पन्चकन्या १ नुवाकोट /केहि दिन देखि अविरल बर्षाका कारण पानीको सतह बढ्दा नुवाकोटको लिखुखोलाले  बगाएर एकजनाको ज्यान गएको छ । पञ्चकन्या गाउँपालिका वडा नं १ आपचौरका अन्दाजी ५५ वर्षीय (टक्जर) भनिने अक्कलबहादुर राईको मृत्यु भएको हो। लिखु खोलाले बगाएको र शब झोलुङ्गे पुल निर्माणस्थल भन्दा केही तल किनारामा भेटिएको स्थानीयले बताएका छन् । स्थानीयबासीहरुको अनुसार आज बिहान लिखुखोलामा शव फेला परेको हो । आपँचौरका जनताले लामो समय देखि लिखुखोलाबाट सास्ती खादै आएका छन । प्रत्येक बर्ष लिखुमा दुर्घटना हुदै आउने गरेको छ । यसबाट स्थानीय जनतालाई सहज होस भनि बिगत ४ बर्षदेखि पञ्चकन्या र लिखु जोड्ने झोलुङ्गे पुल निर्माण हुनुपर्नेमा अझसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।२ बर्ष अगिनै निर्माण सम्पन हुनुपर्ने पुल निर्माण कम्पनीको ढिलासुस्तीले अहिले सम्मपनि आधा काम पनि सम्पन्न हुन नसकेको कुरा स्थानीयहरु बताउछन। सम्बन्धित स्थानहरुमा बारम्बार जानकारी गराउदा पनि बेवास्ता गरिएको स्थानीयहरुको गुनासो रहेको छ। तादी मिडियाले अघिल्लो साल पनि पुलको ढिलासुस्तीको बारे समाचार प्रसारण गरेको थियो । नुवाकोटका आपँचौरका जनताले बर्षातको समयमा पनि बजार आउने र खेतीपाती गर्ने आउनेबाटोमा लिखुखोला पर्ने हुदा यस भेगमा पुलको अतिनै आबश्यकता देखिन्छ ।

LEAVE A REPLY