खरानीटार, नुवाकोट / तादी गाउँपालिकाले २०८१ सालको महानचाड दशै तिहार लक्षित बजार अनुगमन शुरु गरेको छ । बजार ब्यबस्था तथा उपभोक्ता हित संरक्षण समितिको संयोजक एवं तादी गाउँपालिकाको उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठको नेतृत्वमा खाध्य निरक्षण बिभागका २ जना बिज्ञ, जिल्ला प्रशासन कार्यालय नुवाकोटका कर्मचारी ,इलाका


प्रशासनका कर्मचारी, इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरीको टिम सहित पालिका स्तरीय बजार अनुगम गरिएको छ । तादी गाउँपालिकाको मुख्य बजारहरु खरानीटार बजार , सातबिसे बजार , बाहुनबेशी बजारको बिक्री केन्द्र लगायतका ठाउँहरुमा पुगेर बजार अनुगमन भएको हो । अनुगमनको क्रममा समानको मुल्य , उत्पादन मिति, म्याद सकिने मिति , अधिकतम मुल्य जस्ता कुरामा ध्यान दिएको कुरा उपाध्यक्ष सन्जु प्याकुरेलले बताएका छन । अनुगमनका क्रममा उपाध्यक्षको नेतृत्वमा दुई टिम समुह परिचालन भएको थियो। अनुगमनको क्रममा सम्बन्धित ठाउँका वडा अध्यक्षहरुको पनि सहभागीता रहेको थियो । उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिने हामीले खाध्य लगायत सबै प्रकारको सामानमा अभियानको रुपमा नै अनुगमन गर्ने लक्ष्य राखेको बताउनु भएका छ्न । विशेष गरि मासुपसल , फलफूलको पसल , दुधडेरी, गोदाम लगायत चिजमा पनि अनुगमन गर्ने कुरा बताउनु भएको छ । यो पहिलो पटक भएकोले अनुगमनमा सल्लाह सुझाव दिनुभएको छ आगामी दिनमा गलती भेटिएमा पाउपालिकाले कानुनी नियम अनुसार कार्बाहि गर्ने , ब्यबसायीहरु सबैलाई पसल लगायत ब्यबसाय दर्ता गर्न पनि आग्रह गर्नुभएको छ । सबै ब्यबसायीहरुमा र गाउँपालिका नागरिकमा बजार सम्बन्धित सचेतनाको लागि यो कार्यक्रम लागुभएको हो हामीले पहिला सचेत गराउने र यसलाई सहि ढंगबाट बजार नियम अनुसार संचालन नगरेमा कार्बाहि समेत गर्ने सक्ने कुरा बताउनु भएको थियो ।

LEAVE A REPLY