नुवाकोटको फाँटमा उत्पादन भएका आलुले मूल्य पाएनन्, किसान मर्कामा — सरकारको ध्यानाकर्षण होस् : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट — नुवाकोटका विभिन्न फाँट क्षेत्रमा यस वर्ष राम्रो परिमाणमा आलु उत्पादन भए पनि उचित बजार मूल्य नपाउँदा किसानहरू गम्भीर मर्कामा परेका छन्। उत्पादन लागत बढ्दै जाँदा बिक्री मूल्य घटेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।
स्वतन्त्र राजनीतिक व्यक्तित्व तथा अधिवक्ता रामेश्वर भण्डारीले स्थानीय कृषकले पसिना बगाएर उत्पादन गरेको आलुले उचित मूल्य नपाउनु दुःखद अवस्था भएको उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उहाँले कृषकको उत्पादन सुरक्षित रूपमा भण्डारण, ढुवानी र बजार व्यवस्थापनका लागि तत्काल प्रभावकारी नीति र सहजीकरण आवश्यक रहेको बताउनुभयो।
भण्डारीका अनुसार बिचौलियाको नियन्त्रण, बजार व्यवस्थापनको कमजोरी र समर्थन मूल्यको अभावले किसान प्रत्यक्ष रूपमा घाटामा गइरहेका छन्। “किसानलाई उत्पादनमा मात्र होइन, बजारीकरणमा पनि राज्यले साथ दिनुपर्छ,” उहाँले भन्नुभयो।
स्थानीय तह, प्रदेश र संघीय सरकारले समन्वय गरेर कृषकलाई राहत, न्यूनतम समर्थन मूल्य र बजार सुनिश्चितताको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ
Home banner news नुवाकोटको फाँटमा उत्पादन भएका आलुले मूल्य पाएनन्, किसान मर्कामा — सरकारको ध्यानाकर्षण...











