बालाजु काठमाडौ / नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितीको आठौं बिस्तारित बैठक गुम्बा बालाजुस्थित अनुपमद्रार पाटीप्यालेसमा सम्पन्न भएको छ । नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको बैठकले आगामी दिनमा छिटोभन्दा छिटो समितिको सम्मेलन गर्ने कुरामा बैठक केन्द्रीकृत भएको थियो । कार्यक्रममा प्रमुख अथितिमा पुर्वमन्त्री तथा नेकप माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादव ,बिशेष अथितिहरुमा कानुन न्याय तथा मानब अधिकार समितिका सभापति तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य माननीय बिमला सुबेदी , राष्ट्रिय सभाका सदस्य माननीय श्रीकृष्ण प्रसाद अधिकारी , अथितिहरु पाटी केन्द्रीय सदस्य कमला दोङ , नुवाकोट जिल्ला पाटी  इन्चार्ज हिरानाथ खतिवडा , बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य माननीय  सरल सहयात्री , प्रदेश सभा सदस्य माननीय रामप्रसाद ढुंगाना , माओवादी युवा नेता किरण कुमार रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उक्त बैठकमा १२ बटै पालिकाबाट रिपोर्टिङ भएको थियो । नेताहरु र कार्यक्रम बिचमा केहि समय अन्तरक्रिया समेत भएको थियो । बैठकमा निकट भबिस्यमा नै सम्मेलन गर्ने र सगठन लाई चुस्त दुरुस्त बनाउन लाग्न पर्ने कुरामा जोडदिएको थियो । बैठकमा अथिति र प्रमुख अथितिले अबको माओवादीको कार्यभार प्रतिपक्षको भुमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्नुपर्ने कुरा बताएका छ्न ।अबको माओवादी कार्ययोजना भनेको सडक र सदनमा सघर्ष गर्ने कुरा बैठकमा प्रमुख अथिति नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादबले बताउनु भएका छ्न । बैठकमा १२ बटा स्थानीय तहाका सम्पर्क समन्वय समितिका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता सुदिप अधिकारीले बर्तमन समिति आयोजक समिति भएको घोषणा गर्दै यहि भाद्र महिनाको १५ गते सम्मा सम्मेलन सप्पन्न गर्नेगरी योजना बनाएको बताउनु भयो । कार्यक्रमको बिचमा नेपाली काग्रेस परित्याग गरि बिदुरका दिपक नेपाल र दुप्चेश्वरका संगिता खतिवडा नेकपा माओवादी केन्द्रमा प्रमुक अथितिको हातबाट टिका खाता लगाएर पाटी प्रबेश गरेका कुरा सम्पर्क समन्वय सचीव प्रकाश रैलाले तादी मिडियालाई बताएका छ्न ।

LEAVE A REPLY