कालिका गाउँपालिकासँग सिबिआर परियोजनाले सहकार्य गरेको तालीम २०८१ चैत १२ देखि चैत २२ सम्म चलेको थियो ।सामाजिक बिकाश शसक्तिकरण कार्यक्रम बागमती प्रदेशसँग सहकार्यमा सिपमुलक तालीम चैत २३ बाट २०८२ बैशाख १३ गतेसम्म चलेको थियो । यस तालीममा अपांग भएका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेकोे थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा थिए । यस्तै अतिथिहरु वडा अध्यक्ष एव कानुनी स्राेत ब्यक्ति फणीन्द्र प्रसाद न्याैपाने एसिया फाउन्डेसनका निर्देशक नबराज आचार्य आदीले मन्तव्य र शुभकामना दिएका थिए ।
कालिका गापा र आरडिआरसीको सहकार्यमा अपांगता ग्राम निर्माण परियाेजना निर्माणकाे लागि लेखाजोखा केन्द्र स्थापना गर्ने निर्णयका साथ सस्थाका अध्यक्ष गाेरमेन तामाङकाे अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा स्राेत शिक्षक बिष्णु आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
रसुवा जिल्लामा रहेका पाँच वटा गाउँपालिकाकाबाट कुल एक्काइस जना सहभागी रहेकोे यस कार्यक्रममा सिबिआरको आधारभुत तालिम , सुचना प्रबिधि ,कृषि र पर्यटन ,नेतृत्व विकास , ब्यवसाय तालिम , उद्घाेषण कला , कलाकारिता नृत्य वाध्यवादन लेखापढी , विमा ,सहकारीता प्रस्तावना लेखन , माला बुनाइ ढक्की वुनाइ ,काेदाे सङ्कलन र काेदाे र फापर करुकाे सर्वाेतम पिठाे , ताेरीकाे तेल , तथा सामुदायमा अाधारित कृषि उपज केन्द्र स्थापना र अपांगता भएको ब्यक्तिका बाझाे जग्गामा कफी कागती खेती फलफूल राेपण अभियान आदि बिसयमा छलफल भएको थियो ।
फरक क्षमता भएका ब्यक्तिहरुलाइ लक्षित गरेर शसक्तिकरण कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिए ।
सामाजिक बिकाश शाखा र बागमती प्रदेश कार्यालयवाट अनुगमन भइ 12 गते समापन तालिममा धेरैले सिपमुलक सीप सिकेका थिए । यस कार्यक्रमवाट उत्पादित सामाग्री प्रदर्शनी तथा कार्यक्रमकाे समीक्षा र याेजना तर्जुमा कार्यशाला बैशाख 29 गते प्रमुख अतिथि महिला बालबालिका मन्त्रीकाे उपस्थिति र सामाजिक बिकास शाखाकाे सहभागितामा कार्यक्रम सम्पन्न हुने निर्यय पनि भएको थियो ।
कार्यक्रमको आयाेजना रसुवा अपांग पुनःस्थापन केन्द्र , rdrc Nepal ले गरेको थियो ।