खरानीटार, नुवाकोट / तादी गाउँपालिकाले आफ्नो गाउँपालिकामा भएको सरोकारको बिषयमा सार्बजनिक सुनुवाइ कार्यक्रम खरानीटारमा सम्पन्न गरेको छ । गाउँपालिका अन्तरगत स्थानीय तहको सुशासन , अभिबृद्धि,सामाजिक, सामाजिक न्यायको उत्तरदायित्व,पारदर्शिता एवं जवाफदेहिताको लागि आम सरोकारका विषय,गुनासो सनुवाई,सुझाव संकलनको मुल उदेश्यको लागि राखि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।तादी गाउँपालिकाको आयोजनामा तादी गाँउपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षता साथै उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा,सम्पूर्ण वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,तादी गाउँपालिका विभिन्न शाखाका कर्मचारीहरु,नागरिक समाज,विभिन्न राजनितिकदलका प्रतिनिधिहरु,संघ संस्थाका प्रतिनिधिहरु,तादी वासी आमाबुवा दाजुभाई दिदिबहिनीहरुको उल्लेख्य सहभागितामा सहभागीहरुबाट आम रुपमा उठान भएका जनसरोकारका विषय ,आएका सुझावहरु तथा प्रश्नहरु सम्बन्धमा प्रत्यक्ष रुपमा अध्यक्षज्यू,प्रमुख प्रशाकसीय अधिकृतज्यूले जवाफ तथा सवालका विविध विषयका सन्दर्भमा आवश्यक स्पष्टता, प्रतिवद्धता व्यक्त भई हाल सम्म तादी गाउँपालिकाबाट भएका कार्य प्रगति विवरण सार्वजनिकरण गरिएको थियो । उक्त कार्यक्रममा सहगागीहरुबाट आएको प्रश्न र सुझावबाट गाउँपालिको बिकासमा टेवा पुर्याउने र स्थानीय सरकारले आफ्नो रोडम्याप बनाउन सहयोग पुग्ने कुरा मा अध्यक्ष , उपाध्यक्ष र कार्यकारी अधिकृतले प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY