नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौ समन्वय समितिको बैठक सम्पन्न

0

बालाजु काठमाडौ / नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितीको आठौं बिस्तारित बैठक गुम्बा बालाजुस्थित अनुपमद्रार पाटीप्यालेसमा सम्पन्न भएको छ । नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको बैठकले आगामी दिनमा छिटोभन्दा छिटो समितिको सम्मेलन गर्ने कुरामा बैठक केन्द्रीकृत भएको थियो । कार्यक्रममा प्रमुख अथितिमा पुर्वमन्त्री तथा नेकप माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादव ,बिशेष अथितिहरुमा कानुन न्याय तथा मानब अधिकार समितिका सभापति तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य माननीय बिमला सुबेदी , राष्ट्रिय सभाका सदस्य माननीय श्रीकृष्ण प्रसाद अधिकारी , अथितिहरु पाटी केन्द्रीय सदस्य कमला दोङ , नुवाकोट जिल्ला पाटी  इन्चार्ज हिरानाथ खतिवडा , बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य माननीय  सरल सहयात्री , प्रदेश सभा सदस्य माननीय रामप्रसाद ढुंगाना , माओवादी युवा नेता किरण कुमार रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उक्त बैठकमा १२ बटै पालिकाबाट रिपोर्टिङ भएको थियो । नेताहरु र कार्यक्रम बिचमा केहि समय अन्तरक्रिया समेत भएको थियो । बैठकमा निकट भबिस्यमा नै सम्मेलन गर्ने र सगठन लाई चुस्त दुरुस्त बनाउन लाग्न पर्ने कुरामा जोडदिएको थियो । बैठकमा अथिति र प्रमुख अथितिले अबको माओवादीको कार्यभार प्रतिपक्षको भुमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्नुपर्ने कुरा बताएका छ्न ।अबको माओवादी कार्ययोजना भनेको सडक र सदनमा सघर्ष गर्ने कुरा बैठकमा प्रमुख अथिति नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादबले बताउनु भएका छ्न । बैठकमा १२ बटा स्थानीय तहाका सम्पर्क समन्वय समितिका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता सुदिप अधिकारीले बर्तमन समिति आयोजक समिति भएको घोषणा गर्दै यहि भाद्र महिनाको १५ गते सम्मा सम्मेलन सप्पन्न गर्नेगरी योजना बनाएको बताउनु भयो । कार्यक्रमको बिचमा नेपाली काग्रेस परित्याग गरि बिदुरका दिपक नेपाल र दुप्चेश्वरका संगिता खतिवडा नेकपा माओवादी केन्द्रमा प्रमुक अथितिको हातबाट टिका खाता लगाएर पाटी प्रबेश गरेका कुरा सम्पर्क समन्वय सचीव प्रकाश रैलाले तादी मिडियालाई बताएका छ्न ।

नुवाकोटका नेता बहादुर सिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

0

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले  संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम सम्पन्न भएको कुरा  प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।   मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताउनुभयो ।

दुप्चेश्वर क्षेत्र बिकास कोषद्रारा श्रावण ७ गतेबाट एतिहासिक सन्ध्या आरती शुभारम्भ गरेको छ ।

0

दुप्चेश्वर नुवाकोट / नुवाकोट जिल्लाको पुर्बी क्षेत्रमा अबस्थित दुप्चेश्वर महादेवको परिसरमा २०८१ साल श्रावण ७ गते सोमबार दुप्चेश्वर क्षेत्र बिकास कोषले बिशेष आरती पुजा एतिहासिक सन्ध्या आरती शुभारम्भ गरेको छ । साच्चिकै दुप्चेश्वर महादेव काठमाडौको पशुपतिनाथको अर्को रुपमा आम भक्तजनहरुले लिन थालेका छ्न । अहिले हरेक दिन दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो नै लाग्ने गरेको देखिन्छ । स्थानीय सरकारको मातहतमा दुप्चेश्वर बिकास कोषको गठन भएअपछि दुप्चेश्वरमा एउटा छुटै प्रकारको रौनक छाएको देखिन्छ । नुहाउने धारा , सौचालय देखि चिया नास्था खाना अनि साझ बस्नको लागि समेत राम्रो होटेलहरुको उपलब्ध हालसालै भएको छ । नुवाकोट जिल्लालाई चिनाउन सफल दुप्चेश्वर महादेवको परिसरमा स्थानीय देखि प्रदेश हुदै संघीय सरकार समेतले ठुलो लगानी गरेको देखिन्छ । मागेको कुरा पुरागर्ने दुप्चेश्वर महादेवले सबै जनताको कल्याण गर्ने कुरामा आम भक्तजनहरु बिश्वस्त रहेका देखिन्छ । अहिले काठमाडौ सामाखुशी देखि दुप्चेश्वर सम्म यातायातको राम्रो सुबिधा भएको छ । इलेक्टि्रकल गाडी देखि बस सुमो समय समयमा आउने जाने हुँदा यातायातमा पनि धेरैनै सुबिधा दुप्चेश्वरमा देखिन्छ । बिशेष गरि श्रावण सोमबारमा दर्शन गर्ने धेरैनै भक्तजन आउने हुँदा दुप्चेश्वर मन्दिर परिसरमा यस बर्ष देखि आरती गर्ने लागेको  हो । एतिहासिक सन्ध्या आरतीमा विभिन्न समाजसेवी अनि भक्तजनहरुले आर्थिकरुपमा पनि सहयोग गरेका छ्न । दुप्चेश्वर क्षेत्र बिकास कोष द्वारा आयोजना गरिएको श्री दुप्चेश्वर महादेव मन्दिर तथा सुर्यमती गङ्गा ऎतिहासिकसन्ध्याआरति को पहिलो दिन तपशिल महानुभाव बाट सन्ध्या आरती ब्यबस्थापन सहयोग स्वरुप एकमुष्ट रु १६०९१५/- एक लाख साठ्ठी हजार नौ सय पन्द्र रुपैया प्राप्त भएको छ ।धार्मिक तथा समाजसेवी सुशील खड्काबाट रु. १०००००/-(एक लाख)सहयोग प्राप्त भएको छ।धार्मिक तथा समाजसेवी रोज बहादुर आचार्यबाट रु.५००००/- पचास हजार सहित पहिलो आरती ब्यबस्थापन सयोग गर्नु भएको छ।काभ्रे पनौती का बलराम कुँवरबाट रु.५२०५/- सहयोग प्राप्त भएको छ।वालिङ फुलबारी गेस्ट हाउसका यमबहादुर कुवँर बाट रु.२५००/- पच्चीस सय सहयोग गर्नु भएको छ।काठमाडौ सामाखुसीबाट पार्बती महतबाटरु.१०५५/- एक हजार पचपन्न सहयोग गर्नु भएको छ।तनहुँ ढोर्फिदीका राममाया महतबाट रु. २१५५/- दुई हजार एक सय पचपन्न सहयोग गर्नु भएको छ। उक्त कुरा दुप्चेश्वर क्षेत्र बिकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले तादी मिडियालाई जानाकारी दिनुभएको छ ।

दुप्चेश्वर क्षेत्र बिकास कोषद्रारा यहि श्रावण ७ गते बिशेष आरतीपुजा गर्दै

0

दुप्चेश्वर नुवाकोट / नुवाकोट जिल्लाको पुर्बी क्षेत्रमा अबस्थित दुप्चेश्वर महादेवको परिसरमा यहि आउदो श्रावण ७ गते सोमबार दुप्चेश्वर क्षेत्र बिकास कोषले बिशेष आरती पुजा गर्ने तयारी गरेको छ । साच्चिकै दुप्चेश्वर महादेव काठमाडौको पशुपतिनाथको अर्को रुपमा आम भक्तजनहरुले लिन थालेका छ्न । अहिले हरेक दिन दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो नै लाग्ने गरेको देखिन्छ । स्थानीय सरकारको मातहतमा दुप्चेश्वर बिकास कोषको गठन भएपछि दुप्चेश्वरमा एउटा छुटै प्रकारको रौनक छाएको देखिन्छ । नुहाउने धारा , सौचालय देखि चिया नास्था खाना अनि साझ बस्नको लागि समेत राम्रो होटेलहरुको उपलब्ध हालसालै भएको छ । नुवाकोट जिल्लालाई चिनाउन सफल दुप्चेश्वर महादेवको परिसरमा स्थानीय देखि प्रदेश हुदै संघीय सरकार समेतले ठुलो लगानी गरेको देखिन्छ । मागेको कुरा पुरागर्ने दुप्चेश्वर महादेवले सबै जनताको कल्याण गर्ने कुरामा आम भक्तजनहरु बिश्वस्त रहेका देखिन्छ । अहिले काठमाडौ सामाखुशी देखि दुप्चेश्वर सम्म यातायातको राम्रो सुबिधा भएको छ । इलेक्टि्रकल गाडी देखि बस सुमो समय समयमा आउने जाने हुँदा यातायातमा पनि धेरैनै सुबिधा दुप्चेश्वरमा देखिन्छ । बिशेष गरि श्रावण सोमबारमा दर्शन गर्ने धेरैनै भक्तजन आउने हुँदा दुप्चेश्वर मन्दिर परिसरमा साझ आरती गर्ने लागेको कुरा तादी मिडिया लाई दुप्चेश्वर क्षेत्र

बजेट कार्यन्वयनमा दत्तचित्त भएर लाग्न आग्रह गर्दै मन्त्रालयबाट बिदा हुदै मन्त्री तामाङ

0

असार ३० काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले मन्त्रालय मातहतका कर्मचारीहरुलाई यस बर्षको बजेट कार्यन्वयनमा दत्तचित्त भएर लाग्न आग्रह गर्दै मन्त्रालयबाट बिदा लिनु भएको छ ।

आइतवार मन्त्रालयमा बिदाई समारोहला संबोधन गर्दै उहाँले आफू्रले मन्त्री भएर आएपछि कुनै पनि विभागीय प्रमुख र कर्मचारीहरुको हेरफेर र विभेद नगरेको भन्दै जो सुकै नेतृत्वमा आए पनि कर्मचारीको मनोवल उच्च बनाएर काम गर्नु पर्ने आवस्यकता रहेकोमा जोड दिनु भयो ।

आफूले सचिव गणेश पाण्डेबाट ठूलो सहयोग पाएको भन्दै कुनै पनि कर्मचारी माथि भेदभावका दृष्टिले आफूले नहेरेको मन्त्री तामाङको भनाई छ ।

कतिपय कर्मचारीको अपेक्षा आफूले पूरा गर्न नसकेको भए क्षमा गर्न भन्दै चार महिना बढीको अवधिमा आफूले सबै कर्मचारीबाट सहयोग पाएको महसुस भएको उहाँले बताउनु भयो ।

आफ्नो पहलमा वायुसेवा निगमको जहाजको सम्पूर्ण मर्मत सम्बन्धि छानविन समिति बनाएको भन्दै मन्त्री तामाङले न्यारो बडी ए ३२० र ए ३३० दुई वटा जहाजको मर्मतको ढिलाईले एक अर्ब बढी घाटा भएको समितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएको पाईएकोले पछि आउने मन्त्रीले पनि नेपालको ध्वजाबाहक जहाजका बारेमा गंभीर चासो दिनु पर्नेमा जोड दिनु भयो ।

यसै गरी विमानस्थलहरुको व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने गरी अध्ययन गर्न कार्यदल बनेको र प्रतिवेदन तयार भएको भन्दै खास गरी लुम्विनीमा निर्मित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको व्यवस्थापनमा निजी क्षेत्रलाई पनि समावेश गर्न आफूले पहल लिएको उहाँले बताउनु भयो । उक्त अध्ययन कार्यदलको प्रतिवेदनको आधारमा विमानस्थल सन्चालन गर्नेबारेमा मन्त्रालय लाग्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले नेपाली जहाजहरुलाई युरोपेली आकाशमाथिको प्रतिवन्ध हटाउन विभिन्न सुधारका कामहरु अघि बढेको र त्यसलाई निष्कर्षमा पुर्याउन सबैले अग्रसरता लिनु पर्ने बताउनु भयो ।

यसै गरी लुम्विनी गुरुयोजनाको काम ८२ प्रतिशत सम्पन्न भएको भन्दै उहाँले त्यसको आर्थिक प्रगतिमा मन्त्रालयले पनि ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

मन्त्री तामाङले लुम्विनीसँग जोडिएको तिलोत्तमा, देव दह सहितका ऐतिहासिक सम्पदाहरुलाई गुरुयोजनासँग जोडेर लैजानु पर्ने आवस्यकता आफूले देखेको भन्दै विश्वभरबाट धार्मिक पर्यटक भित्र्याउने सपना पूरा गर्न सकिने बताउनु भयो ।

उहाँले समयको अभावले मन्त्रालय मातहतका विभिन्न समितिहरुको समस्या समाधान गर्न आफूले नसकेको स्वीकार गर्दै पशुपति क्षेत्र विकास कोष, लुम्विनी विकास कोष आदिलाई पनि आफूले उल्लेख्य समय दिन नसके पनि मातहतका संस्थाहरुको काम कार्बाहीमा आफूले सके सम्म चासो दिएको बताउनु भयो । तारा गाउँ विकास समितिमा देखिएको समस्या समाधानमा पनि आफुले चासो राखेपनि समय अभावका कारण काम गर्न नसकिएकोउहाँको भनाई थियो ।

मन्त्री तामाङले पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि बिहान ४ बजेदेखि बिहान ८ बजे सम्म चार वटै ढोका खोल्ने निर्णय आफूले गराएको जानकारी दिनु भयो ।

यस्तै उहाँले पशुपति क्षेत्रमा दर्शनार्थीका लागि निशुल्क प्रसादका रुपमा भोजनको व्यवस्था गर्ने विषयमा आफूले प्रतिवेदन तयार पार्न लगाए पनि त्यो कार्यन्वयन गर्न नपाएको बताउनु भयो ।

यसै गरी पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति मन्त्रीको तजविजमा यस अघि हुने गरेको भन्दै अहिले आफूले अदालतको निर्देशन अनुसार खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न सफल भएको पनि उहाँले जानकारी दिनु भयो । मन्त्री तामाङले पशुपति क्षेत्र विकास कोषको राष्ट्रिय गौरवको योजना, विश्वरुपा मन्दिर र लुम्बिनी क्षेत्र विकास कोषको राष्ट्रिय गौरवको योजनाको भुक्तानी दिलो भएको सम्बन्धमा सम्भिर समिक्षा गर्न जरुरीरहेको पनि धारणा राख्नुभयो ।

समयमा पुल निर्माण नहुदा लिखुखोलाले मान्छे बगायो

0

पन्चकन्या १ नुवाकोट /केहि दिन देखि अविरल बर्षाका कारण पानीको सतह बढ्दा नुवाकोटको लिखुखोलाले  बगाएर एकजनाको ज्यान गएको छ । पञ्चकन्या गाउँपालिका वडा नं १ आपचौरका अन्दाजी ५५ वर्षीय (टक्जर) भनिने अक्कलबहादुर राईको मृत्यु भएको हो। लिखु खोलाले बगाएको र शब झोलुङ्गे पुल निर्माणस्थल भन्दा केही तल किनारामा भेटिएको स्थानीयले बताएका छन् । स्थानीयबासीहरुको अनुसार आज बिहान लिखुखोलामा शव फेला परेको हो । आपँचौरका जनताले लामो समय देखि लिखुखोलाबाट सास्ती खादै आएका छन । प्रत्येक बर्ष लिखुमा दुर्घटना हुदै आउने गरेको छ । यसबाट स्थानीय जनतालाई सहज होस भनि बिगत ४ बर्षदेखि पञ्चकन्या र लिखु जोड्ने झोलुङ्गे पुल निर्माण हुनुपर्नेमा अझसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।२ बर्ष अगिनै निर्माण सम्पन हुनुपर्ने पुल निर्माण कम्पनीको ढिलासुस्तीले अहिले सम्मपनि आधा काम पनि सम्पन्न हुन नसकेको कुरा स्थानीयहरु बताउछन। सम्बन्धित स्थानहरुमा बारम्बार जानकारी गराउदा पनि बेवास्ता गरिएको स्थानीयहरुको गुनासो रहेको छ। तादी मिडियाले अघिल्लो साल पनि पुलको ढिलासुस्तीको बारे समाचार प्रसारण गरेको थियो । नुवाकोटका आपँचौरका जनताले बर्षातको समयमा पनि बजार आउने र खेतीपाती गर्ने आउनेबाटोमा लिखुखोला पर्ने हुदा यस भेगमा पुलको अतिनै आबश्यकता देखिन्छ ।

प्राचीन तथा ऐतिहासिक मुद्राहरु पुरातात्विक सम्पदा र राष्ट्रियतासँग सम्बन्धित बहुआयामीक महत्वको छ : मन्त्री तामाङ

0

असार २६ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री हित बहादुर तामाङले नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा पुरातात्विक सम्पदा राष्ट्रियतासँग सम्बन्धित बहुआयामिक महत्वको भएको बताउनु भएको छ ।


नेपाल मुद्रा संकलक संघद्धारा पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको सहकार्यमा आयोजित बाल संकलक लक्ष्यजीत मल्लद्धारा संकलित नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा तथा विश्व रेकर्ड होल्डर दिपेन्द्र रत्न शाक्यको १९३ मुलुकको सिक्काहरुको प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री तामाङले बुद्धकालिन देखि लिच्छवि काल, राजतन्त्रीय कालदेखि गणतन्त्र काल सम्मको मुद्रा संकलन गरेर प्रदर्शनी गर्न सफल बाल संकलकद्धयको प्रशंशा समेत गर्नु भयो ।

यो महत्वपूर्ण कार्य भएको भन्दै यस्तो कार्य बिरलै मान्छेले मात्र गर्न सक्ने मन्त्री तामाङको भनाई छ ।

देशी विदेशी सबैले अहिले सम्म छापेका मुद्राहरु संकलन उत्कृष्ट कार्य भएको चर्चा गर्दै मन्त्री तामाङले यस्ता कार्यहरुले विदेशीहरु माझ नेपालको पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न पनि मद्धत पुगेको र यस्ता कार्यक्रमहरु निरन्तर गर्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक तीन दिवसीय सेमिनार हुदै

0


काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो ।
राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्र्दभमा हुन लागेको समिनारमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यत्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासका बारेमा छलफल हुने छ । काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ जब सबै युवाहरु राष्ट्रको विकासमा संलग्न हुन्छन् । राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार  युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।
सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संधिय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ । सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

अविरल बर्षाले तादी खोलाको पानीको सतह बढदै

0

नुवाकोट / हिजो देखि अविरल रुपमा परिरहेको बर्षा कारण नुवाकोट जिल्लाका साना ठुला नदि खोला खोल्सहरुमा पानीको सतह धेरै नै बढी रहेको छ । नुवाकोट देखि काठमाडौ आउने बाटोहरुमा पनि खोल्सोहरुमा आएको बाढीले यात्रुलाई र यातायातमा पनि सहजरूपमा ओहोरदोहोर गर्न कठिनाइ भएको छ । नुवाकोटको पुर्बी भागबाट बग्ने नदि तादीमा पनि ठुलो बाढी आएको छ । तादी खोलाका नजिक भएका बस्तीमा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

तादीले बेलाबेलामा आफ्नो धार परिवर्तन गर्ने गर्दछ । पहिलो साल पनि तादी खोलामा बाढी आउदा धेरै अन्नवाली र पुलहरु अनि सडकमा समेत क्षति पुर्याउनु काम गरेको थियो । हिजो देखिको अविरल बर्षाको कारण तादी खोलाले जनताको जनधन क्षति गर्नेबाट सतर्कता अपनाउन स्थानीय सरकार अनि सरोकारवालाहरु समयमा नै लाग्नुपर्ने देखिन्छ । तादी खोलाबाट हुने खतराबाट बच्न समुदायमा सतर्कता अपनाउन जिल्ला प्रशासन र स्थानीय सरकार लाग्नुपर्छ ।

प्रधानमन्त्री प्रचण्डले संसद बाट विश्वासको मत लिने

0

नयाँ सरकार बनाउन सत्तासहकार्य गरेका कांग्रेस र एमालेमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दबाब बढाउने रणनीति लिएका छन् । प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिने मनस्थिति बनाएर नयाँ सरकार गठन प्रक्रिया कम्तीमा एक महिना पछाडि धकेल्ने रणनीति बनाएका छन् । यद्यपि, एमालेले मंगलबारसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धनको सहमति भएपछि बसेको माओवादी सचिवालय बैठकमा प्रचण्डले तत्काल राजीनामा नदिने र संसद्मा विश्वासको मत सामना गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग दुई विकल्पमा विश्वासको मत लिने संवैधानिक अधिकार छ ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकारको नेतृत्व गरिरहेका छन् । संविधानको धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ । यस धाराले दुई अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने व्यवस्था गरेको छ । ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्नेछ,’ उपधारा १ मा भनिएको छ । त्यस्तै, उपधारा २ मा दल विभाजित भएको वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राखुपर्नेछ,’ उपधारा २ मा छ ।

यस आधारमा बहुमत जुटाउन नसके नयाँ सरकार गठनका लागि बाटो खुल्छ । यसबाहेक प्रतिनिधिसभाका एकचौथाइ सांसदले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन् । तर, प्रधानमन्त्री बनेको दुई वर्षसम्म र एकपटक प्रस्ताव असफल भएमा एक वर्षसम्म अविश्वासको प्रस्ताव लान पाइँदैन । यही एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले कांग्रेस र एमालेमाथि दबाब बनाउन खोजेका हुन् । प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उपयोग गर्ने रणनीति बनाएको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।

‘प्रधानमन्त्रीले पछिल्ला राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभयो । आफूले राजीनामा नदिने, बरु विश्वासको मत लिने धारणा राख्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, विश्वासको मत लिने प्रधानमन्त्रीले धारणा बनाउनुभएको छ ।’ओलीले धोकाको राजनीति गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ‘उहाँ (ओलीजी) ले सोमबार मात्रै केही हुँदैन, स्वर्ग नर्क जहाँ गए पनि सँगै जाउँला भन्नुभएको थियो । तर, आज एक्लै स्वर्ग जानुभएछ,’ बैठकमा प्रचण्डको बिफ्रिङ थियो, ‘उहाँले धोकाको राजनीति गर्नुभयो ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

तत्कालको समाचार

दुप्चेश्वर महादेवको जात्रा दुप्चेजात्राको तयारी पुरा : दुप्चेश्वर क्षेत्र बिकास कोष

दुप्चेश्वर नुवाकोट/ नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा अबस्थित दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने जात्रा( दुप्चेश्वर जात्रा ) मंसिर पुर्णिमा जात्रा यहि मंसिर२७ देखि २९ गते सम्म...

आजभोलि भेटघाटस्थल बन्दै काठमाडौको तारकेश्वरधाम गुम्बा

तारकेश्वरब धाम काठमाडौ / आजभोलि काठमाडौमा चिसो बढनेक्रम जारी रहदै छ । घामताप्ने अनि साथीहरूसँग भेटघाट गर्ने थलोको रुपमा अहिले तारकेश्वर धाम ( गुम्बा...

नेकपा एमाले नुवाकोटको निर्वाचन क्षेत्र १को (क) सचिबमा कृष्ण खतिवडा चयन

नेपाल कम्युनिस्ट पाटी ( एमाले )नुवाकोटको जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक कात्तिक ९ गते जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा र स्थायी कमिटी...