खरानीटार नुवाकोट /जिल्ला प्रहरी कार्यालय,नुवाकोटको आयोजना तथा तादी गाउँपालिकाको समन्वयमा अपराध न्युनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानिय तह संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम,आज गाउँ पालिकाको हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नागरिक सुनुवाई कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्री विष्णु कुमार केसी ज्यूको विशिष्ट आथित्यता ,विशेष अथितिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यू,उपाध्यक्ष श्री सन्जु प्याकुरेल श्रेष्ठ ज्यू,जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख श्री शान्तिराज कोईराला ज्यू,प्रहरी उपरिक्षक श्री खड्क बहादुर खत्री ज्यू,तादी गाउँपालिका प्र.प्र.अ श्री नन्द लाल शर्मा ज्यू, ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख श्री सुरज बानियज्यू, अथितिहरु तादी गाउँपालिकाका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकाका कर्मचारीज्यूहरु,नागरीक समाज तथा विभिन्न संघ ,सस्था तथा पार्टीका प्रतिनिधिज्यूहरुको उल्लेख्य सहभागितामा अन्तरक्रिया तथा छलफल भएको थियो । कार्यक्रममा नागरिक समाज र तादी गाउँ पालिकाका विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले अन्तरक्रिया कार्यक्रममा  समाजमा हुने अपराध लाई कसरी न्यूनीकरण गर्ने सकिन्छ भनी छलफल गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख , नुवाकोट जिल्ला प्रहरी प्रमुख लगायतले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्ने सवालमा नागरिकको ठुलो भुमिका हुनेमा जोड दिएका थिए । तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले पनि समाजमा हुने सबै प्रकारको अपराधलाई न्यूनीकरण गर्ने पालिका सधै अगाडी बढीरहेको कुरा बताउनु भएको छ । त्यसै गरि तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले हाम्रो समाज भएका हुने गरेका सामाजिक बिभेद सामाजिक अपराध महिला हिंसा जस्ता कुरालाई  न्यूनीकरण गर्ने तादी गाउँपालिका र तादी गाउँपालिका न्यायीक समिति लागि परिरहेको कुरा बताउनु भएको थियो । कार्यक्रममा सहभागिता भएका नागरिक समाजका ब्यक्तित्वहरु र जनप्रतिनिधिहरुले पनि आफ्नो ठाउँबाट समाजमा हुने सबै प्रकारको  अपराधलाई  मुक्त गर्ने लागिपर्ने कुरा बताएका छन ।

LEAVE A REPLY