1.  खरानीटार / नुवाकोट जिल्लाको पुर्बी क्षेत्रमा रहेको तादी गाउँपालिकामा बर्सेनि भाद्र महिनाको कृष्ण अष्टमीको दिनमा खरानीटारको कृष्ण मन्दिरमा कृष्ण भगवानको रथयात्रा सहित जात्रा हुने गरेको छ । उक्त जात्रामा बिशेष गरि तादी गाउपालिकाको वरिपरि रहेका पालिकाहरुबाट पनि धेरै स्थानीय नागरिकहरू भेला हुने गरेको देखिन्छ । जात्रामात्रामा मात्र होइन तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ आम नागरिकहरुको सुखदुःखमा सधै नै साथमा हुने गर्नुहुन्छ । चाहे स्थानीय तहमा हुने दैबिक प्रकोप होस या बाढीपहिरो जनताको दुखमा आफ्नै दुख जस्तै गरि निरन्तर लागि रहने एक कर्तव्य निष्ठा जनप्रतिनिधिको रुपमा उपाध्यक्ष सन्जु प्याकुरेललाई स्थानीय जनताले लिएका छ्न । तादी गाउँपालिकामा हुने सबैखाले जात्रामा उहाँ उपाध्यक्ष सन्जु प्याकुरेल उपस्थित हुने गर्नुहुन्छ । सडक देखि किसानको कुलो सम्म उहा उपाध्यक्ष सन्जु प्याकुरेल आफ्नै पुगेर जनताको बिचमा सहकार्य गर्नगर्नु हुन्छ । नुवाकोट जिल्लाको एउटा नमुना गाउँपालिकाको रुपमा चिनाउन जनतसगँ सम्बन्धित कार्यक्रम र स्थानीय प्रशासनलाई सहज र सरल बनाउन उपाध्यक्ष सन्जु प्याकुरेल सधै लागि परिरहेको देखिन्छ । बिषेश गरि उहाँ उपाध्यक्षको सरल स्वभावैले गर्दा आम स्थानीय बासी , विद्यार्थी , महिला, कर्मचारी र स्थानीय विभिन्न संघसंस्थाले उहाँको काम गर्नेशैलीबाट खुशी रहेको देखिन्छ । स्थानीय जनताको सुखदुःखमा सधै नै लागि परिरहने उहाँको बानीले स्थानीय जनता उपाध्यक्ष सन्जु प्याकुरेलसग सधै नजिक हुने र आफ्नो अभिभावकको रुपमा हेर्नेगर्दछ्न ।

LEAVE A REPLY