देश निर्माण युवा समाज नेपालद्वारा आयोजित २०८२ सालको भित्तेपात्रो विमोचन, वितरण तथा शुभकामना आदानप्रदान

0

नयाँ बर्ष २०८२ सालले हजुरहरूको जीवनमा नयाँ सोच , नयाँ जोश , नयाँ प्रगति , नयाँ सपना , नयाँ आयाम ,सकारात्मकता र सफलता ल्याओस । नयाँ बर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना भन्ने भावनाका साथ देश निर्माण युवा समाज नेपालद्वारा आयोजित २०८२ सालको भित्तेपात्रो विमोचन, वितरण तथा शुभकामना आदानप्रदान साथै गजलकार शिशिर बुढाथोकीको एकल गजल वाचन कार्यक्रम ललितपुरको कुपोन्डोलस्थित कुपोन्डोल ब्याङ्क्वेटमा आज सपन्न भएको छ ।
खेमबहादुर बुढाथोकी ( शिशिर )को अध्यक्षतामा संचालित उक्त कार्यक्रममा पूर्व डेपुटी गभर्नर तथा समालोचक पुष्पराज राजकर्णिकार प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमका सभापति ज्वागल विकास समितिका अध्यक्ष तथा देश निर्माण युवा समाज नेपालका सल्लाहकार राजेश अमात्य रहेका थिए ।
मन्तव्य राख्ने क्रममा देश निर्माण युवा समाज नेपालका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथोकी शिशिरले हाम्रो कला , संस्कृति र हाम्रो परम्परा हाम्रो पहिचान भएकोले यसलाई जसरी पनि जोगाउनुपर्ने र भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएर आफ्नो धारणा राखेका थिए ।
यसैगरी प्रमुख अतिथि पुष्पराज राजकर्णिकारले मन्तव्य राख्दै भने- °सकारात्मक सोचसहित हामी अगाडि बढ्नुपर्छ । देश निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । युवाहरुले नै हाम्रो कला ,संस्कृति र परम्परालाई जोगाई राख्नसक्छन् । ´ उनले देश निर्माण युवा समाजले गरेको हरेक कार्यलाई उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन समेत गरे । यस्तै शारीरिक / मानसिक स्वास्थलाई महत्त्वपूर्ण मान्दै यसलाई निरन्तर ख्याल गर्नुपर्ने , आहार विहारमा ध्यान दिनुपर्ने , नियमित ध्यान गर्नुपर्नेमा उनले सहभागीलाई सचेत समेत गराएका थिए ।
विभिन्न साहित्यकार तथा विभिन्न व्यक्तित्वहरूले आफ्नो रचना वाचन गरेका थिए साहित्यकार तथा पत्रकार रसुवाली कविको पनि आफ्नो सन्देशमूलक कविता वाचन गरेर सबैको मन जितेका थिए ।
कार्यक्रममा अन्य अतिथिहरुले नयाँ बर्षको शुभकामनासहित देश निर्माण युवा समाज नेपालले गरेका सकारात्मक सहभागीमुलक कामहरूको प्रसंसा गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा गजलकार शिशिर बुढाथोकीले आफ्ना आधा दर्जनभन्दा बढी गजल वाचन गर्दा कुपोन्डोल ब्याङ्क्वेटको हलमा तालीको गढगढावट सुनिएको थियोे । कार्यक्रम संचालन विवेक थापामगरले गरेका थिए ।
कार्यक्रमको अन्तिममा क्यालेन्डर विमोचन भएको थियो र सभापतिले कार्यक्रम विसर्जन गरेका थिए ।

टेलिशृङ्खला हाम्रो सम्बन्ध निर्माण हालै सम्पन्न भएकोभएको छ

0

नेपाल ग्रीनतारा फाउन्डेसनले तादी गाउँपलिकाको शिक्षा र स्वास्थ्यमा योगदान दिदै आएको छ : उपाध्यक्ष सन्जु प्याकुरेल

0


खरानीटार नुवाकोट / तादी गाउँपालिकामा बिगत १२/१५ बर्षदेखि नेपाल ग्रीनतारा फाउन्डेसनले बिशेष गरि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको थियो । बिगत १ बर्ष देखि स्वास्थ्य क्षेत्रमा पनि तादी गाउँपालिकाको आग्रहमा तादीको विकट क्षेत्र तादी १ उर्लेनीमा सुबिधा सप्पन्न स्वास्थ्य चौकी बनाउने गरि काम थालेको छ । उक्त निर्माणधिन स्वास्थ्य चौकीको अनुगमन तथा निरिक्षण तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल हालै गर्नुभएको छ । नेपाल ग्रीनतारा फाउन्डेसनले तादीको ग्रामीण क्षेत्रमा गरेको योगदानको कदर पालिका र तादीका नागरिक गर्नुपर्ने कुरा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले बताउनु भएको छ । नेपाल ग्रीनतारा फाउन्डेसनले तादीका विद्यालयहरुमा भौतिक र शैक्षिक सामाग्रीमा सहयोग पुर्याउने कार्य गर्दै आएको छ। तादी ४ सुन्दरादेबीमा सुन्दरा मा.बि. डुग्रने , काउले प्रा.बि. , भग्रेरी प्रा.बि. र तादी २ चिलाउने प्रा. बि. लगायतका विद्यालयहरुमा समेत भौतिक तथा शैक्षिक कुरामा सहयोग पुर्याउने काम गरेको छ । पछिल्लो पटक नेपाल ग्रीनतारा फाउन्डेसनले स्वास्थ्य क्षेत्रमा काम गर्ने उदेश्यका साथ तादी गाउँपालिका वडा १ उर्लेनीमा स्वास्थ्यचौकीको भौतिक संरचनाको निर्माण तथा स्वास्थ्य सामाग्रीको सहयोग गरेकोमा पालिकाको तर्फबाट नेपाल ग्रीनतारा फाउन्डेसनलाई धन्यवाद दिएको कुरा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले तादी मिडियालाई बताउनु भएको छ ।

तत्कालको समाचार

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...

छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...

नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...