धर्मस्थली जरङखु / तारकेश्वर नगरपालिका काठमाडौ ले सडकमा हिडडुल गर्ने आम नागरिकको हितमा प्रयोग हुने गरि नगरको ठाउँ ठाउँमा प्रतिक्षालय बनाउने कार्य गरिएको छ । तारकेश्वर नगरपालिका मुख्य सडकहरू शेषमती जरङखु , नेपालटार साङला , जरङखु काभ्रेस्थली र जरङखु चिसा पानी फेदी तिनपिप्ले सडक खण्डमा बाटो हिड्ने हरुको लागि केहि समय आराम गर्ने ठाउँको पहिचान गरि प्रतिक्षालय निमार्ण गरिएको पाइन्छ । तारकेश्वर नगरपालिकाले नगरमा आबश्यक कुराहरुको पहिचान गर्दै सडकमा ब्यपार ब्यबसायलाई पनि नियन्त्रण गर्ने नगर प्रहरी गस्ती सम्म बढाएको देखिन्छ । शहरलाई राम्रो सफा अनि सुन्दर बनाउन लागि परेको कुरा नगर प्रमुख कृष्णहरि महर्जनले तादी मिडियालाई बताउनु भएको छ । तारकेश्वर नगरपालिकाले हाल शेषमती शान्तिटोल शिब मन्दिर जरङ्ख नेपालटार डाडागाउ गैरिगाउ पिपलडाडा नागपोखरी जस्ता ठाउँमा प्रतिक्षालय रहेको देखिन्छ । अझ प्रतिक्षालयहरुको निर्माण गर्ने ठाउहरुको पहिचान गरिने कुरा नगरप्रमुखले बताएका छन । शहरमा हिडडुल गर्ने र घाम पानीमा आराम गर्ने सजिलो भएका कुरा नगरबासीले बताएका छन ।

LEAVE A REPLY