नयाँ बर्ष २०८२ सालले हजुरहरूको जीवनमा नयाँ सोच , नयाँ जोश , नयाँ प्रगति , नयाँ सपना , नयाँ आयाम ,सकारात्मकता र सफलता ल्याओस । नयाँ बर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना भन्ने भावनाका साथ देश निर्माण युवा समाज नेपालद्वारा आयोजित २०८२ सालको भित्तेपात्रो विमोचन, वितरण तथा शुभकामना आदानप्रदान साथै गजलकार शिशिर बुढाथोकीको एकल गजल वाचन कार्यक्रम ललितपुरको कुपोन्डोलस्थित कुपोन्डोल ब्याङ्क्वेटमा आज सपन्न भएको छ ।
खेमबहादुर बुढाथोकी ( शिशिर )को अध्यक्षतामा संचालित उक्त कार्यक्रममा पूर्व डेपुटी गभर्नर तथा समालोचक पुष्पराज राजकर्णिकार प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमका सभापति ज्वागल विकास समितिका अध्यक्ष तथा देश निर्माण युवा समाज नेपालका सल्लाहकार राजेश अमात्य रहेका थिए ।
मन्तव्य राख्ने क्रममा देश निर्माण युवा समाज नेपालका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथोकी शिशिरले हाम्रो कला , संस्कृति र हाम्रो परम्परा हाम्रो पहिचान भएकोले यसलाई जसरी पनि जोगाउनुपर्ने र भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएर आफ्नो धारणा राखेका थिए ।
यसैगरी प्रमुख अतिथि पुष्पराज राजकर्णिकारले मन्तव्य राख्दै भने- °सकारात्मक सोचसहित हामी अगाडि बढ्नुपर्छ । देश निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । युवाहरुले नै हाम्रो कला ,संस्कृति र परम्परालाई जोगाई राख्नसक्छन् । ´ उनले देश निर्माण युवा समाजले गरेको हरेक कार्यलाई उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन समेत गरे । यस्तै शारीरिक / मानसिक स्वास्थलाई महत्त्वपूर्ण मान्दै यसलाई निरन्तर ख्याल गर्नुपर्ने , आहार विहारमा ध्यान दिनुपर्ने , नियमित ध्यान गर्नुपर्नेमा उनले सहभागीलाई सचेत समेत गराएका थिए ।
विभिन्न साहित्यकार तथा विभिन्न व्यक्तित्वहरूले आफ्नो रचना वाचन गरेका थिए साहित्यकार तथा पत्रकार रसुवाली कविको पनि आफ्नो सन्देशमूलक कविता वाचन गरेर सबैको मन जितेका थिए ।
कार्यक्रममा अन्य अतिथिहरुले नयाँ बर्षको शुभकामनासहित देश निर्माण युवा समाज नेपालले गरेका सकारात्मक सहभागीमुलक कामहरूको प्रसंसा गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा गजलकार शिशिर बुढाथोकीले आफ्ना आधा दर्जनभन्दा बढी गजल वाचन गर्दा कुपोन्डोल ब्याङ्क्वेटको हलमा तालीको गढगढावट सुनिएको थियोे । कार्यक्रम संचालन विवेक थापामगरले गरेका थिए ।
कार्यक्रमको अन्तिममा क्यालेन्डर विमोचन भएको थियो र सभापतिले कार्यक्रम विसर्जन गरेका थिए ।
Home banner news देश निर्माण युवा समाज नेपालद्वारा आयोजित २०८२ सालको भित्तेपात्रो विमोचन, वितरण तथा...