तादी गाउँपालिकामा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सभा सदस्य तथा पूर्व उपसभामुख माननीय राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, गाउँपालिकाका पूर्व अध्यक्ष नारायण प्रसाद पाण्डे, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, तादी गाउँपालिकामा विभिन्न पेशा–व्यवसायमा आबद्ध महिला दिदीबहिनीहरू, अग्रज समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“अधिकार, न्याय र कार्य : महिला र बालबालिकाका लागि” भन्ने मूल नारासहित आज मिति २०८२ फागुन २४ गते आयोजित उक्त कार्यक्रमले महिला सशक्तीकरण तथा सामाजिक चेतनाको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।











