नेपाल कम्युनिस्ट पाटी ( एमाले )नुवाकोटको जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक कात्तिक ९ गते जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा र स्थायी कमिटी सदस्य एंव बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त महत्वपूर्ण पुर्ण बैठकले नेपाल कम्युनिस्ट पाटी ( एमाले) नुवाकोट जिल्ला सघिय निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) को सचिवमा युवा नेता कृष्ण खतिवडा र संयोजकमा श्याम लामालाई चयन गरेको छ । त्यसैगरी नेपाल कम्युनिस्ट पाटी (एमाले ) नुवाकोट जिल्ला संघीय निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटीको अध्यक्षमा शुशिल कुमार खड्का र उक्त कमिटीको सचीवमा नबराज अधिकारीलाई बैठकले चयन गरेको छ ।
नेकपा एमाले नुवाकोटको निर्वाचन क्षेत्र १को (क) सचिबमा कृष्ण खतिवडा चयन
अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने:अध्यक्ष क.प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताउनुभयो ।
माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताउनुभयो । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’
सचेत नागरिक अभियान नेपालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बालाजु काठमाडौं / सचेत नागरिक अभियान नेपाल आयोजना र तादी मिडिया , नुवाकोट काठमाडौ सरोकार समाज , नेशनल इमेज न्युज र नगर बिकास मिडियाको , सहकार्यमा आज संयुक्त रुपमा चियापान कार्यक्रमको आयोजना गरेको छ। बिजया दशमी , शुभ दिपावली , छठ, पर्वको नेपाल सम्वतको, अवसरमा सचेत नागरिक अभियान नेपाल र नगर बिकास मिडियाले संयुक्त रुपमा चियापान कार्यक्रमको शुभकामना आदन प्रदान गरेको हो।दिउँसो १ बजे देखि २ बजेसम्म तारकेश्वोर नगरपालिका गुम्बा (अनुपमद्वार नजिक ) शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको थियो।कार्यक्रममा विभिन्न राजनीतिक, दलका नेता, कानुन व्यवसायी, कलाकार, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार लगायतका महानुभाव एवं शुभेच्छुकको सहभागिता रहेको थियो ।सो कार्यक्रममा बोल्दै सचेत नागरिक अभियानका अध्यक्ष एवम् चर्चित अधिवक्ता रामेश्वरभण्डा्रीले अहिले समाजमा भएको हरेक कुरामा सचेत
हुनुपर्ने बेला आएको र सरकारका तिनतहकाले मुलकको बिकास अनि समृद्धिमा लाग्नुपर्ने जस्ता कुरा बताउदै सबैमा शुभकामना व्यक्त गर्नुभयो ।
अन्तरास्ट्रिय नुवाकोट समाजको कार्यक्रम सम्पन्न
अन्तरास्ट्रिय नुवाकोट समाज द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आउँदै गरेको बडा दसैं तथा दिपावलि को अवसरमा आयोजना गरेको जुम शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको सस्थाले जनाएको छ ।
सस्थाका अध्यक्ष ईन्द्र सिटौला का अनुसार कार्यक्रम मा नुवाकोट बाट बिभिन्न ठाउमा पुगेका नुवाकोटे हरुको उपस्थिती रहेको थियो । उनले नेपाली हरुको महान चाड दसैं ‘ दिपावलि नेपाल सम्वत र छठ को पावन अवसरमा एक आपसी सुमधुर सम्वन्ध र सदभाव का लागि यो कार्यक्रम आयोजना गरिएको जनाएका छन ।
कार्यक्रम मा शुभकामना आदान प्रदान का साथै नुवाकोट र नेपालको वर्तमान अवस्था र प्रबासी नुवाकोटे हरुले खेल्नुपर्ने भूमिका का बिषय मा समेत छलफल भएको थियो । कार्यक्रम मा सस्थाका अध्यक्ष ले सस्था स्थापना को लक्ष्य र आगामी योजना का साथै अहिले सम्म भएका प्रगती हरुको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
कार्यक्रम को प्रमुख अतिथी प्रोफेसर डा राम शरण पाठक हुनु भएको थियो । वहाँले नुवाकोटे हरुको अन्तरास्ट्रिय स्तरको यो सस्था स्थापना भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा सस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रम मा ग्लोबल महिला सन्जाल लसएन्जल्स कि अध्यक्ष सपना सेढाई ‘ सल्लाहकार बिष्णु मान प्रधान लगायत सल्लाहकार समिती र कार्यसमिती का सदस्य हरुले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रम को अध्यक्षता ईन्द्र सिटौला , कार्यक्रम सन्चालन महासचिब सन्जिब उप्रेती , स्वागत मन्तब्य सचीब सुस्मिता पाठक ले दिनु भएको थियो ।
तादी गाउँपालिकाले सार्बजनिक सुनुवाइ कार्यक्रम सप्पन्न गरेको छ ।
खरानीटार, नुवाकोट / तादी गाउँपालिकाले आफ्नो गाउँपालिकामा भएको सरोकारको बिषयमा सार्बजनिक सुनुवाइ कार्यक्रम खरानीटारमा सम्पन्न गरेको छ । गाउँपालिका अन्तरगत स्थानीय तहको सुशासन , अभिबृद्धि,सामाजिक, सामाजिक न्यायको उत्तरदायित्व,पारदर्शिता एवं जवाफदेहिताको लागि आम सरोकारका विषय,गुनासो सनुवाई,सुझाव संकलनको मुल उदेश्यको लागि राखि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।तादी गाउँपालिकाको आयोजनामा तादी गाँउपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षता साथै उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा,सम्पूर्ण वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,तादी गाउँपालिका विभिन्न शाखाका कर्मचारीहरु,नागरिक समाज,विभिन्न राजनितिकदलका प्रतिनिधिहरु,संघ संस्थाका प्रतिनिधिहरु,तादी वासी आमाबुवा दाजुभाई दिदिबहिनीहरुको उल्लेख्य सहभागितामा सहभागीहरुबाट आम रुपमा उठान भएका जनसरोकारका विषय ,आएका सुझावहरु तथा प्रश्नहरु सम्बन्धमा प्रत्यक्ष रुपमा अध्यक्षज्यू,प्रमुख प्रशाकसीय अधिकृतज्यूले जवाफ तथा सवालका विविध विषयका सन्दर्भमा आवश्यक स्पष्टता, प्रतिवद्धता व्यक्त भई हाल सम्म तादी गाउँपालिकाबाट भएका कार्य प्रगति विवरण सार्वजनिकरण गरिएको थियो । उक्त कार्यक्रममा सहगागीहरुबाट आएको प्रश्न र सुझावबाट गाउँपालिको बिकासमा टेवा पुर्याउने र स्थानीय सरकारले आफ्नो रोडम्याप बनाउन सहयोग पुग्ने कुरा मा अध्यक्ष , उपाध्यक्ष र कार्यकारी अधिकृतले प्रतिबद्धता व्यक्त गरे ।
दशै लक्षित बजार अनुगमन गर्दै तादी गाउँपालिका
खरानीटार, नुवाकोट / तादी गाउँपालिकाले २०८१ सालको महानचाड दशै तिहार लक्षित बजार अनुगमन शुरु गरेको छ । बजार ब्यबस्था तथा उपभोक्ता हित संरक्षण समितिको संयोजक एवं तादी गाउँपालिकाको उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठको नेतृत्वमा खाध्य निरक्षण बिभागका २ जना बिज्ञ, जिल्ला प्रशासन कार्यालय नुवाकोटका कर्मचारी ,इलाका
प्रशासनका कर्मचारी, इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरीको टिम सहित पालिका स्तरीय बजार अनुगम गरिएको छ । तादी गाउँपालिकाको मुख्य बजारहरु खरानीटार बजार , सातबिसे बजार , बाहुनबेशी बजारको बिक्री केन्द्र लगायतका ठाउँहरुमा पुगेर बजार अनुगमन भएको हो । अनुगमनको क्रममा समानको मुल्य , उत्पादन मिति, म्याद सकिने मिति , अधिकतम मुल्य जस्ता कुरामा ध्यान दिएको कुरा उपाध्यक्ष सन्जु प्याकुरेलले बताएका छन । अनुगमनका क्रममा उपाध्यक्षको नेतृत्वमा दुई टिम समुह परिचालन भएको थियो। अनुगमनको क्रममा सम्बन्धित ठाउँका वडा अध्यक्षहरुको पनि सहभागीता रहेको थियो । उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिने हामीले खाध्य लगायत सबै प्रकारको सामानमा अभियानको रुपमा नै अनुगमन गर्ने लक्ष्य राखेको बताउनु भएका छ्न । विशेष गरि मासुपसल , फलफूलको पसल , दुधडेरी, गोदाम लगायत चिजमा पनि अनुगमन गर्ने कुरा बताउनु भएको छ । यो पहिलो पटक भएकोले अनुगमनमा सल्लाह सुझाव दिनुभएको छ आगामी दिनमा गलती भेटिएमा पाउपालिकाले कानुनी नियम अनुसार कार्बाहि गर्ने , ब्यबसायीहरु सबैलाई पसल लगायत ब्यबसाय दर्ता गर्न पनि आग्रह गर्नुभएको छ । सबै ब्यबसायीहरुमा र गाउँपालिका नागरिकमा बजार सम्बन्धित सचेतनाको लागि यो कार्यक्रम लागुभएको हो हामीले पहिला सचेत गराउने र यसलाई सहि ढंगबाट बजार नियम अनुसार संचालन नगरेमा कार्बाहि समेत गर्ने सक्ने कुरा बताउनु भएको थियो ।