दुप्चेश्वर नुवाकोट / नुवाकोट जिल्लाको पुर्बी क्षेत्रमा अबस्थित दुप्चेश्वर महादेवको परिसरमा २०८१ साल श्रावण ७ गते सोमबार दुप्चेश्वर क्षेत्र बिकास कोषले बिशेष आरती पुजा एतिहासिक सन्ध्या आरती शुभारम्भ गरेको छ । साच्चिकै दुप्चेश्वर महादेव काठमाडौको पशुपतिनाथको अर्को रुपमा आम भक्तजनहरुले लिन थालेका छ्न । अहिले हरेक दिन दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो नै लाग्ने गरेको देखिन्छ । स्थानीय सरकारको मातहतमा दुप्चेश्वर बिकास कोषको गठन भएअपछि दुप्चेश्वरमा एउटा छुटै प्रकारको रौनक छाएको देखिन्छ । नुहाउने धारा , सौचालय देखि चिया नास्था खाना अनि साझ बस्नको लागि समेत राम्रो होटेलहरुको उपलब्ध हालसालै भएको छ । नुवाकोट जिल्लालाई चिनाउन सफल दुप्चेश्वर महादेवको परिसरमा स्थानीय देखि प्रदेश हुदै संघीय सरकार समेतले ठुलो लगानी गरेको देखिन्छ । मागेको कुरा पुरागर्ने दुप्चेश्वर महादेवले सबै जनताको कल्याण गर्ने कुरामा आम भक्तजनहरु बिश्वस्त रहेका देखिन्छ । अहिले काठमाडौ सामाखुशी देखि दुप्चेश्वर सम्म यातायातको राम्रो सुबिधा भएको छ । इलेक्टि्रकल गाडी देखि बस सुमो समय समयमा आउने जाने हुँदा यातायातमा पनि धेरैनै सुबिधा दुप्चेश्वरमा देखिन्छ । बिशेष गरि श्रावण सोमबारमा दर्शन गर्ने धेरैनै भक्तजन आउने हुँदा दुप्चेश्वर मन्दिर परिसरमा यस बर्ष देखि आरती गर्ने लागेको  हो । एतिहासिक सन्ध्या आरतीमा विभिन्न समाजसेवी अनि भक्तजनहरुले आर्थिकरुपमा पनि सहयोग गरेका छ्न । दुप्चेश्वर क्षेत्र बिकास कोष द्वारा आयोजना गरिएको श्री दुप्चेश्वर महादेव मन्दिर तथा सुर्यमती गङ्गा ऎतिहासिकसन्ध्याआरति को पहिलो दिन तपशिल महानुभाव बाट सन्ध्या आरती ब्यबस्थापन सहयोग स्वरुप एकमुष्ट रु १६०९१५/- एक लाख साठ्ठी हजार नौ सय पन्द्र रुपैया प्राप्त भएको छ ।धार्मिक तथा समाजसेवी सुशील खड्काबाट रु. १०००००/-(एक लाख)सहयोग प्राप्त भएको छ।धार्मिक तथा समाजसेवी रोज बहादुर आचार्यबाट रु.५००००/- पचास हजार सहित पहिलो आरती ब्यबस्थापन सयोग गर्नु भएको छ।काभ्रे पनौती का बलराम कुँवरबाट रु.५२०५/- सहयोग प्राप्त भएको छ।वालिङ फुलबारी गेस्ट हाउसका यमबहादुर कुवँर बाट रु.२५००/- पच्चीस सय सहयोग गर्नु भएको छ।काठमाडौ सामाखुसीबाट पार्बती महतबाटरु.१०५५/- एक हजार पचपन्न सहयोग गर्नु भएको छ।तनहुँ ढोर्फिदीका राममाया महतबाट रु. २१५५/- दुई हजार एक सय पचपन्न सहयोग गर्नु भएको छ। उक्त कुरा दुप्चेश्वर क्षेत्र बिकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले तादी मिडियालाई जानाकारी दिनुभएको छ ।

LEAVE A REPLY