- पन्चकन्या गा.पा. १ बानियाटार नुवाकोटका सफल किसानको रुपमा पछिल्लो समय आफुलाई चिनाउनु भएका ब्यक्ति हुन राम प्रसाद लामिछाने हाल आधुनिक कृषिमा आफ्नो दिलो ज्यान दिएर लागिरहेका छन । उहाँले हाल सालै घरमा नै अर्गानिक उत्पादन र अर्गानिक मल बनाउने काम समेत गरिरहेका छन । किसानहरुले खेति गर्दा आफुले लगाईएको बालीको अत्यधिक उत्पादन लिनको लागि त्यसको लागि आवश्यक खाद्य तत्वमा ध्यान दिनु पर्ने हुन्छ।विरुवालाई आवश्यक खाद्य तत्व कृत्रिम रुपमा दिईने नाट्रोजन,फस्फोरस र पोटास वजारबाट किनेर दिईएको पाईन्छ।अरु १३ वटा तत्व प्रति किसानको ध्यान पुगेको पाईदैन।जिंक,वोरन,सल्फर,कपर,आईरन,म्यग्निज लगायतका १३ वटा तत्वकोवारेमा किसान अनभिज्ञ हुन्छन्।लगाईएको फसल राम्रो उत्पादन लिन नसके पछि अर्को पटक त्यहि तीनवटाको मात्रा बढाउने हुँदा उत्पादन अझ घट्न जान्छ।रसायनिक मल बढ्दै जाँदा माटोले ३०% मात्र लिन्छ र ७०% माटोमै सञ्चित भएर अघुलनशिल अवस्थामा रहँदा माटो कडा बन्न पुग्छ र उत्पादनमा ह्रास हुँदै जान्छ।कृषि प्रणालिमा रसायनिकबाट जैविक विधि अपनाउन सकेमा माटोको उर्वरा शक्ति पुनर्प्रप्ति गर्नुका साथै रोग र किरा व्यवस्थापन गर्न सहज हुने र उत्पादनमा लक्ष्य प्राप्ति गर्न सहज हुन जान्छ।हाम्रै वरपर भएका कच्चा पदार्थबाट विरुवलाई चाहिने मल र सूक्ष्म खाद्य तत्व बनाएर प्रयोग गर्न सकेमा वातावरण र मानव स्वास्थ्यको सरक्षण गर्न सकिने कुरामा दुई मत छैन।हामीले लगाईएको फसलबाट राम्रो उत्पादन लिन घरमै भएको अनाज र फलफूल प्रयोग गरेर विरुवाको खाद बनाउन सकिन्छ।विरुवालाई राम्रोसंग बढ्न र स्वस्थ्य रहि फूल र फल वढि लाग्न नाईट्रोजन,फस्फोरस र पोटास मात्रले पुग्दैन।म्यग्नेसियम्,आईरन,क्याल्िसयम,वोरन,जिंक सल्फर जस्ता धेरै तत्व मध्ये म्याग्नेसियम र पोटािसयमको अहम् भुमिका रहन्छ।
१.चामल १केजि२.आलु वा केरा १ केजि,३ दर्जन३. सखर १ केजियसबाट plant growth regulater , plant growth prmoter बनाउन सकिन्छ।
चामल,सखर र आलुलाई मसिनो गरि पिसेर एउटा प्लाष्टिक भाँडोमा पाँच लिटर पानी राखेर मिसाउने र एक हप्ता राख्ने।एक हप्तामा तयार हुन्छ। तयार भएको घोललाई ३% को दरले विरुवामा स्प्रे गर्दा विरुवाको वृध्दि राम्रो हुन्छ।यसको प्रयोगले क्लोरोफिल बन्न सहयोग गर्छ।बिरुवा एक तहबाट अर्को तहमा पुग्नकोलागि पोटासियम र म्याग्नेसियको अधिक आवश्यक पर्छ।यसको प्रयोगले अन्य सूक्ष्म तत्व हावाबाट लिन सहयोग गर्ने हुँदा विरुवामा फूल धेरै लाग्ने र फल पनि उत्तिकै मात्रामा लाग्दा उत्पादनमा बढोत्तरि हुन पुग्छ।