राजधानीलाई खाद्यान्न र तरकारीमा सहयोग पुर्याउदै आएको नुवाकोट जिल्लाले पछिल्लो समय टाउट माछा आलु अनि खर्बुजा पनि उत्पादन गर्दै सहयोग गर्दै आएको छ । नुवाकोटको खर्बुजा परिक्षणमा सबै भन्दा पहिला उद्यम बिकास नुवाकोटले प्राबिधिक सहयोग गरेको थियो । २०७० सालमा उद्यम बिकास नुवाकोटका कार्यक्रम संयोजक लिखु पन्चकन्या क्षेत्रमा फिल्ड प्रमुख भएर मेहेनेती ब्यक्तित्व साघुराम सापकोटाले पटकपटक लामो परिक्षण पछि नुवाकोटमा खर्बुजा र तर्बुजाको राम्रो परिक्षण गर्न सफल भएका छ्न । कृषिमा केहि गर्नुपर्छ भन्ने अग्रज किसानहरु राजु राइ र राम प्रसाद लामिछाने लगायत लिखु र पन्चकन्याका किसानहरुले ठुलो मेहेनेत प्रश्चात आज नुवाकोटमा खर्बुजाले राम्रो उत्पादन सहित राम्रो मुल्य पनि पाउन थालेको छ । नुवाकोट जिल्लाको बगरखेतीमा खर्बुजाले अतिनै राम्रो उत्पादन दिएको छ । लिखु गाउँपालिका र पन्चकन्या गाउँपालिकाको क्षेत्रमा अहिले राम्रो उत्पादन दिन थालेको खर्बुजाले मुल्य पनि पाउदै आएको छ । काठमाडौ देखि मान्छेहरु आज खर्बुजा किन्न र खानाको लागि पनि आन्तरिक ब्यापारमा सुधार भएको देखिन्छ । किसानहरुको आत्मबल बढाउने काम चाहि स्थानीय सरकार प्रदेश सरकार र सघिय सरकारले उत्पादन क्षेत्रमा सहयोग पुर्याउनु पर्ने देखिन्छ । नुवाकोटको आर्थिक बिकासमा खर्बुजाले पनि ठुलो नै सहयोग पुर्याउन सक्छ ।


 

LEAVE A REPLY