
दक्षिणकाली इन्टरटेमेन्टको प्रस्तुतिमा शारदा प्रधान ( कोरेल ) को निर्माणमा बन्ने यस टेलिशृङ्खलाको निर्देशन स्थापित निर्देशक प्रेम शर्मा पौडेलले गरेका छन् भने सम्पादन शर्माकै रहेको छ । यस शृङ्खलाका प्रारम्भिक केही भागहरू संयुक्त स्थापितले निर्देशन गरेको थिए भने पछिल्लो भागहरू प्रेम शर्मा पौडेलले निर्देशन गर्दै आएका छन् । यस टेलि शृङ्खलाको पटकथा / संवाद मालिक शाही ( ज्याक्सन ) ले लेखेका हुन । हाल केही शृङ्खला छायांकन भएर सम्पादनमा गएको हाम्रो सम्बन्ध वैशाखको पहिलो साता सार्वजनिक हुँदैछ । जसमा नयाँ / पुराना कलाकारको भुमिका रहेकोे छ । जसमा शारदा प्रधान ( कोरेल ) ले कान्छाको दिदिको भुमिकामा अभिनय गरेकी छिन । यस्तै चाहाना श्रेष्ठले चाहानाको रोलमा, मालिक शाही ( ज्याक्सन ) ले कान्छाको रोलमा , सुमित्रा श्रेष्ठले भुमाको रोलमा , दिपेश बम्जनले बम्जनको रोलमा , ईश्वरी ठकुरीले सौतेनी आमाको रोलमा , शोभा सेढाई मगरले तिहुरीको रोलमा ,अनिल सापकोटाले जंगेको रोलमा , वृन्दा जैरुले संगीताको रोलमा , संगीत केसीले भिमेको रोलमा अभिनय गरेका छन् । यस्तै नव कलाकार बिनु लामा र सुमन लामाले पनि यस टेलिशृङ्खला अभिनय गरेका छन् । बालकलाकार साजन लामा थिङको समेत अभिनय रहेको हाम्रो सम्बन्ध टेलिशृङ्खलामा देख्न सकिन्छ ।

निर्मात्री शारदा प्रधान ( कोरेल ) ले यस टेलिशृङ्खला आफ्नो स्वर्गीय भाइ दिलिप प्रधानको सम्झनामा निर्माण गरेकी हुन । यस टेलिशृङ्खला विजय बज्राचार्यले छायांकन गरेका हुन । यस टेलीशृङ्खला दृश्य काठमाडौंको गागलफेदीमा खिचिएको हो । यस टेलि शृङ्खलाको शिर्षक गीतमा जय देवकोटाको शब्द , संगीत र गायन रहेको भने गायिका कविता कुमारी श्रेष्ठको पनि स्वर सुन्न सकिन्छ । सामाजिक कथामा बनेको यस शृङ्खलामा पारिवारिक जीवनको अनेकौं पाटाहरूलाई देखाउन खोजिएको छ । यस्ले सम्बन्धहरूमा आइरहेका उतारचढावलाई मुख्य कथाबस्तुको रूपमा प्रस्तुत गरेको छ । निर्मात्री शारदा प्रधान ( कोरेली ) भन्छिन् – मैले हाम्रो सम्बन्ध टेलिशृङ्खला स्वर्गीय भाइ दिलिप प्रधानको सम्झनामा निर्माण गरेको हुँ । यस शृङ्खलामा हाम्रो टिमले पारिवारिक / सामाजिक अनमेललाई देखाउने प्रयास गरेको छ । आशा छ दर्शकहरुले मन पराउनु हुनेछ ।´