राजनीतिमा जित–हार स्वाभाविक, अब कुरा होइन काम हुनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट।
अधिवक्ता रामेश्वर भण्डारीले राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताउँदै अब मुलुकमा धेरै बहस र आरोप–प्रत्यारोप भन्दा पनि काममुखी राजनीति आवश्यक रहेको बताएका छन्।
उनले पछिल्लो राजनीतिक परिवेशबारे प्रतिक्रिया दिँदै जनताले अपेक्षा गरेअनुसार सुशासन, विकास र नागरिक अधिकार सुनिश्चित गर्न सबै राजनीतिक शक्तिहरूले जिम्मेवार ढंगले काम गर्नुपर्ने धारणा व्यक्त गरे।
भण्डारीले निर्वाचन परिणामलाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा स्वीकार गर्दै अब राजनीतिक दल तथा नेतृत्वले जनताको विश्वास जित्ने गरी परिणाममुखी काम गर्नुपर्ने बताए।
उनका अनुसार देशमा लामो समयदेखि राजनीतिक बहस, आरोप–प्रत्यारोप र शक्ति संघर्ष बढी भएको उल्लेख गर्दै अब विकास, सुशासन र जनताको दैनिक जीवनसँग जोडिएका मुद्दामा केन्द्रित भएर काम गर्नुपर्ने समय आएको छ।
उनले भने, “राजनीतिमा जित–हार स्वाभाविक हो, तर अब देश र जनताको हितका लागि कुरा मात्र होइन काम गरेर देखाउनुपर्ने आवश्यकता छ।”
भण्डारीले मुलुकलाई स्थिरता, सुशासन र विकासतर्फ अघि बढाउन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

LEAVE A REPLY