दुप्चेश्वर नुवाकोट / नुवाकोट जिल्लाको पुर्बी क्षेत्रमा अबस्थित दुप्चेश्वर महादेवको परिसरमा यहि आउदो श्रावण ७ गते सोमबार दुप्चेश्वर क्षेत्र बिकास कोषले बिशेष आरती पुजा गर्ने तयारी गरेको छ । साच्चिकै दुप्चेश्वर महादेव काठमाडौको पशुपतिनाथको अर्को रुपमा आम भक्तजनहरुले लिन थालेका छ्न । अहिले हरेक दिन दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो नै लाग्ने गरेको देखिन्छ । स्थानीय सरकारको मातहतमा दुप्चेश्वर बिकास कोषको गठन भएपछि दुप्चेश्वरमा एउटा छुटै प्रकारको रौनक छाएको देखिन्छ । नुहाउने धारा , सौचालय देखि चिया नास्था खाना अनि साझ बस्नको लागि समेत राम्रो होटेलहरुको उपलब्ध हालसालै भएको छ । नुवाकोट जिल्लालाई चिनाउन सफल दुप्चेश्वर महादेवको परिसरमा स्थानीय देखि प्रदेश हुदै संघीय सरकार समेतले ठुलो लगानी गरेको देखिन्छ । मागेको कुरा पुरागर्ने दुप्चेश्वर महादेवले सबै जनताको कल्याण गर्ने कुरामा आम भक्तजनहरु बिश्वस्त रहेका देखिन्छ । अहिले काठमाडौ सामाखुशी देखि दुप्चेश्वर सम्म यातायातको राम्रो सुबिधा भएको छ । इलेक्टि्रकल गाडी देखि बस सुमो समय समयमा आउने जाने हुँदा यातायातमा पनि धेरैनै सुबिधा दुप्चेश्वरमा देखिन्छ । बिशेष गरि श्रावण सोमबारमा दर्शन गर्ने धेरैनै भक्तजन आउने हुँदा दुप्चेश्वर मन्दिर परिसरमा साझ आरती गर्ने लागेको कुरा तादी मिडिया लाई दुप्चेश्वर क्षेत्र बिकास कोषले जानाकारी दिएको छ ।