अनिता कार्कीका उत्कृष्ट चार मुक्तक

0

मुक्तक १

अब केहि छैन भर मेरो जिन्दगीको न त कुनै रहयो घर मेरा जिन्दगीको सपना सबै अनायसै टुट्न थालेपछि, अन्तिम उपाय जहर मेरो जिन्दगीको

मुक्तक २

मलाई आफ्नै गाउँघर प्यारो लाग्छ हजुर पानी पिउन त्यै नहर प्यारो लाग्छ हजुर ती प्राकृतिक दृश्य सुन्दरताले भरिपूर्ण, सँगै जोडी पिपलु वर प्यारो लाग्छ हजुर

मुक्तक ३

अनगिन्ती सपनाहरु लिएर परदेशीएको मेरो भाइ छिटै आउने वचन दिएर परदेशीएको मेरो भाइ जिम्मेवारी थपिएसँगै आफन्तले लगाएका वचन, सुन्न नसकेर आँसु पिएर परदेशीएको मेरो भाइ

मुक्तक ४

यो मित्रता देखेर धेरैका आँखा बल्न सक्छन् प्यारी कामले थाकेको त्यो शरीरझैं गल्न सक्छन् प्यारी आरिसेका कुरा सुनेर हाम्रो साथ छुट्न हुन्न कहिल्यै, मिठा मिठा कुरा गरेर फेरी छल्न सक्छन् प्यारी अनिता कार्की कुम्मायक ५स्याबरुम्बा पाँचथर

तादीमा हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

0
  1. खरानीटार नुवाकोट /हरितालिका तिज २०८१ सालको उपलक्ष्यमा तादी गाउँपालिकाले तिज बिशेष सास्कृतिक तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम तादी गाउँपालिकाको कार्यालय खरानीटारको सभाहलमा भएको थियो । उक्त कार्यक्रममा पुर्व राज्य मन्त्री तथा बागमति प्रदेशका सांसद माननिय राधिका तामाङको प्रमुख आथित्यता र तादी गाउँपालिका उपाध्यक्ष  सन्जु प्याकुरेल श्रेष्ठको  अध्यक्षता भएको थियोे  । कार्यक्रममा बिशेष अतिथिहरुमा जि.स.स.नुवाकोटका  संयोजक रजिन्द्र विक्रम शाह , तादी गाउँपालिका नि.वर्तमान अध्यक्ष  नारायण प्रसाद पाण्डे , तथा  अतिथिहरुमा  तादी गा.पा प्र.प्र.अ. नन्द लाल शर्मा, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी ,दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष माकुरी तामाङ ,पुर्व उपाध्यक्ष  अन्जु आर्चाय लगायत अन्य अतिथिहरुमा तादी गाउँपालिका सम्पूर्ण वडाका वडा अध्यक्षहरु ,कार्यपालिका तथा गा.पा सदस्यहरु ,विभिन्न संघ संस्थाका प्रतिनिधि,तादी गाउँपालिका कर्मचारी,तादी गाउँपालिका बासी आमाबुवा,दिदीबहिनी दाजुभाईहरुको उल्लेख्य उपस्थितिमा हरितालिका तीजको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा परम्परागत तिज सम्बन्धि सास्कृतिक कार्यक्रम सहितको नाचगान समेत भएको थियो ।

तत्कालको समाचार

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...

छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...

नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...

नुवाकोटका ऐतिहासिक तथा धार्मिक संस्थाका नाममा दर्ता सरकारी जग्गा सरकारकै नाममा...

नुवाकोटका ऐतिहासिक तथा धार्मिक संस्थाका नाममा दर्ता सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी नुवाकोट,  / अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट जिल्लामा शेरा...