दुप्चेश्वर महादेवको जात्रा दुप्चेजात्राको तयारी पुरा : दुप्चेश्वर क्षेत्र बिकास कोष

0

दुप्चेश्वर नुवाकोट/ नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा अबस्थित दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने जात्रा( दुप्चेश्वर जात्रा ) मंसिर पुर्णिमा जात्रा यहि मंसिर२७ देखि २९ गते सम्म ३ दिन लाग्ने गर्छ । परापुर्वक कालदेखि दुप्चेश्वर मन्दिरमा जात्रा लाग्ने गरेको छ । आगामी मंसिर २७ देखि २९ गते सम्म लाग्ने दुप्चेश्वर जात्राको तयारीमा अहिले दुप्चेश्वर गाउँपालिका लागिरहेको देखिन्छ । बिगतको जस्तै जात्रालाई ब्यबस्थित गर्ने पालिकाले विभिन्न समिति बनाएर काम गरिरहेको कुरा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापाले तादी मिडियालाई बताएका छ्न । केहि बर्ष अघिदेखि गाउँपालिकाले दुप्चेश्वर क्षेत्र बिकास कोषको स्थापना गरि दुप्चेश्वर मन्दिरको आफुहरु लागि परेका कुरा पनि अध्यक्ष थापाले जानाकारी गराउनु भएका छ्न । नुवाकोट जिल्लाको महत्त्व बोकेको दुप्चेश्वर जात्रालाई ब्यबस्थित र सुरक्षीत गराउने उदेश्यका जिल्ला सुरक्षा समितिले पनि बिशेष ध्यान दिने गरेको पाइन्छ । हजारौं हजार मानिसहरु दर्शन गर्ने र मेलाभर्न दुप्चेश्वर महादेव मन्दिरमा घुइँचो लाग्ने हुँदा मेलालाई ब्यबस्थित बनाउनु पर्ने कुरा दुप्चेश्वर क्षेत्र बिकास कोषले जानाकारी गराएको छ । नुवाकोट जिल्ला लगायत देशका विभिन्न जिल्लाहरुबाट मेलाभर्न / जात्रामा उल्लेखनीय मानिसहरुको उपस्थिति रहने गर्छ । नुवाकोटको आर्थिक सामाजिक धार्मिक परम्परालाई टेवा दिदै आएको यो जात्रालाई महत्त्वपूर्ण रुपमा हेरिन्छ । दुप्चेश्वर महादेवको दर्शनले आफुले मागेको कुरा पुरा हुने र सन्तान नभएकाहरुको लागि सन्तान प्राप्तिमा बरदान प्राप्त हुने कुरामा मानिसहरु बिश्वास गर्ने गर्दछ्न । दुप्चेश्वर महादेव मन्दिरमा आफ्नो मनले मागेको कुरा भएको भन्ने धेरैनै जनमानसमा रहेको पनि पाइन्छ । यस दुप्चेश्वर जात्राको तयारीमा सबै कुरा पुरा भएकोले आम जनसमुदायलाई जात्रामा दुप्चेश्वर महादेव मन्दिर आउन दुप्चेश्वर क्षेत्र बिकास कोषले आहावन गरेको छ ।

आजभोलि भेटघाटस्थल बन्दै काठमाडौको तारकेश्वरधाम गुम्बा

0

तारकेश्वरब धाम काठमाडौ / आजभोलि काठमाडौमा चिसो बढनेक्रम जारी रहदै छ । घामताप्ने अनि साथीहरूसँग भेटघाट गर्ने थलोको रुपमा अहिले तारकेश्वर धाम ( गुम्बा ) लाई लिन सकिन्छ । तारकेश्वर धाम गुम्बामा सबै प्रकारका सबै उमेर समुहको मान्छेहरु यस स्थानमा आउने गरेका छ्न । बिशेष गरि रिटायर लाइफका ब्यक्तिहरुको ठुलो जम्मघट हुनेगरेको देखिन्छ । यस तारकेश्वर धाम गुम्बामा धार्मिक स्थल रहनुको साथै विभिन्न देबिदेवताहरुको मन्दिर रहेको छ भने एकापटी बौदधर्म मान्नेहरुको लागि गुम्बा पनि रहेको छ । यस तारकेश्वर धाम गुम्बामा कृयापुर्त्री भवन दुईवटा रहेको छ । काठमाडौको मुख्य जनघनत्व भएको स्थान नयाँ बसपार्क , गंगोबु , नेपालटार , बालाजुको सेन्टर पोइन्टमा यस तारकेश्वर धाम गुम्बालाई लिन सकिन्छ । बिशेष गरि नुवाकोट रसुवा धादिङ गोरखा जिल्ला लगायत अन्य जिल्ला र काठमाडौको उतराखण्डका मानिसहरुको उपस्थिति हुनेगरेको पाइन्छ । यस तारकेश्वरधाम गुम्बामा समय समयमा धार्मिक कार्यक्रम हुनेगरेको देखिन्छ । एकातिर समय बिताउने मानिसहरु अर्को तिर बेरोजगारीहरुको पनि यस ठाउँमा उपस्थिति हुनेगरेको छ । बाघचाल खेल्ने देखि श्लोक भजन गाउने र राजनीति कुराकानी गर्नेहरूको पनि ठुलै भिडभाड हुने गरेको पाइन्छ । साच्चिकै आजभोलि काठमाडौको तारकेश्वरधाम गुम्बा सबैको भेटघाट र छलफल गर्ने स्थानको रुपमा लिन सकिन्छ ।

तत्कालको समाचार

नेकपा (माओवादी केन्द्र )अखिल क्रान्तिकारी नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो...

नेकपा (माओवादी केन्द्र )अखिल क्रान्तिकारी नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो भेला जिल्ला भेला हाम्रो नुवाकोट काठमाडौ सम्पर्क समन्वय समिति उपाध्यक्ष क.बाशु थपलियाको अध्यक्षतामा...

अधिवक्ता रामेश्वर भण्डारी : एक संक्षिप्त जीवनवृत्त

नेपालको सामाजिक, शैक्षिक, कानुनी र सञ्चार जगतमा योगदान पु-याउँदै आएका व्यक्तित्वहरू मध्ये अधिवक्ता रामेश्वर भण्डारीको नाम विशेष रूपमा लिन सकिन्छ । उहाँ कानुनी पेशासँगै...

पन्चकन्या गाउँपालिकाका वडाहरुले काठमाडौबाट पनि सेवा प्रदान गर्दै

बालाजु गुम्बा काठमाडौ / नुवाकोट जिल्ला पन्चकन्या गाउँपालिका अन्तर्गतका वडाहरु १,२,३,४ ले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने कार्य आज मिति २०८२ भाद्र १५...