खरानीटार नुवाकोट /तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेलले जनताको सेवामा नेतृत्वको साथ भन्ने उदेश्य साथ तादी वडा नं. १ र २ मा घरदैलो सेवा कार्यक्रम सुरु गर्नु भएको छ । तादी गाउँपालिकाको उपाध्यक्ष तथा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता समन्वय समितिको संयोजकको हैसियतले उहाँले यो कार्यक्रम लक्षित समुदायमा लगेका कुरा बताउनु भएका छ्न । तादी गाँउपालिकाको उपाध्यक्ष नेतृत्वको टोलीले टोलबासी , वडाबासी , गाउँका नागरिकहरूसम्म सेवा पुर्याउने उद्देश्यले घरदैलो सेवा अभियान सञ्चालन गरेको कुरा जानाकारी गराएका छ्न ।
समाजका हरेक वर्ग– विशेषगरी महिलाहरू, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका समस्या, आवश्यकता र अवस्था बुझी तिनको समाधानमा राज्यको पहुँच पुगोस् भन्ने अभिप्रायले यो अभियान सुरु गरिएको छ ।
यस अभियानमा तादी गाउँपालिकाका उपाध्यक्षको साथमा इलाका प्रहरी कार्यालय, तादीबाट इन्सपेक्टर जयन्ती थापा, महिला हिंसा न्यूनीकरण तथा सुरक्षाका पक्षमा सशक्त भूमिका निर्वाह गर्दै,
खरानीटार अस्पतालबाट डाक्टर प्रिती खनाल , घरमै स्वास्थ्य परीक्षण तथा परामर्शमार्फत नागरिकको स्वास्थ्यप्रति उत्तरदायी भई सेवा दिनु भएको छ ।
महिला तथा बालबालिका शाखाबाट लाल माया तामाङ,नीतिगत तथा आवश्यक सेवाको समन्वयमा योगदान दिनु भएको थियो ।
हामीले स्थानीय समुदायका घरघर पुगेर स्वास्थ्य सेवा, हिंसा न्यूनीकरणका उपाय, बालबालिका र महिलाका अधिकार, अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध सेवाहरू बारे प्रत्यक्ष संवाद गर्यौं। यसमार्फत जनताले आफू सुरक्षित, सुनेको र राज्यसँग जोडिएको अनुभूति गर्न पाएका छन् भन्ने कुरा तादी मिडियालाई उपाध्यक्षले बताउनु भएको छ ।
यस अभियानले सेवा मात्रै होइन, राज्य र जनताको सम्बन्धलाई अझै बलियो बनाउने कार्य गरेको छ। जनप्रतिनिधिको भूमिकालाई सेवामा समर्पण, पहुँचमा सशक्तता, र न्यायमा निष्पक्षताको दृष्टिकोणबाट प्रस्तुत गर्न हामी निरन्तर सक्रिय रहने कुरा उपाध्यक्षले बताएका छन ।गाउँमै सेवा, घरदैलोमै सरकार” भन्ने भावनालाई मूर्त रूप दिन गरिएको यो प्रयास आगामी दिनमा अझ फराकिलो र प्रभावकारी बनाइनेछ।सशक्त नेतृत्व, समर्पित टोली र सचेत समुदाय , यही हो समृद्ध तादीको आधार भन्ने मुल उदेश्य रहेको छ ।