- काठमाडौ / वामपन्थी आन्दोलनका अगुवा तथा शैक्षिक जागरणका अभियन्ता बरिष्ठ वाम बिष्लेशक गणेश पण्डितको स्मृतिग्रन्थ बिमोचन प्रज्ञाभवन कमलादीमा एक भब्य कार्यक्रमको बिचमा सम्पन्न भएको छ । नुवाकोटको शैक्षिक , सामाजिक र राजनीति बिकासका लागि आफ्नो जिवनभर लाग्नु भएका स्वर्गीय गणेश पण्डितको सम्झनामा उहाको योगदानको बारेमा विभिन्न क्षेत्रमा कृयाशिल रहनुभएका र उहाँ गणेश पन्डितलाई नजिकबाट हेरिरहनु भएका ब्यक्तिहरुले शब्दको माध्यमबाट सम्झिएका छ्न । नुवाकोट जिल्लाको आर्थिक सामाजिक राजनीति र शैक्षिक क्षेत्रमा उहाँले गरेको योगदानका बारेमा आम नुवाकोट बासीहरुले प्रत्यक्ष रुपमा महसुस गरेका छन । नुवाकोटको शैक्षिक आन्दोलन र वामपन्थी आन्दोलनमा उहाँको स्थान अग्रपंक्तिमा रहदै आएको थियो । नेपालाको राजनीति क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका गणेश पण्डित सधै नै अमर रहिरहने छ्न । उक्त कार्यक्रमको प्रमुख अथितिमा सम्माननीय पुर्व राष्ट्रपती विद्यादेबी भण्डारीको उपस्थितिमा भएको थियो । प्रमुख अथिति सम्माननीय पुर्व राष्ट्रपती विद्यादेबी भण्डारीले वरिष्ठ वाम बिश्लेशक गणेश पण्डितको स्मृतिगन्थको विमोचन गर्दै उहाँको योगदान युगौयुग सम्म अमर रहने बताउनु भएको थियो । स्वर्गीय गणेश पण्डितबाट धेरै कुरा हामीले सिक्नुपर्ने र ब्यवहारमा उतार्नु पर्ने कुरा बताउनु भएका थिए । कार्यक्रममा नुवाकोटका नेताहरु माननीय अर्जुन नरसिंह केसी , माननीय बिमला सुबेदी , मालेका नेता सिपी मैलाली , कम्युनिस्ट नेता सिपी गजुरेल , पुर्व अर्थ मन्त्री प्रकाश चन्द्र लोहोनी लगायत विभिन्न दलका नेता तथा कार्यक्रमको उपस्थिति रहेको थियो । स्वर्गीय पण्डित बहुदल आएपछि नेकपा एमालेको तर्फबाट नुवाकोटको साबिक क्षेत्र२ बाट २०४८ सालमा प्रतिनिधि सभाको सदस्य संसद हुनु भएको थियो ।