवसर प्राप्त गर्ने खालको हुनुपर्छ भनेर नै प्राविधिक शिक्षा दिने प्रकृया सुरुगरिएको हो ।”लक्ष्य अनुरुप पर्याप्त मात्रामा उक्त प्रकृया लागु गर्न नसकिएको भएपनि सरकारले क्रमश पहल गरिरहेको पनि उहाँले बताउनु भयो । बागेश्वरी माध्यमिक विद्यालयमा पनि बिद्यार्थिहरुलाई प्राविधिक शिक्षा प्रदान गरिरहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।







ज्यूको विशिष्ट आथित्यता ,विशेष अथितिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यू,उपाध्यक्ष श्री सन्जु प्याकुरेल श्रेष्ठ ज्यू,जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख श्री शान्तिराज कोईराला ज्यू,प्रहरी उपरिक्षक श्री खड्क बहादुर खत्री ज्यू,तादी गाउँपालिका प्र.प्र.अ श्री नन्द लाल शर्मा ज्यू, ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख श्री सुरज बानियज्यू, अथितिहरु तादी गाउँपालिकाका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकाका कर्मचारीज्यूहरु,नागरीक समाज तथा विभिन्न संघ ,सस्था तथा पार्टीका प्रतिनिधिज्यूहरुको उल्लेख्य सहभागितामा अन्तरक्रिया तथा छलफल भएको थियो । कार्यक्रममा नागरिक समाज र तादी गाउँ पालिकाका विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले अन्तरक्रिया कार्यक्रममा समाजमा हुने अपराध लाई कसरी न्यूनीकरण गर्ने सकिन्छ भनी छलफल गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख , नुवाकोट जिल्ला प्रहरी प्रमुख लगायतले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्ने सवालमा नागरिकको ठुलो भुमिका हुनेमा जोड दिएका थिए । तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले पनि समाजमा हुने सबै प्रकारको अपराधलाई न्यूनीकरण गर्ने पालिका सधै अगाडी बढीरहेको कुरा बताउनु भएको छ । त्यसै गरि तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले हाम्रो समाज भएका हुने गरेका सामाजिक बिभेद सामाजिक अपराध महिला हिंसा जस्ता कुरालाई न्यूनीकरण गर्ने तादी गाउँपालिका र तादी गाउँपालिका न्यायीक समिति लागि परिरहेको कुरा बताउनु भएको थियो । कार्यक्रममा सहभागिता भएका नागरिक समाजका ब्यक्तित्वहरु र जनप्रतिनिधिहरुले पनि आफ्नो ठाउँबाट समाजमा हुने सबै प्रकारको अपराधलाई मुक्त गर्ने लागिपर्ने कुरा बताएका छन ।




पुर्वी रुकुमको भुमे गाउँपालिका काक्रीमा छायांकन भएको यथार्थ ग्रामीण कथाबस्तुमा निर्माण गरिएको नेपाली धाराबाहिक पारिवारिक सिरियल “भुमरी” को प्राबिधिक कार्य अन्तिम चरणमा पुगेकोछ । भुमरी यही जेष्ठ महिनाको २७ गतेदेखि साईराम पिक्चरको युटुब च्यानलमार्फत दर्शकहरुले हेर्न पाउने भुमरीका निर्देशक यज्ञजंग बि. क.(आयुस) ले जानकारी दिए ।
भएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका ४ का १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी १३ का १९ वर्षीय रोजन लामा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) तिलक भारतीका अनुसार शनिबार दिउँसो १ बजेतिर ५/६ जना युवाहरु तादी खोलामा पौडी खेल्न गएमा दुई जनाको डुबेर मृत्यु भएको हो ।दुई युवा पौडी खेल्ने क्रममा डुबेको खबर प्राप्त हुनसाथ खटिएको टोली प्रहरी टोलीले बेहोस् अवस्थामा उद्धार गरी त्रिशूली अस्पताल पुर्याइएकोमा चिकित्सकले उनीहरुलाई मृत्यु भएको घोषणा गरेको डीएसपी भारतीले बताएका छन ।
दिमागमा आउँछ तर चियाको उत्पत्ति भएको मानिने चीनको आनह्वी प्रान्तको चिया संसारभर प्रख्यात छ । यसैबिच विश्व चिया दिवसको अवसर पारेर चिनियाँ राजदूतावास, चाइना अन्तर्राष्ट्रिय सांस्कृतिक सङ्घ, आनह्वी प्रान्तको संस्कृति र पर्यटन विभाग, चाइना सांस्कृतिक केन्द्रलगायतको आयोजनामा मङ्गलबार यहाँ आयोजना गरिएको कार्यक्रममा बोल्दै चिनियाँ राजदुतले १९ औँ शताब्दीमा नेपाल भित्रिएको चिनियाँ चिया अहिले हरेक नेपालीको घरेलु पेय बन्न पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।
दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भोलिसम्म सदनको अवरोध हट्ने छ ।”

भएको छ । तारकेश्वर नगरपालिकाले हाल शेषमती शान्तिटोल शिब मन्दिर जरङ्ख नेपालटार डाडागाउ गैरिगाउ पिपलडाडा नागपोखरी जस्ता ठाउँमा प्रतिक्षालय रहेको देखिन्छ । अझ प्रतिक्षालयहरुको निर्माण गर्ने ठाउहरुको पहिचान गरिने कुरा नगरप्रमुखले बताएका छन । शहरमा हिडडुल गर्ने र घाम पानीमा आराम गर्ने सजिलो भएका कुरा नगरबासीले बताएका छन ।

