दुप्चेश्वर ढोकेर मात्र सुशासन सम्भव छैन, बेइमानीका फाइल खोल्नुपर्छ : भण्डारी
नुवाकोट — अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न ठोस कदम आवश्यक रहेको बताएका छन्।
उनले दुप्चेश्वर धाममा पूजा–अर्चना गरेर मात्र सुशासन स्थापित नहुने उल्लेख गर्दै नुवाकोटलाई पछि पार्ने बेइमानी र अनियमितताका फाइलहरू खोल्न तयार हुनुपर्ने बताएका हुन्।
भण्डारीका अनुसार वास्तविक परिवर्तनका लागि भ्रष्टाचारविरुद्ध कडा कदम, पारदर्शिता र जवाफदेहिता अपरिहार्य छ। उनले नुवाकोटको समग्र विकासका लागि परिणाममुखी कार्यशैली अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्।
Home banner news दुप्चेश्वर ढोकेर मात्र सुशासन सम्भव छैन, बेइमानीका फाइल खोल्नुपर्छ :अधिवक्ता रामेश्वर ...











