अखिल क्रान्तिकारी नुवाकोटको सत्रऔं (१७) औं जिल्ला सम्मेलन सम्पन्न

0

 बिदुर नुवाकोट / अखिल क्रान्तिकारीको( १७) सत्रऔं जिल्ला अधिवेशन आज भाद्र १५ गते शनिबार नुवाकोट जिल्लाको सदरमुकाम बिदुरमा सप्पन्न भएको छ । जिल्लाको १२ बटा स्थानीय तहका विद्यालय र कलेजबाट विद्यार्थीहरुको प्रतिनिधित्व गरि प्रतिनिधि विद्यार्थी अधिवेशनमा उपस्थिति भएका थिए । कार्यक्रममा प्रमुख अथिति नेकपा माओवादीका केन्द्रिय नेता माननीय पुर्व मन्त्री तथा संसद हित बहादुर तामाङ बिशेष अथितिहरुमा माननीय बिमला सुबेदी , माननीय राधिका तामाङ , विद्यार्थीहरुको नेता हिमाल शर्मा लगायत जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जिल्लाको शैक्षिक गुणस्तरलाई र शिक्षाको बर्तमन परिस्थितिलाई अझ सहज अनि सहजीकरण गर्न अखिल क्रान्तिकारी लाग्नुपर्ने कुरा नेताहरुले औल्याउँदै अधिवेशनको शुभकामना दिएका थिए । सम्मेलनबाट राजेन्द्र पनेरु अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष भएका छ्न । उपाध्यक्षहरु दिपेन्द्र थापा , सुरेन्द्र श्रेष्ठ र रामेश्वर वाग्ले सचिब कपिल शाह स- सचिब निराजन दहाल र कोषाध्यक्ष रोजिना तामाङ सहितको ३३ जना सदस्य जिल्ला समिति बनेको छ ।

हिमा मगरको दुई मुक्तक

0

मुक्तक १
अनायासै मन भित्र हावाहुरी चलेको छ
यसरी साँझ बिहान मजदुरी चलेको छ
यहाँ अरुको झन विश्वास गर्नु कसरी
आफ्नैबाट पिठ्युँमा छुरी चलेको छ

मुक्तक २

अनेक थरीका  मन भित्र रहर आउँछ
अकालमै जान्छ् की ज्यान डर आउँछ
दिन हुुँ  दिन उड्ने देखि गुड्ने सवारी
मेरै देशमा  दुर्घटनाका  खबर आउँछ

जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन :अध्यक्ष ‘प्रचण्ड’

0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ। शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो । सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार हो ।’

पछिल्लोपटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेकोे उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारवाही अभियान सुरु गरिएको हो ।’ चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फीरुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

‘सरकारबाट बाहिरिदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौं बरु कयौं काण्डका फाइलहरु खोलेर फर्केका छौं’– उहाँले भन्नुभयो– ‘यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं ।’ आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गराउँदै उहाँले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरुलाई उज्यालो नेपाल मन नपरेको टिप्पणी पनि गर्नुभयो ।जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको स्मरण गराउँदै उहाँले ‘हिजो जनयुद्धको दमन गर्ने बेलामा पनि दुई तिहाई थियो, तपाइँहरुले जनयुद्ध रोक्न सक्नुभयो ?’ भन्दै प्रश्न गर्नुभयो । ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुई तिहाईवालाका कारण होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे ! हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनस्र्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौं, जान्छौं ।’

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै हाराहारीमा पुर्याउने सूत्र पनि कार्यकर्ताहरुलाई सुनाउनुभयो । ‘अब हामी २०६४ को निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौं, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्यौं अब नयाँ भएर आएका छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने छौं’– उहाँले भन्नुभयो– ‘२०६४ को निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरुको देश र पार्टीप्रतिको बुझाई अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न हामी सबै लाग्ने छौं।’त्यस्तै जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले आफू देशब्यापी अभियानमा निस्कन थालेको बताउनुभयो ।

परिवर्तनको महत्वपूर्ण आधार जनयुद्धको महत्वको स्थापित गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनयुद्ध दिवसलाई राष्ट्रिय विदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौं । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं ।’पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएर गएका पार्टीहरुसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताउनुभयो । ‘तीन प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको बैठक सकिएको छ’– उहाँले भन्नुभयो– ‘पार्टी पूर्णरुपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फूटाउन सक्दैन बरु फूटेका गएका शक्तिलाई पनि केही समयभित्रै पनि एक बनाएर लगिने छ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’

बरिष्ठ वाम बिश्लेशक गणेश पण्डितको स्मृतिग्रन्थ बिमोचन कार्यक्रम सम्पन्न

0
  1. काठमाडौ / वामपन्थी आन्दोलनका अगुवा तथा शैक्षिक जागरणका अभियन्ता बरिष्ठ वाम बिष्लेशक गणेश पण्डितको स्मृतिग्रन्थ  बिमोचन प्रज्ञाभवन कमलादीमा एक भब्य कार्यक्रमको बिचमा सम्पन्न भएको छ । नुवाकोटको शैक्षिक , सामाजिक र राजनीति बिकासका लागि आफ्नो जिवनभर लाग्नु भएका स्वर्गीय गणेश पण्डितको सम्झनामा उहाको योगदानको बारेमा विभिन्न क्षेत्रमा कृयाशिल रहनुभएका र उहाँ गणेश पन्डितलाई नजिकबाट हेरिरहनु भएका ब्यक्तिहरुले शब्दको माध्यमबाट सम्झिएका छ्न । नुवाकोट जिल्लाको आर्थिक सामाजिक राजनीति र शैक्षिक क्षेत्रमा उहाँले गरेको योगदानका बारेमा आम नुवाकोट बासीहरुले प्रत्यक्ष रुपमा महसुस गरेका छन । नुवाकोटको शैक्षिक आन्दोलन र वामपन्थी आन्दोलनमा उहाँको स्थान अग्रपंक्तिमा रहदै आएको थियो  । नेपालाको राजनीति क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका गणेश पण्डित सधै नै अमर रहिरहने छ्न । उक्त कार्यक्रमको प्रमुख अथितिमा सम्माननीय पुर्व राष्ट्रपती विद्यादेबी भण्डारीको उपस्थितिमा भएको थियो । प्रमुख अथिति सम्माननीय  पुर्व राष्ट्रपती विद्यादेबी भण्डारीले वरिष्ठ वाम बिश्लेशक गणेश पण्डितको स्मृतिगन्थको विमोचन गर्दै उहाँको योगदान युगौयुग सम्म अमर रहने बताउनु भएको थियो । स्वर्गीय गणेश पण्डितबाट धेरै कुरा हामीले सिक्नुपर्ने र ब्यवहारमा उतार्नु पर्ने कुरा  बताउनु भएका  थिए । कार्यक्रममा नुवाकोटका नेताहरु माननीय अर्जुन नरसिंह केसी , माननीय बिमला सुबेदी , मालेका नेता सिपी मैलाली , कम्युनिस्ट नेता सिपी गजुरेल , पुर्व अर्थ मन्त्री प्रकाश चन्द्र लोहोनी लगायत विभिन्न दलका नेता तथा कार्यक्रमको उपस्थिति रहेको थियो । स्वर्गीय पण्डित बहुदल आएपछि नेकपा एमालेको तर्फबाट नुवाकोटको साबिक क्षेत्र२ बाट २०४८ सालमा प्रतिनिधि सभाको सदस्य संसद हुनु भएको थियो ।

तत्कालको समाचार

दुप्चेश्वर महादेवको जात्रा दुप्चेजात्राको तयारी पुरा : दुप्चेश्वर क्षेत्र बिकास कोष

दुप्चेश्वर नुवाकोट/ नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा अबस्थित दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने जात्रा( दुप्चेश्वर जात्रा ) मंसिर पुर्णिमा जात्रा यहि मंसिर२७ देखि २९ गते सम्म...

आजभोलि भेटघाटस्थल बन्दै काठमाडौको तारकेश्वरधाम गुम्बा

तारकेश्वरब धाम काठमाडौ / आजभोलि काठमाडौमा चिसो बढनेक्रम जारी रहदै छ । घामताप्ने अनि साथीहरूसँग भेटघाट गर्ने थलोको रुपमा अहिले तारकेश्वर धाम ( गुम्बा...

नेकपा एमाले नुवाकोटको निर्वाचन क्षेत्र १को (क) सचिबमा कृष्ण खतिवडा चयन

नेपाल कम्युनिस्ट पाटी ( एमाले )नुवाकोटको जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक कात्तिक ९ गते जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा र स्थायी कमिटी...