नुवाकोट / हिजो देखि अविरल रुपमा परिरहेको बर्षा कारण नुवाकोट जिल्लाका साना ठुला नदि खोला खोल्सहरुमा पानीको सतह धेरै नै बढी रहेको छ । नुवाकोट देखि काठमाडौ आउने बाटोहरुमा पनि खोल्सोहरुमा आएको बाढीले यात्रुलाई र यातायातमा पनि सहजरूपमा ओहोरदोहोर गर्न कठिनाइ भएको छ । नुवाकोटको पुर्बी भागबाट बग्ने नदि तादीमा पनि ठुलो बाढी आएको छ । तादी खोलाका नजिक भएका बस्तीमा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

तादीले बेलाबेलामा आफ्नो धार परिवर्तन गर्ने गर्दछ । पहिलो साल पनि तादी खोलामा बाढी आउदा धेरै अन्नवाली र पुलहरु अनि सडकमा समेत क्षति पुर्याउनु काम गरेको थियो । हिजो देखिको अविरल बर्षाको कारण तादी खोलाले जनताको जनधन क्षति गर्नेबाट सतर्कता अपनाउन स्थानीय सरकार अनि सरोकारवालाहरु समयमा नै लाग्नुपर्ने देखिन्छ । तादी खोलाबाट हुने खतराबाट बच्न समुदायमा सतर्कता अपनाउन जिल्ला प्रशासन र स्थानीय सरकार लाग्नुपर्छ ।

LEAVE A REPLY