काठमाडौको सामाकोखुसी देखि करिब दुईघण्टामा पुग्न सकिने नुवाकोटको रमणीय पर्यटन क्षेत्र बाघमारा बिकासबाट पछि परेको छ । नुवाकोट जिल्ला अन्तरगत तादी गाउँपालिका वडा नं. ४ (चार )को सुन्दरादेबीमा रहेको बाघमाराको बारेमा पन्चायत कालदेखि नै बाघमाराको बिकासको कुरा आएको थियो । पन्चायतकालमा सुन्दरा पन्चायतका प्रधानपन्च र बहुदल पछिका नेपाली काग्रेसका नेता द्रोण प्रसाद भण्डारीले बाघमारालाई चियाखेती र रेशमखेती गर्ने पहल गरेका थिए । उहाँ भण्डारी आफ्नो पालामा जति गरे त्यसपछि उहाँको कार्यकाल सकियो अहिले पनि उहाँको इच्छा चाहि बाघमारा बिकास होस भन्ने नै छ । २०५४ पछि सुन्दरादेबी गा.बि.स. को अध्यक्षमा गोकर्ण पाठक भएपछि उहाँले बाघमारालाई बिकास गर्ने खाका बनाउदै बाघमारामा सडक पुयाउने उदेश्यका साथ २०५५ सालमा सातबिसेबाट बाघमारा सागरकुण्ड सडकको सुरुवात गर्नु भयो । केहि बर्षसम्म सडक बनाउन उहा अध्यक्ष गोकर्ण पाठक लाग्नु भयो त्यतिबेला माओवादी जनयुद्ध भीषण भै रहेको थियो । त्यतिबेला जति काम भयो त्यतिमै सिमित रहयो । देशमा परिवर्तन आयो गा.बि.स.२०७४ पछि गाउँपालिका परिणत हुन पुग्यो । तादी गाउँपालिकाको पहिलो गाउँपालिका प्रमुख अध्यक्ष नारायण पाण्डे हुनु भयो उहाँको ५ बर्ष कार्यकालमा बाघमारा बिकासका बारेमा केहि मात्रा भएपनि बिकास भएको देखिन्छ । बाघमारामा सडक लगायत बनभोजको लागि आबश्यक स्पोर्ट्का काम भएको देखिन्छ । नारायण पाण्डेको पालामा वडा अध्यक्ष मुक्त बहादुर श्रेष्ठले पनि बाघमारा बनाउनु पर्छ भने कुरामा लाग्नुनै भएको थियो । २०७९ सालको स्थानीय निर्वाचन पछि गाउँपालिकाको अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सन्जु प्याकुरेल श्रेष्ठ आउनु भएको छ । उहाँको पहल पनि तादीको बाघमाराको बिकासमा आफ्नो आफ्नो पहल गरिरहेका छ्न । तादी ४ को अध्यक्षमा अहिले अस्मिन पाण्डे हुनुहुन्छ उहाँ त्यहि बाघमारा क्षेत्रका हुन । बाघमारा बिकास गर्ने काममा पहिलो प्राथमिकता सम्बन्धित वडा अध्यक्षको पनि हुदा वडा अध्यक्ष पनि लाग्नु पर्ने देखिन्छ । पहिलो कुरो चाहि गा.पा.को अध्यक्षको घरपनि त्यहि बाघमारामा नै भएकोले पनि बाघमारा बिकासमा प्राथमिकता साथ लाग्नुपर्ने देखिन्छ । युवा बुद्धिजीवी गा.पा.उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले पनि तादीको बिकासमा बाघमारा कोसेढुङा हुन भएकोले पहिलो प्राथमिकता आफुले राखेको कुरा तादी मिडियालाई बताउनु भएको छ । अहिले बाघमारामा जुन गतिमा बिकास हुनुपर्ने थियो त्यो हुन सकेको छैन । बाघमारा तादीको सुनको टुक्रा हो हामीले सुनको कचौरो लिएर माग्न बस्ने होइन यसलाई सहि सदुपयोग गर्ने सकियो भने गाउँपालिकाको समृद्धिमा ठुलो सहयोग पुग्ने देखिन्छ ।
Home banner news तादी गाउँपालिकाको पहिलो प्राथमिकता बाघमारा बिकासमा केन्द्रित हुनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी











