पुर्वी रुकुमको भुमे गाउँपालिका काक्रीमा छायांकन भएको यथार्थ ग्रामीण कथाबस्तुमा निर्माण गरिएको नेपाली धाराबाहिक पारिवारिक सिरियल “भुमरी” को प्राबिधिक कार्य अन्तिम चरणमा पुगेकोछ । भुमरी यही जेष्ठ महिनाको २७ गतेदेखि साईराम पिक्चरको युटुब च्यानलमार्फत दर्शकहरुले हेर्न पाउने भुमरीका निर्देशक यज्ञजंग बि. क.(आयुस) ले जानकारी दिए ।
बिबिध कारणबस प्राबिधिक कार्य सम्पन्न गर्न ढिला हुन गएकोमा भुमरी पर्खेर बसेका दर्शकसामु टिमले माफी समेत मागेको छ । अब यही जेष्ठ २० गते भुमरीको शीर्ष गीत र २७ गतेदेखि भुमरी कथालाई निरन्तर दर्शक सामु ल्याउने तयारीमा आफू दौडिरहेको भुमरीका निर्माता रमेश वन गोसाईले जानकारी दिए ।
बनका अनुसार भुमरी दुर्गम बिकट बस्तिको दु:ख र पीडामा बनेको पारिवारिक सिरियल हो । भुमरी पारिवारिक सिरियलमा हेमराज घर्ती, प्रिया ओलि, राजु थापा, यज्ञजंग बि.क.(आयुस), सरस्वती दाहाल, सम्झना तामाङ,तुलसा पौडेल, होम ब. थापा , बल ब. नेपाली, कल्पना मगरलगायतको जिवन्त अभिनय रहेको छ । भुमरीमा सुजन बिश्वकर्माको छायांकन रहेकोे छ । यस सिरियलको शिर्ष गीतमा शब्द , संगीत र निर्देशक यज्ञजंग बि. क.(आयुस) कै रहेको छ भने कथा लेखन हेमराज घर्तिको रहेको छ ।भुमरी पारिवारिक सिरियल टिमले छायांकनको समयमा सहयोग गर्नुहुने सम्पुर्ण काक्रीबासीहरुलाई विशेष धन्यवादसहित आभार व्यक्त गरेकोछ ।
टिमले सम्पुर्ण दर्शकहरुलाई यहि जेष्ठ २७ गतेदेखी भुमरी सिरियल हेरिदिनुहुन अनुरोध समेत गरेको छ ।