1. नुवाकोटमा जन्म भएको अनि कर्म गर्ने सिलसिलामा बिश्वको सबै क्षेत्रमा पुग्नुभएका नुवाकोटका ब्यक्तिहरुको सस्था अन्तर्राष्ट्रिय नुवाकोट समाज गठन भएको छ । सस्थाको अध्यक्षमा तादी गाउँपालिका ४ सुन्दरादेबीका युवा समाजसेवी बौद्धिक ब्यक्तित्वका धनी इन्द्र सिटौला बैठकबाट अध्यक्षमा  चुनिएका छ्न ।नुवाकोट घर भै अमेरिका लगायत संसारभर बसोबास गर्दै आएका नुवाकोटे हरुको सस्था अन्तरास्ट्रिय नुवाकोट समाज ( International Nuwakot Society- INS) स्थापनाको कार्यक्रम सम्पन्न भएको छ । मे २६, २०२४ बिक्रम सम्वत २०८१ जेष्ठ १३ गते जुम मार्फत भेला भएका नुवाकोटे हरुको भेलाले २१ सदस्सिय कार्यसमिती , २४ सदस्सिय सल्लाहकार समिती र बिभिन्न देशका १७ जना सम्पर्क सम्योजक र सदस्य हरुको घोषणा गरेको छ ।
    सस्थाको अध्यक्ष मा ईन्द्र सिटौला , वरिस्ठ उपादक्ष मा राम बाबु पाण्डे , उपादक्ष हरुमा राघब लामिछाने ,बसन्त पाण्डे , कोमल डोटेल र रामहरी धिताल सर्वसम्मत चयन् भएका छन । महासचिव मा सन्जिभ उप्रेती , सचिव मा आदित्य थापा र बिनय खतिवडा , कोसादक्ष मा इश्वर अधिकारि , सदस्य हरुमा राजेन्द्र अधिकारि ,बिष्णु खड्का , गोकर्ण राज पाण्डे , गंगा अधिकारि खनाल , अस्मिता रिमाल , देबकी पन्त , शिवराम लामिछाने, निरन्जन रिसाल , रमेश गिरी , शंकर सिलवाल र बिरोचन नेपाल रहेका छन ।
    सस्थाको सल्लाहकार हरुमा बिष्णु मान प्रधान , अमृत सापकोटा , बासुदेब भण्डारी , कृष्ण लोहनी , सुजन पण्डित , बुद्दी मान तमाङ , राजेश अर्याल , कोपिला अधिकारि , राम चन्द्र भट्ट , किशोर पण्डित , महेश खड्का बिष्णु रानामगर , हरीराम भण्डारी , बिष्णु खनाल , योगेश आदी , कपिल भण्डारी , बिनी पाण्डे , दामोदर दास , सर्मिला दहाल् , राम कृष्ण भट्ट , सन्तु तमाङ , कल्पना पाठक थपलिया , अनु तमाङ र बिष्णु आचार्य रहनु भएको छ ।
    सस्थाको सम्पर्क सदस्य हरुमा जापान बाट भानु आचार्य , गोबिन्द भण्डारी र सुरज दहाल् , बेल्जियम बाट स्पर्श जंग पाठक , अस्ट्रेलिया बाट बिष्णु सिटौला , यु के बाट सुनिता थापा , न्युजिल्याण्ड बाट अच्युत मैनाली , बद्री पाण्डे र दिबश श्रेष्ठ , कतार बाट सुजन तिम्सिना , मकाउ बाट बासु सिटौला र नर्वे बाट सरोज थापा रहेका छन ।
    क्यानडा सम्योजक मा आनन्द नेपाल , पोर्चुगल सम्योजक मा राज अधिकारि , पोल्यान्ड सम्योजक मा कृष्ण थापा र नुवाकोट पञ्चकन्या गाउपालिका सम्योजक मा सुदिप बुढाथोकी चयन् भएका छन ।
    सस्थाका सम्योजक एवम अध्यक्ष ईन्द्र सिटौला ले नुवाकोट को ठुलो जनशक्ती अहिले संसार का बिभिन्न देशहरुमा पुगेको र उनिहरु लाई एउटै सस्थामा आबद्द गराइ आफ्नो जन्मस्थान प्रतिको सम्वन्ध मजबुद बनाउन र जिम्मेवारि बोध गराउन यो सस्थाले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउनु भयो । सस्थाले आगामी दिनमा नुवाकोट , अमेरिका र संसारभर आवश्यक पर्दा मानविय र सामाजिक कार्यहरु गर्ने वहाँले बताउनु भएको छ । कार्यक्रममा स्वागत मन्तब्य राघब लामिछाने ले दिनु भएको थियो । कार्यक्रम सन्चालन ईन्द्र सिटौला र कार्यसमिती को घोषणा कार्यक्रमका अध्यक्ष बिष्णु मान प्रधान ले गर्नु भएको थियो । कार्यक्रममा नुवाकोट का ख्याती प्राप्त लोकदोहोरी गायक राजेन्द्र पाठक ले आफ्नो प्रस्तुती दिनुभएको थियो ।

 

LEAVE A REPLY