नि:शुल्क स्वास्थ्य शिविर तादी–१ उर्लेनीमा सञ्चालन हुँदै
नुवाकोट – तादी गाउँपालिका–१, काल्चे उर्लेनीस्थित स्वास्थ्य चौकी भवनमा हुने नि:शुल्क स्वास्थ्य शिविरका लागि आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी (तादी गाउँ कमिटी) को आयोजनामा हुने उक्त शिविर आगामी मिति २०८२/०९/१९ गते बिहान १०:०० बजेदेखि सञ्चालन हुने छ।
शिविरमा नाक, कान र घाँटी, दन्त स्वास्थ्य, हाडजोर्नी, स्त्रीरोग लगायतका समस्या सम्बन्धी परामर्श र स्वास्थ्य परीक्षण गरिने छ। साथै, परीक्षणअनुसार आवश्यक पर्ने औषधिहरू समेत निःशुल्क वितरण गरिने जनाइएको छ।
स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीयवासीलाई स्वास्थ्य परीक्षणका लागि विशेष अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
आयोजक पार्टीका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने छ भने स्वास्थ्य जाँच गराउन इच्छुक सबैलाई समयमै उपस्थित भई सेवाको लाभ लिन आग्रह गरिएको छ।

LEAVE A REPLY