तादी गाउँपालिका द्रारा साइबर अपराध सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ ।

0


खरानीटार नुवाकोट / तादी गाउँपालिकाले अहिले भएको साइबर प्रबिधिले समाजमा पारेको असर को सम्बन्धमा विद्यार्थी लक्षित कार्यक्रम खरानीटारको अमर ज्योति माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । सावधानी अपनाऔं ,साईबर अपराधबाट बचौं “भन्ने मुल नारा सहित तादी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा तादी गाउँपालिकाको मुख्य शैक्षिक संस्था अमर ज्योति माध्यामिक विद्यालयमा आयोजना गरेको थियो । कार्यक्रममा तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङ उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ ,अमर ज्योति प्राविधिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारी, इलाका प्रहरी कार्यालयका बरिष्ट सई श्री दीपेन्द्र प्रसाद जैसवाल स.हल्दार बल बहादुर थापा तथा कार्यक्रम प्रशिक्षक तादी गाउँपालिका सूचना प्रविधि अधिकृत पुरुषोतम वाग्लेको उपस्थितिमा साइबर अपराध (Cyber Crime)सम्बन्धी सचेतना कार्यक्रम अमर ज्योति प्राविधिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाई बहिनीहरुको सहभागितामा सम्पन्न भएको थियो ।

किराँत राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बाट नुवाकोटका बालकृष्ण राई केन्द्रिय अनुशासन बिभागको सचिब केन्द्रिय सदस्यमा राजु राई निर्वाचित

0

किराँत राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बाट नुवाकोटका बालकृष्ण राई केन्द्रिय अनुशासन बिभागको सचिब र  केन्द्रिय सदस्यमा राजु राई निर्वाचित भएका छन ।  किराँती राष्ट्रिय मुक्ति माेर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति माेर्चा काे २०८२ बैशाख २८,२९ काे राष्ट्रिय सम्मेलन धरानबाट निर्वाचित द्वय बालकृष्ण राई र राजु राई नुवाकोट जिल्ला किराँत राई मुक्ति मोर्चाबाट प्रतिनिधित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष क. पुष्प कमल दाहाल प्रचण्डले धरानमा उदघाटन गर्नु भएको थियो । नेपालको परिवर्तनमा किराँत राई मुक्ति मोर्चाले ठुलो योगदान अनि बलिदान गरेको कुरा बताउनु भएको थियो ।

थर्ड आई लिमिटेडले लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने तयारी गरेको छ।

0

——
नेपाली कला, संस्कृति , भाषा साहित्य र चलचित्र उद्योगलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित थर्ड आई लिमिटेडले लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने तयारी गरेको छ।

संस्थाका अध्यक्ष विकास देवकोटाका अनुसार, यो महोत्सव नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा टेवा पुग्ने ऐतिहासिक अवसर हुनेछ। हाम्रो नेपाली समाज, संस्कृति र मुलुकको कथा बोकेका चलचित्रहरु लन्डनमा प्रस्तुत गर्दैछौं ।
देवकोटाले बताए, “यसले नेपाली चलचित्र उद्योगको विकास र बिस्तार मात्र होइन, नेपाली भाषा र सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

महोत्सवको अर्को उद्देश्य प्रवासी नेपाली समुदायलाई समकालीन नेपाली चलचित्रहरुको प्रवृत्ति, विषयवस्तु र प्रस्तुतीकरणको शैलीबारे अवगत गराउनु हो। साथै, नयाँ दृष्टिकोण बोकेका चलचित्रहरूमार्फत अन्तर्राष्ट्रिय दर्शकसम्म नेपाली चलचित्रको पहुँच विस्तार गर्ने उद्देश्य लिइएको छ।

महोत्सवमा सहभागी हुन चाहने चलचित्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्नेछ, अथवा नेपाली वा अङ्ग्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्नेछ। हालसम्म विश्वभरबाट ३९८ वटा आवेदन प्राप्त भइसकेका छन्। तीमध्ये जुरी(निर्णायकहरु) ले १० उत्कृष्ट चलचित्रहरू छनोट गर्नेछ, जसमा ३ वटा नेपालमै निर्माण भएका चलचित्रहरू हुनेछन्। चयन गरिएका चलचित्रहरू युकेका विभिन्न सहरहरूमा र विभिन्न डिजिटल प्लेटफर्महरूमा समेत प्रदर्शन गरिनेछ।

समापन समारोहमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। नेपाली चलचित्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मानपत्र प्रदान गरिनेछ। सहभागी चलचित्रकर्मीहरूमा सन्तोष पन्त, विपना थापा, दिनेश डिसी, धिरेन साक्य, मोहन निरौला, रविन्द्र खड्का, निति शाह, सुवानि मोक्तान, एलिस कार्की, सुवास भुसाल, प्रताप दास, आश्मा विश्वकर्मा र राजेश बर्देवा लगायतका विशिष्ट व्यक्तित्वहरू रहेका छन्। समारोह १८ मे शुभारम्भ भइ –३१ मे गते समापन हुनेछ ।

“यो महोत्सव केवल आजको उत्सव होइन,” आयोजकहरू भन्छन्, “यो त भोलिका सर्जकहरूका लागि प्रेरणाको स्रोत हो—जसले नेपाली चलचित्रमा आफ्नो भविष्य खोजिरहेका छन्। अभिनेता, निर्देशक वा निर्माता बन्न चाहने नयाँ पुस्ताका लागि यो महोत्सव एउटा सशक्त प्लेटफर्म हो। आउनुहोस्, सँगै हातेमालो गरेर नेपाली चलचित्रको भविष्य उज्यालो बनाऔं।”

सामाजिक बिकास शाखा अपांगता सशक्तीकरण कार्यक्रम कालिका गाउँपालिमा समापन भएको छ ।

0

 कालिका गाउँपालिकासँग सिबिआर परियोजनाले सहकार्य गरेको तालीम २०८१ चैत १२ देखि चैत २२ सम्म चलेको थियो ।सामाजिक बिकाश शसक्तिकरण कार्यक्रम बागमती प्रदेशसँग सहकार्यमा सिपमुलक तालीम चैत २३ बाट २०८२ बैशाख १३ गतेसम्म चलेको थियो । यस तालीममा अपांग भएका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेकोे थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा थिए । यस्तै अतिथिहरु वडा अध्यक्ष एव कानुनी स्राेत ब्यक्ति फणीन्द्र प्रसाद न्याैपाने एसिया फाउन्डेसनका निर्देशक नबराज आचार्य आदीले मन्तव्य र शुभकामना दिएका थिए ।
कालिका गापा र आरडिआरसीको सहकार्यमा अपांगता ग्राम निर्माण परियाेजना निर्माणकाे लागि लेखाजोखा केन्द्र स्थापना गर्ने निर्णयका साथ सस्थाका अध्यक्ष गाेरमेन तामाङकाे अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा स्राेत शिक्षक बिष्णु आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
रसुवा जिल्लामा रहेका पाँच वटा गाउँपालिकाकाबाट कुल एक्काइस जना सहभागी रहेकोे यस कार्यक्रममा सिबिआरको आधारभुत तालिम , सुचना प्रबिधि ,कृषि र पर्यटन ,नेतृत्व विकास , ब्यवसाय तालिम , उद्घाेषण कला , कलाकारिता नृत्य वाध्यवादन लेखापढी , विमा ,सहकारीता प्रस्तावना लेखन , माला बुनाइ ढक्की वुनाइ ,काेदाे सङ्कलन र काेदाे र फापर करुकाे सर्वाेतम पिठाे , ताेरीकाे तेल , तथा सामुदायमा अाधारित कृषि उपज केन्द्र स्थापना र अपांगता भएको ब्यक्तिका बाझाे जग्गामा कफी कागती खेती फलफूल राेपण अभियान आदि बिसयमा छलफल भएको थियो ।
फरक क्षमता भएका ब्यक्तिहरुलाइ लक्षित गरेर शसक्तिकरण कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिए ।
सामाजिक बिकाश शाखा र बागमती प्रदेश कार्यालयवाट अनुगमन भइ 12 गते समापन तालिममा धेरैले सिपमुलक सीप सिकेका थिए । यस कार्यक्रमवाट उत्पादित सामाग्री प्रदर्शनी तथा कार्यक्रमकाे समीक्षा र याेजना तर्जुमा कार्यशाला बैशाख 29 गते प्रमुख अतिथि महिला बालबालिका मन्त्रीकाे उपस्थिति र सामाजिक बिकास शाखाकाे सहभागितामा कार्यक्रम सम्पन्न हुने निर्यय पनि भएको थियो ।
कार्यक्रमको आयाेजना रसुवा अपांग पुनःस्थापन केन्द्र , rdrc Nepal ले गरेको थियो ।

जनताको सेवामा नेतृत्वको साथ भन्ने मुल उदेश्यका साथ उपाध्यक्ष सन्जु प्याकुरेल द्रारा घरदैलो सेवा कार्यक्रम सुरु

0

खरानीटार नुवाकोट /तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेलले जनताको सेवामा नेतृत्वको साथ भन्ने उदेश्य साथ तादी वडा नं. १ र २ मा घरदैलो सेवा कार्यक्रम सुरु गर्नु भएको छ । तादी गाउँपालिकाको उपाध्यक्ष तथा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता समन्वय समितिको संयोजकको हैसियतले उहाँले यो कार्यक्रम लक्षित समुदायमा लगेका कुरा बताउनु भएका छ्न । तादी गाँउपालिकाको उपाध्यक्ष नेतृत्वको टोलीले टोलबासी , वडाबासी , गाउँका नागरिकहरूसम्म सेवा पुर्‍याउने उद्देश्यले घरदैलो सेवा अभियान सञ्चालन गरेको कुरा जानाकारी गराएका छ्न ।

समाजका हरेक वर्ग– विशेषगरी महिलाहरू, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका समस्या, आवश्यकता र अवस्था बुझी तिनको समाधानमा राज्यको पहुँच पुगोस् भन्ने अभिप्रायले यो अभियान सुरु गरिएको छ ।
यस अभियानमा तादी गाउँपालिकाका उपाध्यक्षको साथमा इलाका प्रहरी कार्यालय, तादीबाट इन्सपेक्टर जयन्ती थापा, महिला हिंसा न्यूनीकरण तथा सुरक्षाका पक्षमा सशक्त भूमिका निर्वाह गर्दै,
खरानीटार अस्पतालबाट डाक्टर प्रिती खनाल , घरमै स्वास्थ्य परीक्षण तथा परामर्शमार्फत नागरिकको स्वास्थ्यप्रति उत्तरदायी भई सेवा दिनु भएको छ ।
महिला तथा बालबालिका शाखाबाट लाल माया तामाङ,नीतिगत तथा आवश्यक सेवाको समन्वयमा योगदान दिनु भएको थियो ।
हामीले स्थानीय समुदायका घरघर पुगेर स्वास्थ्य सेवा, हिंसा न्यूनीकरणका उपाय, बालबालिका र महिलाका अधिकार, अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध सेवाहरू बारे प्रत्यक्ष संवाद गर्यौं। यसमार्फत जनताले आफू सुरक्षित, सुनेको र राज्यसँग जोडिएको अनुभूति गर्न पाएका छन् भन्ने कुरा तादी मिडियालाई उपाध्यक्षले बताउनु भएको छ ।
यस अभियानले सेवा मात्रै होइन, राज्य र जनताको सम्बन्धलाई अझै बलियो बनाउने कार्य गरेको छ। जनप्रतिनिधिको भूमिकालाई सेवामा समर्पण, पहुँचमा सशक्तता, र न्यायमा निष्पक्षताको दृष्टिकोणबाट प्रस्तुत गर्न हामी निरन्तर सक्रिय रहने कुरा उपाध्यक्षले बताएका छन ।गाउँमै सेवा, घरदैलोमै सरकार” भन्ने भावनालाई मूर्त रूप दिन गरिएको यो प्रयास आगामी दिनमा अझ फराकिलो र प्रभावकारी बनाइनेछ।सशक्त नेतृत्व, समर्पित टोली र सचेत समुदाय , यही हो समृद्ध तादीको आधार भन्ने मुल उदेश्य रहेको छ ।

तत्कालको समाचार

नेकपा (माओवादी केन्द्र )अखिल क्रान्तिकारी नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो...

नेकपा (माओवादी केन्द्र )अखिल क्रान्तिकारी नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो भेला जिल्ला भेला हाम्रो नुवाकोट काठमाडौ सम्पर्क समन्वय समिति उपाध्यक्ष क.बाशु थपलियाको अध्यक्षतामा...

अधिवक्ता रामेश्वर भण्डारी : एक संक्षिप्त जीवनवृत्त

नेपालको सामाजिक, शैक्षिक, कानुनी र सञ्चार जगतमा योगदान पु-याउँदै आएका व्यक्तित्वहरू मध्ये अधिवक्ता रामेश्वर भण्डारीको नाम विशेष रूपमा लिन सकिन्छ । उहाँ कानुनी पेशासँगै...

पन्चकन्या गाउँपालिकाका वडाहरुले काठमाडौबाट पनि सेवा प्रदान गर्दै

बालाजु गुम्बा काठमाडौ / नुवाकोट जिल्ला पन्चकन्या गाउँपालिका अन्तर्गतका वडाहरु १,२,३,४ ले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने कार्य आज मिति २०८२ भाद्र १५...