तादीमा शान्ति सुरक्षा र सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ सम्पन्न
नुवाकोट, चैत १० — जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा तथा तादी गाउँपालिकाको समन्वयमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह र विपद् व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ प्रमुख अतिथि रहेका थिए।
विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा के.सी., तादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोन, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकाल तथा इलाका प्रहरी कार्यालय खरानीटारका प्रमुख प्रहरी निरीक्षक लोकराज पाठकको उपस्थिति रहेको थियो।
कार्यक्रममा तादी गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, इलाका प्रशासन कार्यालय सातबिसेका प्रमुख शावित्रा भण्डारी, विभिन्न राजनीतिक दलका पालिका प्रतिनिधि, पत्रकार रामहरी न्यौपाने, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रणका चुनौती, सेवा प्रवाहमा देखिएका समस्या तथा विपद् व्यवस्थापनका विषयमा धारणा राखेका थिए। सम्बन्धित निकायका प्रमुखहरूले उठाइएका जिज्ञासा तथा गुनासोमाथि स्पष्टिकरण दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।








राजनीतिमा जित–हार स्वाभाविक, अब कुरा होइन काम हुनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी





तादी गाउँपालिकामा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न



