सुन्दरादेवी आधारभूत विद्यालयमा वादविवाद तथा चित्रकला प्रतियोगिता सम्पन्न
तुप्चे — शुक्रबारिय कार्यक्रम अन्तर्गत सुन्दरादेवी आधारभूत विद्यालय तुप्चेमा जुनियर रेडक्रस सर्कल तथा बाल क्लबको संयुक्त आयोजनामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन्।
कार्यक्रमअन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरूबीच वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो भने ECD देखि कक्षा ३ सम्मका नानीबाबुहरूका लागि चित्रकला प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ। दुवै प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। विजेता विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक विजय बोगटीले पुरस्कार वितरण गरी सम्मान गर्नुभएको थियो।
विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र अभिव्यक्ति क्षमताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

LEAVE A REPLY